बेनी बचत तथा ऋण सहकारीले सदस्यको निशुल्क कोरोना वीमा गर्दै

साधना पन्त, बागलुङ ।
म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीलाई लक्षित गरि आफ्ना शेयर सदस्यहरुको कोरोना वीमा गर्न सुरु गरेको छ । संस्थाले पहिलो चरणमा १ सय ३३ जना संस्थापक सदस्य सहित ७ जना कर्मचारीको कोरोना वीमा गरेको संस्थाका प्रबन्धक सज्जन शाक्यले जानकारी दिनुभयो ।

सहकारीका सञ्चालक समितिको शनिबार बसेको बैठकले असार मसान्त सम्मको सम्पूर्ण कर्जा भुक्तान गर्ने सदस्यको १ लाख बराबर र ५० प्रतिशत देखि ७५ प्रतिशत सम्म व्याज भुक्तान गर्ने सदस्यहरुको ५० हजार बराबरको निशुल्क वीमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो । असार मसान्त सम्मको व्याज र कर्जा समेत तिर्ने सदस्यहरुको लागि जोखिम बहन गर्न निशुल्क वीमा गर्ने निर्णय गरिएको गिरीले बताउनुभयो ।

बैठकले असार मसान्त भित्रमा कर्जा र व्याज भुक्तान गर्ने सदस्यलाई लकडाउन अवधी भरको व्याजमा १० प्रतिशत छुट गर्ने निर्णय गरेको छ । तेसैगरी सहकारीले समय सिमा नाघेका कर्जाको असार मसान्त भित्रमा सम्पूर्ण व्याज भुक्तान गरेमा आगामी १ वर्षको लागि निशुल्क कर्जा नविकरण गरिने प्रबन्धक शाक्यले जानकारी दिनुभयो ।

उहाँले भाका नाघेका कर्जाको साँवा र व्याज चुक्ता गरेमा तेस्ता सदस्यहरुलाई विशेष छुटको व्यवस्था पनि गरिएको बताउनुभयो । कर्जा र व्याज भुक्तान गर्ने सदस्यहरुको तत्काल वीमा गरिने उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *