ताराखोलाका एक जनामा कोरोना पुष्टि

गण्डकीमा संक्रमितको संख्या २२३ पुग्यो

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा थप एक जनामा कोरोना संत्रमण पुष्टि भएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

त्यसैगरी गोरखामा १० जना, स्याङ्जामा ४ जना, नवलपुरमा २ जना र कास्कीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *