गण्डकीमा संक्रमितकाे संख्या २८९ पुग्याे

पाेखरा

गण्डकी प्रदेशकाे हिमाली जिल्ला मनाङमा पहिलाेपल्ट काेराेना संक्रमित भेटिएका छन् । उनी कपिलवस्तुबाट फर्किएका चामे गाउँ पालिकाका कर्मचारी हुन् ।

ती संक्रमित कपिलवस्तुकाे बाँडग‌ंगा नगरपालिकाका ५७ वर्षे पुरुष हुन् । याे सँगै गण्डकीका १० जिल्लामा संक्रमण देखिएकाे छ । मुस्ताङ जिल्लामा संक्रमित भेटिएका छैनन् । मुस्ताङमा त बाहिरबाट आएका मानिसलाई जिल्ला प्रवेशमा राेक लगाइएकाे छ ।

पालिकाहरुले पनि आन्तरिक रुपमा लकडाउन गरेका छन् । म्याग्दीका सिडियाेलाई समेत मुक्तिनाथ जानबाट स्थानीयले राेक लगाएका थिए ।

यसैगरी नवलपुरमा १८, तनहुँमा १२, गाेरखामा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ । नवलपुरका १ जनाकाे भरतपुर अस्पतालमा गरिएकाे परीक्षण काेराेना पुष्टि भएकाे हाे । बाँकी सबैकाे परीक्षण पाेखरामै गरिएकाे हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *