आज एकै दिन ४२६ जना थपिए, संक्रमित संख्या ८ हजार नाघ्यो

आदर्श अनलाइन, काठमाडौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या आठ हजार भन्दा बढि पुगेको छ।

शुक्रबार मात्र ४ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।

अहिले क्वारेन्टाइनमा एक लाख ९ हजार चार सय ६१ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *