बागलुङमा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ

जिल्लामा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका २ महिला सहित ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी काठमाण्डौं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकलाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । एकैदिन ठुलो संख्या थपिए सँगै बागलुङमा संक्रमित संख्या ६६ पुगेको छ ।

संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाकाका १९ जना संक्रमितलाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रि आइलोसेनमा ल्याउने तयारी गरिएको छ भने ढोरपाटनका पाँच संक्रमितलाई भने सोही स्थानकै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिने कार्यालय प्रमुख तथा जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव सुरज गुरौले बताए ।

गण्डकी प्रदेशको पोखरामै पीसीआर गर्ने व्यवस्था भए पनि परीक्षणमा धेरै ढिलाई भए पछि जिल्लाको केहि स्वाब काठमाण्डौ पठाइएको थियो । अहिले पनि ७ सय बढी स्वाब पोखरामा पीसीआर परीक्षणका लागि रहेको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका १२ जना डिस्चार्ज भएर घर फर्किएका छन् । त्यस बाहेक अरु धौलागिरी अस्पताल सहित क्याम्पस र बुर्तिबाङको आइसोलेसनमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *