कक्षा ११ को नतिजा दुई दिन भित्र सार्वजनिक

कक्षा ११ को वार्षिक परीक्षाको नतिजा दुई दिन भित्रै सार्वजनिक हुने भएको छ ।

कक्षा ११ को वार्षिक परीक्षा गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको थियो।

परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा ११ र १२० कृष्ण शर्माले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। ‘उत्तर पुस्तिका परीक्षण पछि संकलन गरिएको प्राप्ताङ्कलाई आज अन्तिम रुजु गर्दैछौं। आज बेलुकासम्म काम सकियो भने भोलि या पर्सि नतिजा सार्वजनिक गर्छौ’ शर्माले भन्नुभयो ।

कुनै प्राविधिक समस्या नआएमा दुई दिन भित्रमा जसरी पनि नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड लागेको उहाँको भनाई छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *