गण्डकी प्रदेशका ७ जिल्लामा ५८ कोरोना संक्रमित थपिए

साधना पन्त, बागलुङ ।
शनिबार विहान गण्डकी प्रदेशका ७ जिल्लामा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशका तनहुँ, बागलुङ, स्याङजा, नवलपुर, गोरखा, कास्की र म्याग्दीमा नयाँ संक्रमित भेटिएको जानकारी गराउनु भएको हो ।

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा २१ जना पुरुष, ब्यास नगरपालिकामा २ जना पुरुष र शुक्लगण्डकी नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

तेसैगरी नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा ११ जना पुरुष, बौदीकाली गाउँपालिकामा १ जना पुरुष, मध्यविन्दु नगरपालिकाका २ जना पुरुष, बिनयत्रिवेणी गाउँपालिकाका १ र देवचुली नगरपालिकाका १ पुरुष गरी १६ जनामा संक्रमण देखिएको छ ।

तेस्तै बागलुङको काठेखोला गाउँपालिमा १ महिला सहित ७ जना पुरुष गरि ८ जनामा संक्रमण देखिएको छ । गोरखाको भीमसेन नगरपालिकाका ५ जना पुरुषमा संक्रमण देखिएको छ ।

कास्कीको मादी गाउँपालिकामा ११ महिनाकी बालिका सहित १ जना पुरुष गरि २ जनामा संक्रमण देखिएको छ । तेसैगरी म्याग्दीको मालिका गाउँपालिका १ पुरुष र स्याङजा जिल्लाका १ जना पुरुषमा संक्रमण देखिएको छ । विज्ञप्तीमा स्याङजा जिल्लाका संक्रमित कुन स्थानिय तहका हुन भन्ने नखुलेको उल्लेख गरिएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । विज्ञप्तीमा संक्रमितलाई सम्बन्धीत जिल्लाका आइसोलेसनमा लैजाने तयारी गरिएको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *