एकता सहकारीद्वारा श्रद्धाञ्जली तथा मृत्यु राहत रकम प्रदान

रोहन जि.सी, बागलुङ ।
एकता सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधन प्रतिशोक व्यक्त गर्दै शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य बिबिन्द्र प्रसाद श्रेष्ठको निधन भएको १० औँ दिन पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । ५२ वर्षीय श्रेष्ठको जेठ २९ गते निधन भएको थियो ।

संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम प्रदान गर्ने कार्यक्रम अन्तरगत शनिबार बागलुङ नगरपालिका(३ किनाराटोलमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष धुब्र प्रसाद शर्माले मृतककी छोरी प्रभा श्रेष्ठलाई परिवारको सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तत्व हस्तान्तरण गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको निधनमा २५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा १० हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको संस्थाका सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।

संस्थामा ८ सय ३७ जना शेयर सदस्य, ७ करोड ३५ लाख शेयर पूँजि, २४ करोड बचत, २५ करोड कर्जा लगानी रहेको र संस्थाले १० जनालाई रोजगारी दिइएकोे संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *