आदर्शले गर्‍यो शेयर सदस्यको कोरोना वीमा

साधना पन्त, बागलुङ

आदर्श सञ्चार सहकारी संस्थाले संस्थाका १ सय ७७ जना शेयर सदस्यहरुको कोरोना वीमा गरेको छ ।

पहिलो चरणमा संस्थाका १ सय ७६ जनाको प्रिमियर ईन्स्योरेन्स कम्पनीबाट १ लाख रुपैयाँ र १ जनाको ५० हजार रुपैयाको कोरोना वीमा गरिएको संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

जेठ २५ गतेको सञ्चालक समितिको बैठकले संस्थामा आवद्ध शेयर सदस्यको ५० प्रतिशत र संस्थाको ५० थप गरी कोरोना वीमा गर्ने निर्णय गरेको थियो ।

१ लाख रुपैयाँको वीमा गरिएका सदस्यको लागि संस्थाको ३ सय र सदस्यको ३ सय गरि ६ सय रुपैया र ५० हजारको विमा गरिएका सदस्यको लागि संस्थाले १ सय ५० रुपैया र सदस्यले पनि १ सय ५० रुपैया थप गरेको उहाँले बताउनुभयो ।

संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीको यस अगाडि नै निःशुल्क वीमा गरेको संस्थाले दोस्रो चरणमा शेयर सदस्यहरुको कोरोना वीमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।

कोरोना वीमा गर्न चाहने सदस्यहरुले ३ सय रुपैयाँ सहित संस्थामा सम्पर्क गरेमा थप रकम सहित संस्थाले वीमा गरिदिने अध्यक्ष जिसीले जानकारी दिनुभयो । उहाँले छिट्टै दोस्रो चरणको वीमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । आदर्श सञ्चार सहकारी संस्थामा १ हजार ८ सय जना शेयर सदस्य छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *