बागलुङको काठेखोलामा एक घर पुरियो, एक महिला बेपत्ता

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-४ तंग्राम फापरखेतमा अविरल बर्षासँगै आएको पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी छिन् ।

फापरखेतको थोत्नेरीमा विहानपख पहिरो खसेको सूचना पाए लगत्तै घरधनी टीका पुन सहित अरु परिवारका सदस्यले ज्यान जोगाए पनि उनका श्रीमति ३८ बर्षीया विमला पुन बेपत्ता भएकी हुन् ।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख शारदाप्रसाद चौधरीले आदर्श अनलाइनलाई जानकारी दिए । अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको घोडाबाँधे स्थित गणबाट टोली पुगिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *