राजमो जिल्ला सदस्यले पार्टी छाडे, नेकपा प्रवेश !

मन्दिप न्यूरे
बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङका एक जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् ।

ताराखोला गाउँपालिका वाड नम्बर ३ निबासी कर्णबहादुर भण्डारीले पार्टी परित्यागको घोषणा सहित सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । भण्डारी राजमोका जिल्ला सदस्य सहित ताराखोला गाउँपालिका सचिवको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

सोमबार नेपाल सरकारका गुहमन्त्री तथा नेकपाका नेता रामबहादुर थापा ‘बादल’ले काठमाडौंमा एक कायक्रमका बिच भण्डारीलाई खादा, अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको छ । कार्यक्रममा गृहमन्त्री थापाले पार्टीको सदस्यता प्रदान गरेर स्वागत गरेको नेकपा ताराखोला गाउँपालिकाका अध्यक्ष पदम खत्री दिवसले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *