गण्डकी प्रदेशमा १९ नयाँ संक्रमित, संक्रमितको संख्या ५ सय २३ पुग्यो

साधना पन्त, बागलुङ ।
आइतबार दिउसो गण्डकी प्रदेशका ५ जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले दिउसो १ः१५ बजे प्रेस विज्ञप्ती जारी गर्दै स्याङजा, बागलुङ, नवलपुर, तनहुँ र कास्कीमा संक्रमित थपिएको जानकारी गराउनुभएको छ ।


विज्ञप्तीमा स्याङजाको चापाकोट नगरपालिकामा १८,२१,२१,२१ र २३ वर्षीय ५ पुरुष सहित ३० वर्षीया १ महिला र गल्याङ नगरपालिकाका २०, २६ र ४६ वर्षीय ३ पुरुष सहित ४५ वर्षीया १ महिलामा संक्रमाण देखिएको उल्लेख गरिएको छ ।

तेसैगरी बागलुङको गलकोट नगरपालिकाका १९, ३५ र २७ वर्षीय ३ जना पुरुष, बडिगाड गाउँपालिकाका १ जना १७ वर्षीय पुरुष र जैमिनी नगरपालिकाका १ जना ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षीय १ पुरुष र मादी गाउँपालिकाका १९ वर्षीय युवामा संक्रमण देखिएको छ । नवलपरासी पूर्वको गैडाकोट नगरपालिकाका १८ वर्षीय पुवा सहित तनहुँको व्यास नगरपालिकाका ४७ वर्षीय १ पुरुषमा कोरोना संक्रमण देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *