पहिरोका कारण धार्मिक संरचना जोखिममा


–आदर्श अनलाईन, बागलुङ
सडक विस्तारको क्रममा पहिरो जादा बागलुङ नगरपालिका–४ स्थित कुडुँलेमा रहेको धार्मीक संरचना धरापमा परेको छ । कुडुलेमा क्षेत्रिय सडक विस्तारको क्रममा भएको लाप्रवाहीले करोडौको धार्मीक संरचना उच्च जोखिममा परेको हो । अविरल वर्षाको कारण आधा दर्जन घर, एक विद्यालय, रंग वैंकटेश्वर मुक्तिनारायण मन्दीर तथा शालग्राम संग्रालय पहिरोको जोखिममा परेको छ ।

प्रदेश सरकारको रु.४२ करोड लागतमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुँले देखि काठेखोला गाउँपालिका जोड्ने क्षेत्रिय सडक विस्तार गर्ने क्रममा पहिरो जादा मन्दिरको संरचना भत्कने अवस्थामा पुगेको हो । धर्म प्रेमीहरुको सहयोगमा निर्माण सम्पन्न हुने चरण्मा पुगेका धार्मीक संरचना सडकका कारण जोखिममा परेपछी सहयोगदाता चिन्तीत भएका छन् । वर्खा याममा कोरोना र मजदुर अभावको वहानामा निर्माण कम्पनीले काम नगर्दा थप जोखिम वढेको छ । अबिरल वर्षाले मन्दिर संरक्षणका लागि लगाएको मेशीनरी वाल भत्किएको छ । पहिरोको तत्काल व्यवस्थापन नगरे करोडौंको धार्मिक सरचना ध्वस्त पर्न सक्ने स्थानीय जयलाल सापकोटाले वताउनुभयो । पहिरोका कारण केन्द्रीय प्रसारण लाईनको विद्युत, केवल इन्टरनेट समेत अवरुद्ध भएको छ । विद्युतको २ वटा पोल ढलेका छन् ।

सडक विस्तारको क्रममा ढिलाई हुदा हुदा कुडुलेका आधा दर्जन घर पहिरोको जोखिममा परेका छन् । पहिरोको कारण करिव ९ करोडको लागतमा हालै निर्माण भएको रंगवैकटेश्वर मुक्तिनारायण मन्दीर ७ करोडको लागतमा वेनेको शालग्राम संग्रालय र सस्कृत विषयमा कक्षा १० सम्म अध्यापन हुने मुक्तिनाथ वेद विद्याश्रम जोखिममा परेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *