गण्डकीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ५ सय ४० पुग्याे

बागलुङ

स्याङ्जा र नवलपुरमा साेमबार बिहान थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाकाे अर्जुनचाैपारीका ८ र कालीगण्डकीका २ जनामा काेराेना पुष्टि भएकाे हाे । कालीगण्डकीका २ महिला हुन भने अरु सबै पुरुष हुन् । स्याङ्जामा ९६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

नवलपुरकाे बाैंदीकाली गाउँपालिकाका ८ जनामा काेराेना पुष्टि भएकाे हाे । याेसँगै नवलपुरमा १ सय ४० जनामा काेराेना देखिएकाे छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ |

साेमबार पुष्टि भएका सबै भारतबाट फर्किएको हुन् । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाे र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ

गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमण भेटिएकाे छ । मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म १/१ जनामा संक्रमण भएकाे छ । बागलुङमा १ सय १७ र कास्कीमा १७ जनामा काेराेना पुष्टि भइसकेकाे छ ।

साेमबार बिहानसम्मकाे तथ्या‌ंक अनुसार हालसम्म प्रदेशमा ५५ जना   निकाे भएर घर फर्केका छन् । ५८ वर्षे १ पुरुषकाे मृत्यु भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *