तराखोलाको नीति तथा कार्यक्रम : खनिज उत्खननमा प्रोत्साहन, कृषिबाटै रोजगारी

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँसभामा नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा खनिजबाटै समृद्ध गाउँपालिका निर्माण गर्नका लागि उद्योग स्थापनाका लागि प्रोत्साहन, कृषिमा आत्मनिर्भरको बाटोमा लैजान, पर्यटकीय गन्तव्य पहिचान र प्रर्बद्धन गर्ने, मौलिक पहिचानलाई संस्थागत गर्दै लैजाने र अल्लो लगात घरलु उत्पादनलाई बजारीकरण गर्न गाउँपालिकाले नीतिगत व्यवस्था गर्ने कार्यक्रममा उल्लेख गरेको छ ।

स्थानीय खान ढुङ्गा तथा तामा खानीको उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने, सांस्कृतिक पर्वलाई संस्थागत, भैसी, गाई, बाख्रा र कुखुरा फर्महरुलाई प्रोत्साहन गर्ने, सार्वजनिक क्षेत्रमा गरिएको विकासको संरक्षण, भौतिक पूर्वाधार तथा प्राकृतिक संम्पदाहरुको संरक्षण, जडिबुटी प्रशोधन लगायतलाई जोड दिएर नीति तथा कार्यक्रम सार्वजनक गरिएको हो ।

कोरोना भाइरस रोकथामा अधिकतम प्रयास, शैक्षिक गुणस्तर वृद्धि गर्ने, कोरोना भाइरसले रोजगारी गुमाएर घर फर्केकालाई रोजगारी सिर्जना हुँने गरी कार्यक्रम ल्याउने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउदै लैजाने कार्यक्रममा उल्लेख गरिएको छ । बहुबर्षिय भवन, प्रशासनिक भवन निर्माणको तिब्रता, अर्गल तारागाउँ कालोपत्रेको तयारी, विभिन्न सडकको स्तरोन्नती, गाउँपालिका स्थरी खेलकूद प्रतियोगितालाई निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

कृषिको व्यवसायीकरण, आलु जोन, किबी पकेट क्षेत्र लगायतका कृषि कार्यक्रमलाई विभिन्न अनुदान, पशुपन्छी बीमा कार्यक्रम लगायतका कार्यक्रम ल्याइएको छ । सुत्केरी तथा अर्भवती तथा विपन्नलाई निःशुल्क एम्वुलेस सेवा प्रदान गरिदै आएको र करारमा कर्मचारी राखेर सेवा प्रवाहलाई चुस्तता प्रदान गरिएको छ । जलविद्युत उत्पादनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने, शैक्षिक योजना, प्राविधिक विद्यालयको संभाव्यता अध्ययन गरिने, खेल प्रशिक्षण गरिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *