कुश्माका युवालाई मणिपालमा कोरोना संक्रमण भएको होइन

आदर्श अनलाईन, पोखरा ।
पर्वतको कुश्मा नगरपालिका–३ का ३५ वर्षीय युवकलाई मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा कोरोना नसरेको पुष्टी भएको छ ।

मोटरसाइकल दुर्घटनापछि उपचारको लागि जेड २१ गते मणिपाल शिक्षण अस्पताल पु¥याईएका उनमा जेठ ३० गते कोरोना पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण देखिएपछि उपचारमा खटिएका चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाईकर्मी लगाएतका ७६ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।

तर उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि युवालाई अस्पतालमा कोरोना संक्रमण नभएको अस्पतालका सिइओ एवं प्राचार्य डा. डिसी अग्रवालले जानकारी दिनुभयो । कहि कतै यात्रा नगरेका, संक्रमितको सम्पर्कमा नआएका युवामा कोरोना पुष्टी भएपछि अस्पताल बाटै संक्रमण भएको आशंका गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपनि उनिहरुलाई क्वारेन्टिन राखिएको अग्रवालले बताउनुभयो । अस्पतालबाट संक्रमण नभएको र उनि अन्य संक्रमितको सम्पर्कमा आएको पनि फेला नपरेको हुँदा उनलाई कहाँ र कसरी संक्रमण भयो भन्ने अन्योल रहेको उहाँले बताउनुभयो ।

टाउकोमा चोट लागेको र जीवन रक्षक शल्यक्रिया गर्दा अस्पतालको न्यूरोसर्जरी टिमले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएको उहाँको भनाई छ । युवामा कोरोना संक्रमण देखिएपछि अस्पतालले आइसियू वार्डलाई सेनिटाइज गरेर सेवा सुचारु गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *