घाँस काट्ने क्रममा भिरबाट खसेकी महिलाको हेलिकप्टरद्वारा उद्दार

साधना पन्त, बागलुङ ।
घाँस काट्ने क्रममा भिरबाटी खसी गम्भिर घाइते भएकी महिलालाई हेलिकप्टरबाट उद्दार गरि उपचारको लागि पोखरा लगिएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ कि ४३ वर्षीया मनमाया पुन आइतबार दिउसो २ बजे घाँस काट्ने क्रममा गुर्जाघाट भिरबाट ५० फिट तल खस्नुभएको थियो ।

शरिरका विभिन्न भागमा गम्भिर चोट लागेकी पुनलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याएको भएपनि उपचार हुन नसकेपछि प्रभु एयरको हेलिकप्टरबाट पोखरा मणिपाल अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *