बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

यस्तो छ बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम–

सभाध्यक्ष एवं सभासदज्यूहरु,
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्नका लागि नेपालको संविधानले व्यवस्था गरेअनुसार स्थापित स्थानीय सरकार गठन भई तीन वर्ष व्यतित भएको छ । सातौ नगरसभाको यस गरिमामय सभामा चौथो नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउन खुसी लागेको छ । निरंकुश शासन व्यवस्थाको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनआन्दोलन, जनयुद्ध एवं सशस्त्र संघर्षहरुमा शहादत प्राप्त गर्ने अमर शहिद, वेपत्ता, घाइते अपाङ्ग परिवार प्रति उच्च सम्मान गर्दछु । बागलुङ नगरको समृद्धिका लागि योगदान पु¥याउने पूर्व नगरप्रमुख ऋषिराम शर्माप्रति हार्दिक सम्मान र श्रद्धा प्रकट गर्दछु ।
संविधानले परिकल्पना गरेअनुसार गणतन्त्रात्मक संघीय शासन प्रणालीद्वारा लोकतान्त्रिक समाजवादको स्थापनाको लागि समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार पार्न यस नगरपालिका प्रतिबद्ध रहँदै नगरको समग्र विकास र आम नगरवासीको हकहित र अधिकारको रक्षा गर्न प्रतिबद्ध छ । नेपालको संवैधानिक व्यवस्था, एकल अधिकार एवं साझा अधिकार साथै अन्तर्राष्ट्रिय स्तरमा व्यक्त प्रतिबद्धता, दीगो विकासको लक्ष्य पन्ध्रौ योजनाले निर्दिष्ट गरेको लक्ष्य स्थानीयकरण गर्न यो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा फैलिइरहेको छ । नेपालमा कोरोना भाइरस संक्रमित भित्रिने क्रमको पहिलो चरणमै नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित यसै बागलुङ नगरवासी रहेकाले उनीहरुको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी, कोरोना भाइरस कोभिड १९ विरुद्धको लडाइमा साथ दिने सबै महानुभावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यो नीति तथा कार्यक्रम प्रस्तुत गरीरहँदा यस नगरपालिकामा समेत संक्रमितको संख्या बढ्दै गइरहेकाले कोरोना विरुद्धको रोकथाम, नियन्त्रण र उपचारमा ध्यान केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएको छ । नगरपालिकाका योजना कार्यान्वयनको प्रमुख समयमा लकडाउनको अवस्था सिर्जना हुँदा चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा केही असहज भएपनि चालु आर्थिक वर्षसम्म नगरपालिकाले गरेका मुख्य मुख्य उपलब्धीलाई संक्षेपमा प्रस्तुत गर्न चाहान्छु ।
– विश्वव्यापी माहामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमण रोक्नका लागि नगरपालिकाले २०७६ फागुन महिना देखिनै कोरोना विरुद्धको अभियान सुरु गरेको थियो । यही क्रममा मिति २०७६ चैत १५ र १९ गते नेपालकै पाँचौ र छैठौ संक्रमित दुई महिलामा संक्रमण पुष्टी भएपछि नगरपालिकाले रोकथाम, नियन्त्रण र उपचारमा अग्रमोर्चामा रहेर काम गरेको छ ।
– कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको लकडाउन सुरु भएदेखि हालसम्म भारतलगायतका ठाउँबाट नगरक्षेत्रमा प्रवेश गरेका ३०४ जनालाई नगरका १२ वटा क्वारेन्टीनमा व्यवस्थनपन गरिएको छ ।
– बाहिरबाट नगरभित्र भित्रिनेहरुका लागि नगरपालिकाले हाल १२ वटा स्थानमा क्वारेन्टीन स्थापना र संचालन गरिएको छ ।
– बन्दाबन्दीका कारण रोजगार गुमाएका २२९४ जना नगरवासीलाई ३१ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको दैनिक उपभोग्य बस्तु राहत स्वरुप वितरण गरिएको छ ।
– कोरोना भाइरस विरुद्धको लडाईका लागि नगरपालिकाले हाल सम्म २० लाख २ सय ४३ रुपियाँ खर्च गरी अत्यावश्यक औषधी सामग्री खरिद गरिएको छ ।
– बन्दाबन्दीका कारण दैनिक आयआर्जन गुमाएर समस्यामा परेकालाई राहत उपलब्ध गराउँने उद्देश्यले स्थापना गरिएको फुड बैंकमा बागलुङ जेसिज लगायतका संघ संस्था तथा व्यक्तिहरुबाट ५४९ जना विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई ४,७७० केजी चामल, ४८१ केजी दाल, २४३ लि. तेल, ४६९ केजी नुन, ४०७ पोका सोयविन, ४६१ गोटा सावुन लगायतका सामग्री राहत स्वरुप प्रदान गरिएको छ ।
– बन्दाबन्दीका समयमा पैदल यात्रा गरी गन्तव्यतर्फ लागेका नगर बाहिरका मानिसलाई स्थानीय प्रशासनसंगको समन्वयनमा क्वारेन्टिनमा राख्ने, खाने बस्ने व्यवस्था गरी सुरक्षित रुपमा सम्बन्धित स्थानसम्म पु¥याइएको छ ।
– कोरोनाको संक्रमण फैलिन नदिनका लागि नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा बसेका र पैदल यात्रु मध्ये अहिलेसम्म ३३२ जनाको आरडिटी र २४० जनाको पिसिआर परीक्षण गरिएको छ ।
– कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि नगरपालिकाको विशेष सहयोगमा नगरभित्र प्रवेश गर्ने प्रवेशद्धार मालढुङ्गा लगायतका ठाउँमा स्थापना गरिएको फिवर क्लिनकमा २१,८८५ जनाको परीक्षण गरी नियमित सञ्चालन गरिएको छ ।
– नगरपालिकाले स्थापना गरेको विपद् व्वस्थापन कोष (कोभिड १९) मा नगरपालिका बाट रु ५० लाख र विभिन्न संघ संस्था, सहकारी, व्यक्ति तथा कर्मचारी, शिक्षकहरुबाट हालसम्म ३० लाख ९२ हजार ५ सय ३ रुपियाँ संकलन भएको छ । सहयोग गर्ने सम्पूर्णमा धन्यबाद व्यक्त गर्दछु ।
– कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि नगरप्रमुखको संयोजकत्वमा विपद राहत उदार कोष व्यवस्थापन समिति र उपप्रमुखको संयोजकत्वमा आकस्मिक कार्यसम्पादन समिति गठन गरी सक्रियतापूर्वक कार्य सम्पादन गरिएको छ ।
– बागलुङ नगरपालिकाको संयोजनमा जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधीको सहभागितामा कोभिड १९ का विरुद्धमा संयुक्त अभियान थाल्ने निर्णय भई अगाडि बढ्ने काम भएको छ ।
– सडक निर्माणलाई दीर्घकालिन बनाउँनका लागि नगरको आफ्नै लगानीमा नगर क्षेत्र भित्र यस आर्थिक वर्षसम्म निम्न काम सम्पन्न गरिएको छ ।
सडक कालोपत्रे, ढलान, सडक स्तरोन्नती र पैदल मार्ग
शीर्षक आ.व. २०७५⁄०७६ आ.व. २०७६⁄०७७ जम्मा
कलोपत्रे तथा ढलान ४.८३ किमी ७.३८ किमी १२.२१ किमी
पक्की नाली २.९४ किमी ४.२१ किमी ७.१५ किमी
सडक स्तरोन्नती ८५.१२ किमी ३७.३३ किमी ११२.४५ किमी
पैदल मार्ग ९.९६ किमी २.८१ किमी १२.७७ किमी
पक्की ग्याबिन ३५०० घन मि ३५०० घमि
मेसिनरी वाल १००.५० वर्गमि. १००.५० वर्गमि.
तारजाली १.६२ किमी १.६२ किमी

– नगरको चालु आर्थिक वर्षमा ८४ वटा भवन निर्माण तथा मर्मत सम्पन्न भएको छ ।
– कृषकलाई सिंचाई सुविधा उपलब्ध गराउनका लागि यस आर्थिक वर्षमा ४.५५० मिटर सिंचाई कुलो निर्माण गरिएको छ ।
– बागलुङ नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार, प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा ‘एक घर एक धारा’ कार्यक्रमअन्र्तगत हालसम्म १५६३ घरमा नयाँ धारा जडान गरिएको छ । यो अवधीमा इन्टेक र च्याम्बर, ८ वटा वितरण पाइपलाइन २४ किलोमिटर किमी निर्माण सम्पन्न गरिएको छ ।
– सडक मापदण्डमा रहेको अन्यौल, दुविधालाई अन्त गरी कडाईका साथ कार्यान्वयन गरिएको छ ।
– नगरमा भकुण्डे, पैँयुपाटा, अमलाचौर बस सेवा सञ्चालन भएको छ
– बागलुङ बजारका प्रमुख चोकहरुको सुधार गरिएको छ ।
– सडक मापदण्ड र भुकम्प प्रतिरोधी घर निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्दै अहिलेसम्म भुकम्पबाट क्षति भएका ६२२ लाभग्राही मध्ये ५५८ जनाले प्रथम किस्ता, ३४७ जनाले दोस्रो र ३२० जनाले घर निर्माण, पाँच जनाको प्रवलीकरण कार्य सम्पन्न गरिएको छ ।
– नक्सापास प्रक्रिया पूरा नगरी निर्माण गरिएको संरचनाको अभिलेख र आवश्यक कार्यविधि तयार गरी त्यसको नियमितताको प्रक्रिया अगाडि बढाइएको छ । हालसम्म ८४ घरको अभिलेखिकरण गरिएको छ ।
– बागलुङ नगर क्षेत्रका भकुण्डे सिगानामा चिया खेती प्रवद्र्धनको काम अगाडि बढाइएको छ ।
– बजारको गुठीमा कृषि– हाट बजार सञ्चालन गरिएको छ ।
– उत्पादनमा आधारित कृषि तथा पशुपालनमा संलग्न १०८ जना किसानलाई १९ लाख ६५ हजार रुपियाँ नगद अनुदान वितरण गरिएको छ ।
– नगरका व्यवसायीक किसानलाई ५० प्रतिशत लागत सहभागीतामा हालसम्म सुन्तला, कागती, किवी, ओखरलगायत जातका ९९०५५ गोटा विरुवा वितरण गरिएको छ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ७७५ जनाले रोजगार पाएका छन् ।
– नगरका ५७७ जना कृषि तथा पशुपालक किसानलाई सेवा उपलब्ध गराइएको छ ।
– बागलुङ–कुँडुले–कालिमाटी सडकअन्र्तगत बा.न.पा. ४ तिरुपती चोकमा पूर्व नगरप्रमुख ऋषिराम शर्माको स्मृतिद्धार निर्माण यसै वर्ष सम्पन्न हुनेछ ।
– बागलुङ नगरपालिका अन्र्तगतको अल्पकालिन महिला सेवा केन्द्रलाई सञ्चालन गरी ५० जनालाई सेवा प्रदान गरिएको छ ।
– जोखिम, विपदमा परेका नागरिकलाई तत्काल उद्धार गरी विपन्नहरुलाई राहत रकम प्रदान गरिएको छ ।
– बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौरको खेल मैदानलाई रङ्गशाला निर्माणका लागि डिपिआर तयार गरी प्रदेश तथा संघीय सरकारबाट योजना स्वीकृत गराई कार्य आरम्भ भएको छ ।
– राष्ट्रिय स्तरको दोस्रो मेयरकप फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ ।
– विद्यालय स्तरीय राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको छ ।
– व्यवस्थित क्रिकेट तालिम मैदानका लागि बागलुङ नगरपालिकाकै आर्थिक लगानीमा क्रिकेट तालिम केन्द्र सञ्चालनमा आएको छ ।
– शिक्षक नियुक्तिलाई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक रुपमा गरिएको छ ।
– राजश्व संकलन गर्ने कामका लागि तथ्याङ्क सङ्कलनको काम सुभारम्भ गरिएको छ । बजार तथा ग्रामिण क्षेत्रमा राजश्व संकलन गर्न टोली खटाई आवश्यक अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
– राजश्व संकलनतर्फ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा २ करोड ५२ लाख ६९ हजार २ सय २९ रुपया ३० पैसा आ.व. २०७५÷०७६ मा ३ करोड ३३ लाख ६२ हजार ८ रुपैया ६५ पौसा र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ७० लाख ६१ हजार ८ सय ५७ रुपैयाँ राजश्व संकलन गरेको छ ।
– न्यायिक सेवालाई नगरबाट सहज रुपमा प्रदान गर्ने उद्देश्यले न्यायिक इजलास स्थापना गरी नियमित रुपमा इजलास, मेलमिलाप तथा फैसलामार्फत न्यायिक कार्य सम्पादन गरी नगरवासीहरुमा सहजता ल्याइएको छ । चालु आ.व.को हालसम्म न्यायिक समितिमा दर्ता भएका ८ वटा मुद्दा मध्य २ वटा मिलापत्र, २ वटा तामेली र ४ वटा विचाराधिन रहेका छन् ।
– नगरमा डिजिटल सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
– बालविकास केन्द्रका सहजकर्ताहरुका लागि प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ ।
– हालसम्म नगरपालिकाका विरुद्धमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी १९ वटा मुद्दाहरु परेकोमा १६ वटा मुद्दाको फैसला सम्पन्न भएका छन् ।
– नगरपालिकाबाट हालसम्म ६ वटा नगरसभा, चालु आ.व.को हाल सम्म १५ वटा कार्यपालिका बैठक सम्पन्न भएका छन् । हालसम्म नगरसभा, कार्यपालिकाबाट ऐन १३, नियमावली २, कार्यविधि १४, निर्देशिका २ वटा निर्माण गरी कार्यान्वयन गरिएको छ ।
– नगरपालिकाबाट प्रदान गरिने सेवाहरु वेभसाइट, मोवाइल एप, फेसबुक पेजमार्फत प्रवाह गरी नगरका गतिविधिलाई प्रविधिमैत्री बनाइएको छ ।
– नगर क्षेत्रका ४० गरीब विपन्न घर परिवारको खरका छानो हटाई टिनको छानोमा स्तरोन्नती गरिएको छ साथै बाकी आगामी वर्ष सम्पन्न ग्ीरन्ेछ ।
– धौलागिरी अस्पतालबाट सञ्चालित संस्थागत स्वास्थ्य क्लिनिक बा.न.पा. २ को वडा कार्यालय समीक्षालय चोकबाट सञ्चालन गरिएको छ ।
– नगरका ५ वटा विद्यालयमा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालनमा ल्याउने कार्य अगाडि बढेको छ ।
– नेत्रज्योती संघको पूर्वाधार विकासका लागि आर्थिक सहयोग गरिएको छ ।
सभासदज्यूहरु,
अब म बागलुङ नगरपालिकाको यस सम्मानित सातौ नगरसभा समक्ष आ.व. २०७७र०७८ का नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहान्छु । बागलुङ नगर पूर्व पश्चिम पुष्पलाल मध्यपहाडी लोकमार्ग तथा चीन भारत जोड्ने कालीगण्डकी करिडोरको रणनीतिक महत्वको नगरको रुपमा विकास हुँदै गइरहेको छ । बागलुङ नगरलाई समृद्ध नगरको रुपमा विकास गर्नका लागि ‘मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर, समृद्ध साँस्कृतिक बागलुङ नगर’ भन्ने दीर्घकालिन लक्ष्यलाई आत्मसात गर्दै बागलुङ नगरपालिकाले निम्न आयोजनाहरुलाई नगर गौरव र समृद्धिका आयोजनाका रुपमा अगाडि बढाइ रहेको छ ।

१) नगरपालिकाका गौरव र समृद्धिका आयोजनाहरु
सम्पन्न भएका नगरका गौरवका आयोजनाहरु
विश्वकै लामो बाङ्गेचौर–अदुवावारी झोलुङ्गेपुल, शालिग्राम संग्रहालय, मानवसेवा आश्रम अभिभावकत्व ग्रहण, कालिका भगवती मन्दिर, व्यवसायिक कृषि प्रवद्र्धन कार्यक्रम, राष्ट्रिय स्तरको मेयर कप फुटवल प्रतियोगिता, लहरेपिपल, कुँडुले छाप, लामाचौर खानेपानी आयोजना ।

निर्माणको चरणमा रहेका गौरवका आयोजनाहरु
बागलुङ बजारका सडक, चोक सुधार, बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला, बागलुङ नगर खानेपानी आयोजना (काठेखोला लिफ्टिङ), ओढारचौर, कुँडुले, भिरलाखुरी, लामाचौर (दलित बस्ती) लिफ्टिङ खानेपानी आयोजना, रायडाँडा विशेष क्षेत्र, दावगरामा निर्माणाधिन आधुनिक बसपार्क तथा जग्गा व्यवस्थापन, बलेवा विमानस्थल कालोपत्रे, सुन्तला तथा चिया खेती प्रवद्र्धन कार्यक्रम, बा.न.पा. ९ को तामाखानी अध्ययन तथा उत्खनन, भकुण्डे पर्यटन विशेष क्षेत्र, पंञ्चकोट पर्यटन प्रर्वद्धन, बलेवा भैरवस्थान मन्दिर, गुणस्तरीय शैक्षिक सुधार कार्यक्रम, सडक सञ्जाल पहुँच कार्यक्रम, नाराणस्थान तथा पैयुपाटामा नमूना शहरी विकास कार्यक्रम, गरीबसँग ऋषिराम कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, भूउपयोग आयोजना (जग्गा वर्गीकरण, भूमि बैंक) ।

आगामी आर्थिक वर्षमा निर्माण हुने आयोजनाहरु
बागलुङ बजार क्षेत्रको ढल निकास, बा.न.पा. ४ उपल्लाचौर–नाग्लीवाङ झोलुङ्गे पुल, बा.न.पा. ४ भेलचौर–रत्नेचौर झोलुङ्गेपुल, ऐश्वर्य पार्क, सहिद पार्क, सहरी शासकीय सुधार कार्यक्रम, उद्योग ग्रामको स्थापना, दम्कफाँट सिंचाई आयोजना, सिटी हल निर्माण, कृषि क्याम्पस सञ्चालन, मालिकालगायत संसारकोट क्षेत्रमा प्राणी उद्यान निर्माण, नगर अस्पताल पैयुपाटा, कृषि सित भण्डार, बृद्धाश्रम निर्माण एवं सञ्चालन, गोविन्द अधिकारी व्यवसायिक छात्रबृत्ति कार्यक्रम, नगरपालिका क्षेत्रको हालसावीक नापी ।

२) कोभिड १९ विरुद्धको अभियान
विश्वव्यापी माहामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को प्रभाव नेपालमा पनि परिरहेको छ । कोभिड १९ का कारण बागलुङ नगरले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी तय गरीएका बागलुङ भ्रमण वर्ष २०७७, बालमैत्री नगर स्थापना गर्ने लगायत जनसहभागितामा आधारित कार्यक्रमहरु स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । कोभिड १९ विरुद्ध विश्व समुदाय मानव सभ्यता जोगाउँन लागिपरिरहेको अवस्थामा यस क्षेत्रमापनि कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन नदिनका लागि, विदेशबाट आएकाहरुका लागि होल्डिङ सेन्टर, क्वारेन्टिन, आइसोलेसन कक्ष निर्माण एवं सञ्चालन, रोजगारी सिर्जना, उद्धार र राहतका लागि आगामी आर्थिक वर्षमा निम्नानुसारका कामहरु गरिनेछ ।
– धौलागिरी अस्पतालमा अन्य स्थानीय तहसँगको सहकार्यमा सुविधा सम्पन्न पिसिआर मेसिन सहितको प्रयोगशाला स्थापना गर्न पहल गरिनेछ ।
– तेस्रो मुलुकबाट उद्धार गरी ल्याइएकालाई नगरमा व्यवस्थित होल्डिङ सेन्टर स्थापना गरी अन्तर स्थानीय तहसम्म व्यवस्थित रुपमा पु¥याउन विशेष पहल गरिनेछ ।
– नगरका हरेक वडामा मापदण्डअनुसारका क्वारेन्टीन निर्माण गरिनेछ ।
– संक्रमितको सहज उपचारका लागि आइसोलेसन कक्षको व्यवस्थापन गरिनेछ ।
– शहरी शासकीय क्षमता विकास कार्यक्रमअन्र्तगत कोभिड १९ प्रभावित आर्थिक गतिविधि उकास्न र रोजगारी सिर्जना गर्नका लागि श्रममूलक कार्यक्रम लागू गरिनेछ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
– स्थानीय कृषकको उत्पादन बृद्धिका लागि लागत साझेदारीमा भैसी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
– बाली विकास कार्यक्रम अन्र्तगत मकै प्रवद्र्धन कार्यक्रम अगाडि बढाइनेछ ।
– नगर क्षेत्रमा सञ्चालन हुने लघु उद्यम विकास कार्यक्रमलाई कोभिड १९ लक्षित गरी सञ्चालन गरिनेछ ।
– कृषि भूमी बैंक स्थापना गरी रोजगारी प्रवद्र्धनमा विशेष कार्यक्रम लागू गरिनेछ ।
– ‘गरीवीसँग मेयर ऋषिराम’ कार्यक्रमलाई कोभिड १९ बाट प्रभावितको आयआर्जनका लागि सुलभ कर्जा प्रदान गरिनेछ ।
– कोभिड १९ का कारण समस्यामा परेका व्यवसायीले बागलुङ नगरपालिकालाई चालु आर्थिक वर्षमा तिर्नुपर्ने व्यवसायिक करमा २५ प्रतिशत छुट दिइनेछ ।
– जोखिमपूर्ण रुपमा काम गर्ने मजदुरहरुका लागि जोखिम राहत कोषको व्यवस्था गरिनेछ ।
सभासदज्यूहरु
नगर विकासको महत्वपूर्ण आधार स्तम्भ पूर्वाधार हो । ठूला शहरी पूर्वाधारले नै शहरी जनजीवनलाई प्रभावित र ठूला व्यवस्थित पूर्वाधार बिना शहरको परिकल्पना गर्न सकिंदैन । तसर्थ शहरी पूर्वाधार, ढल, खानेपानी, सिटी हल, सडकको व्यवस्थापनले शहरको विकासलाई दिशानिर्देश गर्दछ । यसको साथमा सौन्र्दयकरणले सर्वसाधारण र पर्यटकको ध्यानाकर्षण गर्दछ । तसर्थ आजभोली म्भखभयिऊभलत धष्तज द्यभबगतथ को अवधारणा अगाडि बढेको छ । केन्द्रीकृत शासकीय संरचनाको बलमा मात्र टिकेको शहरको व्यापार व्यवसाय राज्यको पुर्नसंरचनासँगै देशव्यापी सङ्कट परेका छन् । बागलुङ नगरपालिकाले यस्तो अवस्थाको अन्त्य गर्न ठूला शहर केन्द्रित पूर्वाधार र पर्यटन शिक्षा, स्वास्थ्यको संरचना र सेवालाई सुदृढ गर्दै अगाडि बढ्ने ठूला पूर्वाधारमा जोड दिइएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्न महत्वपूर्ण पहल गरेको छ । हाम्रो जस्तो शहरका लागि शहरी पूर्वाधार महत्वपूर्ण पर्यटन प्रवद्र्धनका लागि ग्रामिण क्षेत्रमा सडक सञ्जाल, पर्यटकीय पूर्वाधार र उत्पादनमा जोड दिने नीति अनुरुप शहर र गाउँको विकास गर्न सँगसँगै जाउ, सन्तुलित विकास गरौं भन्ने अवधारणा र नीति कार्यक्रम अगाडि सारिएको छ ।

३) पूर्वाधार निर्माण
– वडा भवन नभएका ११ नं. र १४ नं. को वडा कार्यालयको निर्माण सम्पन्न गरी ७ नं. र ९ नं. को वडा कार्यालय निर्माणलाई अगाडि बढाइनेछ ।
– शहरी शासकीय क्षमता विकास कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाका लागि ५६ करोड रुपियाँ स्वीकृत भई दुई करोढ पाँच लाख रुपियाँ विनियोजन भएको छ । कोभिड १९ का कारण प्रभावित आर्थिक गतिविधि उकास्नका लागि दुई करोड पाँच लाख विनियोजन भएको छ । यसले रोजगारी गुमेका व्यक्तिलाई रोजगारी सिर्जना गर्न सहजता प्रदान गर्नेछ ।
– नगर क्षेत्रमा सडक मापदण्डलाई कडाईका साथ लागू गरिनेछ ।
– बजार क्षेत्रको पार्किङ समस्यालाई समाधान गर्नका लागि व्यवस्थित पार्किङको लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
– शहरी मापदण्डलाई कडाईका साथ लागू गर्दै मापदण्ड विपरित बनेका संरचनाहरुलाई कानून बमोजिम कार्यान्वयनमा ल्याइनेछ ।
– नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास कार्यक्रम नगरका सबै वडामा पु¥याउँने प्रक्रिया अगाडि बढाइनेछ ।
– शहरी र अन्य महत्वपूर्ण पूर्वाधारका लागि समपुरक (एकमुष्ठ) कोष खडा गरिनेछ ।
– बागलुङ नगरपालिका वडा नं. ३ मा स्थित चिप्लेटी बसपार्कलाई दावगरामा बसपार्क निर्माणपछि बैकल्पिक प्रयोजनका लागि सञ्चालन गरिनेछ ।
– बागलुङलाई समेत समेट्ने दुई महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजना पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोर लाई कालोपत्रे गर्ने कार्य सम्पन्न गर्नका लागि सहजीकरण गरिनेछ ।
– नगर क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवास को लगत संकलन गरी भूमी समस्या समाधान आयोगमार्फत् व्यवस्थापनको काम अगाडि बढाइनेछ ।
– बा.न.पा. ९ तित्याङ सिमलपाटा– बा.न.पा. १० आरुपाटाका जोड्ने रिठेखोला (बहुलाहखोला) मोटरेवल पुल निर्माणको काम अगाडि बढाइनेछ ।
– आवश्यकताका आधारमा सार्वजनिक शौचालय निर्माणको कार्यलाई व्यवस्थित गरिनेछ ।
– बागलुङको ट्राफिक व्यवस्थापनका लागि पार्किङ तथा सिसी क्यामेरा जडानको कार्यलाई निरन्तरता दिइनेछ ।
सभासदज्यूहरु
पूर्वाधार विकासका साथसाथै समाजमा रहेका सबै क्षेत्रको समग्र विकास आवश्यक छ । सामाजिक विकास विना मानवीय विकासको परिकल्पना गर्न सकिदैन, मानव जातीमा रहेको आन्तरिक उर्जा र सामथ्र्यलाई उजागर गरेर मात्र समग्र समाज र व्यक्तिको व्यक्तित्व विकास गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य र यसका समग्र पहलुहरुले सामाजिक विकासमा न्याय प्रदान गर्नुपर्दछ । आर्थिक विकाससँगै सामाजिक विकासले सभ्यता र न्यायपूर्ण समाजको परिकल्पना गर्दछ । तसर्थ सामाजिक विकाससँगै आर्थिक विकासलाई अन्र्तसम्बन्धित गरेर जानु पर्दछ । सामाजिक न्यायमा आधारित आर्थिक विकास नै हाम्रो नगरको विकासको लक्ष्य र संकल्प र दृढता हो । यस मान्यताबाट निर्दिष्ट भएर नीति तथा बजेट निर्माणमा हामी केन्द्रीत भएका छौं । आर्थिक, सामाजिक, साँस्कृतिक उपेक्षा र बन्चितिकरणमा परेका क्षेत्र र वर्गलाई विकासको मूल धारमा ल्याउन पहुँच, पहिचान र प्रतिनिधिलाई सुनिश्चित गर्दै समानुपातिक, समावेशीकरण, सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि हाम्रो नीति र कार्यक्रम लक्षित हुनेछ । न्यायमा आधारित विकास हाम्रो अवधारणा हो ।

४) सामाजिक विकास
– विषयगत समितिहरुलाई योजना निर्माण, अनुगमन, सुपरीवेक्षण, मूल्यांकन कार्यविधि परिमार्जन गरी प्रभावकारी रुपमा लागू गराउने कार्यमा सक्रिय गराइनेछ ।
– अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सहायता सामग्री प्रदान गरिनेछ ।
– विपन्न परिवार पहिचान गरी उनीहरुलाई रोजगारी सिर्जना गरी आयस्तर बृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ ।
– नगर क्षेत्रमा शवबाहन खरिद गरी नियमित सञ्चालनमा ल्याइने छ ।
– नगरका ५ वटा विद्यालयमा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम स्वीकृत भएकाले आगामी वर्षदेखि सञ्चालनमा ल्याइनेछ ।
– बागलुङ नगरमा राष्ट्रिय परिचयपत्र वितरण कार्यान्वयन गरिनेछ ।
– नगर क्षेत्रमा बहुउद्देश्यीय नर्सरी निर्माण गरिनेछ ।
– नगर क्षेत्रका परम्परागत पेशा व्यवसाय सुधार गरी व्यवसायिक बनाउन प्रोत्साहन गरिनेछ ।
– नगर क्षेत्रका गरीब विपन्न घर परिवारका खरका छानो हटाई टिनको छानोमा ल्याउने कार्यलाई आगामी वर्ष सम्पन्न गरिनेछ ।
– समाजमा रहेको कुरीती, कुप्रथा, लैड्ढिक हिंसा, जातीय विभेदका विरुद्धका विभिन्न अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
– बहिराहरुका लागि दोभाषे सहजकर्ताको व्यवस्थापनमा सहयोग गरिनेछ ।
– जेष्ठ नागरीकको सम्मान तथा विश्राम केन्द्र लाई विस्तार गरिनेछ ।
– महिला स्वास्थ्य स्वयंसेविका सुदृढिकरण अभियानलाई निरन्तरता दिइनेछ ।
– रोजगार प्रवद्र्धन कार्यक्रमअन्र्तगत आप्रवासी स्रोत केन्द्र (सामी) कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– अति विपन्न, सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– हरेक स्वास्थ्य चौकीहरुमा औषधी तथा उपकरण अभाव हुन नदिनका लागि औषधी आपूर्तिको व्यवस्था मिलाइनेछ ।
– स्वास्थ्यचौकी नभएका १, ३ र ४ मा स्वास्थ्य चौकी निर्माणका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी सञ्चालन गरिनेछ । नगर क्षेत्रमा रहेका शहरी स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य इकाइलाई पुर्नसंरचना गरी ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गरिनेछ ।
– विपन्नका लागि प्रदान गरीने निःशुल्क औषधी उपचार सिफारिसलाई छिटो छरितो तरिकाले गर्ने व्यवस्था मिलाइनेछ ।
– आयुर्वेद चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउँन स्वास्थ्य चौकीमा आयुर्वेद ओपिडी स्थापना तथा योग शिविरहरु सञ्चालन गरिनेछ ।
– नगरभित्र रहेका सबै स्वास्थ्य चौकीहरुमा अनलाइन तथ्यांक संकलनलाई प्रभावकारी बनाइनेछ ।
– लागू औषध, सूर्तीजन्य, मदिराजन्य पदार्थको प्रयोगका विरुद्ध नेपाल प्रहरीसँगको सहकार्यमा युवाहरु एवं सामाजिक संघ संस्थाको पहलमा अभियानहरु सञ्चालन गरिनेछ ।
– छुवाछुत मुक्त दिवसलाई भगत सर्वजित विश्वकर्माको सम्झनासँग आवद्ध गरिनेछ ।
– असहाय तथा दिर्घरोगीहरुको उपचारमा पहुंचयोग्य बनाउन जोड दिइनेछ ।
– नसर्ने रोगहरुका विरुद्ध जागरण तथा हरेक वार्डमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिनेछ ।
– वडाका टोल टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरीकका लागि नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।
– नेपाल टेलिकमको फाइवर लाइनलाई वडा स्तरमा विस्तारका लागि पहल गरिनेछ ।
– सामुदायिक तथा शहरी स्वास्थ्य क्लिनिकलाई पुनःसंरचना गरिनेछ ।
– समान कामको समान ज्याला एवं महिलालाई उत्पादन क्षेत्रमा जोड्नका लागि विशेष प्राथकिता दिइनेछ ।

सभासदज्यूहरु
सीमित स्रोत र साधनको समुचित प्रयोग गरेर मात्र आर्थिक विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ । हाम्रो जस्तो पछौटे आर्थिक उत्पादन प्रणाली भएको मुलुक र त्यसका नागरीक हामी श्रम र यन्त्र उपकरणको समग्र कुशल व्यवस्थापनले आर्थिक समृद्धि गर्नु आवश्यक छ । बाहिर देश र शहरको परिकल्पनाले हामीले आर्थिक समृद्धि प्राप्त गर्न सक्दैनौं । हाम्रो स्रोत साधन प्रयोगले मात्र हाम्रै सम्बृद्धि सम्भव छ । बाहिरी र नक्कली फोस्रा नाराले विकास सम्भव छैन । हामीलाई प्रकृतिले दिएका स्रोत, साधन र मानव जातीले विकास गरेका विज्ञान र प्रवृधिको संयोजन र कुशल व्यवस्थापनले हाम्रो विकास सम्भव छ । समृद्धि नेपाल सुखी नेपालीको नारा यसैको जगमा आधारित छ । विकास हाम्रै जीवनमा सम्भव छ । त्यसका लागि आर्थिक क्षेत्रको विकास नै हाम्रो समृद्धि आधारको लक्ष्य पछ्याउँने गरी योजनाहरु केन्द्रीत गर्ने कोसिस गरएको छ ।

५) आर्थिक विकास
– कृषि उत्पादन बृद्धि गर्न जग्गाको चाक्लाबन्दीलाई विशेष प्राथमिकता दिइनेछ ।
– नगदेवालीमा किसानलाई आकर्षित गर्न कृषकलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– कृषि पेशामा आवद्ध कृषकहरुको पहिचान गरी कृषकलाई किसान परिचयपत्र वितरण गरिनेछ ।
– भूमी बैंक स्थापना गरी विपन्न एवं रोजगार गुमेकाहरुलाई उत्पादन क्षेत्रमा लगाइनेछ, बाँझो जग्गा राख्नेलाई थप कर लगाइनेछ ।
– प्रदेशस्तरीय कृषि नमूना फर्म स्थापनाको लागि पहल गरिनेछ ।
– नगरपालिकाको आर्थिक लगानीमा स्थापित कृषि तरकारी संकलन तथा बिक्री केन्द्र (हाट बजार) व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिइनेछ ।
– पशुको नश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– कृषि उपज उत्पादनमा आत्मनिर्भर बनाउन सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रवद्र्धन कार्यक्रमलाई अगाडि बढाइनेछ ।
– व्यवसायिक कृषि तथा पशु विकास अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– नगर तथा वडा स्तरीय कृषि सञ्जाललाई सक्रिय बनाई नगरको कृषि विकासमा विशेष ध्यान दिइनेछ ।
– कृषि क्षेत्रमा यान्त्रिकरण कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
– एक वडा तीन उत्पादन नीतिमा आधारित प्रत्येक वडामा एक उत्पादनलाई प्रमुख कृषि जोनको रुपमा विकास गरिनेछ ।
– बागलुङ नगरलाई घाँसको विउमा आत्मनिर्भर बनाइनेछ ।
– कृषि पकेट केन्द्र स्थापना गरिनेछ ।
– सहकारी शिक्षालाई प्रवद्र्धन, एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाइनेछ ।
– सहकारीहरुको नियमन र अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
– उद्देश्य अनुरुपका सहकारीलाई पुरस्कृत तथा सहकारी एकीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
६) खानेपानी
– बागलुङ नगरपालिकाका हरेक घरमा खानेपानीको पहुँच पु¥याउने उद्देश्यले ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– नगरको खानेपानीलाई स्वच्छ, सफा, पिउन योग्य बनाउन विशेष पहल गरिनेछ । सम्बद्ध सरोकार पक्षलाई जवाफदेही बनाउने संयन्त्र स्थापित गरिनेछ ।
– लामो समयदेखि निर्माण सम्पन्न नभएका योजनालाई निरन्तरता र मर्मत सम्भार गर्नुपर्ने योजनाहरुको मर्मत सम्भार गरिनेछ ।
– सिंचाई सुविधा नपुगेका खेतीयोग्य जमिनमा सिंचाई सेवा उपलब्ध गराउनेगरी कार्य आरम्भ गरिनेछ ।

७) शिक्षा
– नगर प्रमुख प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरिनेछ ।
– सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइनेछ ।
– गुणस्तर सुधारका लागि शैक्षिक प्रशासनलाई सुदृढ गर्न नगर शिक्षा नियमावली जारी गरी शैक्षिक सुधार र गुणस्तर सुधार गरिनेछ ।
– शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा बैकल्पिक शिक्षा कार्यक्रम लागू गरिनेछ ।
– कोभिड १९ को प्रभावका कारण नियमित विद्यालय सञ्चालन हुन नसकेकाले रेडियो टेलिभिजन तथा अनलाइनको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गरिनेछ ।
– उत्कृष्ट विद्यालयलाई नमूना विद्यालयको रुपमा व्यवस्थापन गर्न विशेष जोड दिदै सबै विद्यालयमा बगैचा स्थापना गरी हरित विद्यालयको अवधारणामा जोड दिइनेछ ।
– शिक्षक नियुक्तिलगायतका प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइनेछ ।
– शिक्षित वेरोजगार युवाहरुलाई परिचालन गरी नगर स्वयंसेवक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
– नगर क्षेत्र भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न सक्षम र योग्यता पुगेका प्रधानाध्यापकको प्रबन्ध गरिनेछ ।
– विद्यालय समायोजन प्रक्रियालाई आवश्यकताका आधारमा निरन्तरता दिइनेछ ।
– प्रारम्भिक बाल विकास कक्षालाई विद्यालयको आधार कक्षाको रुपमा लिई आवश्यकताका आधारमा प्रारम्भिक बाल विकास कक्षा स्थापना गरी बाल विकास सहजकर्ताको पारिश्रमिकको व्यवस्था गरिने छ ।
– विद्यालय गुणस्तर शिक्षा सुधार तथा नमूना विद्यालयलाई आवश्यक पूर्वाधार निर्माण तथा प्राविधिक सामग्रीहरु उपलब्ध गराइने छ ।
– विद्यालयहरुमा किशोरी छात्राहरुको लागि सेनेटरी प्याड वितरणलाई निरन्तरता दिइनेछ ।
– विद्यालयहरुको सञ्चालन र व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाइने छ ।
– विद्यालयको प्राथमिक तहमा दिवा खाजा कार्यक्रम सुरु गरिनेछ ।
– कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै सकरात्मक मनोपरामर्शको व्यवस्था गरिनेछ ।

८) पर्यटन, वन तथा वातावरण
– पर्यटकीय स्थलको रुपमा विकास भएका गन्तव्यहरुको विकास र प्रचार प्रसारमा आवश्यक पहल गरिनेछ ।
– प्रसिद्ध कालिका मन्दिर, भैरवस्थान, पञ्चकोट, शालिग्राम सङ्ग्राहलयको पर्यटन प्रवद्र्धनमा पहल गरिनेछ ।
– भकुण्डेमा रहेको संग्राहलय, भ्यूटावर लगायतका संरचनालाई व्यवस्थित गर्ने काम अगाडि बढाइने छ ।
– संघीय सरकार, प्रदेश सरकारसँगको सहकार्यमा नगर क्षेत्रमा होमस्टे प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– नगरका पर्यटकीय स्थलहरुसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग निर्माणलाई जोड दिइनेछ ।
– नगर क्षेत्रमा रहेका बौद्ध गुम्बाहरुको संरक्षण र प्रचार प्रसारमा विशेष ध्यान दिइनेछ ।
– नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘भेगन पर्यटन’को प्रचार प्रसार गरिनेछ ।
– नगर क्षेत्रको फोहोरमैला नयाँ व्यस्थापनका साथ सुदृढ गरिनेछ ।
– वातावरण संरक्षणका लागि परम्परागत पोखरी र चौपारीको संरक्षण र प्रवद्र्धन गरिनेछ ।
– नगर क्षेत्रका टोल विकास संस्थामार्फत वातावरणीय जनचेतना अभिबृद्धि गर्नेखालका कार्यक्रमहरु सञ्चानमा ल्याइनेछ ।
– बजार क्षेत्रका नालीको नियमित मर्मत तथा सरसफाईका लागि विशेष ध्यान दिइनेछ ।
– बस्ती तथा खेतीयोग्य जमिनमा रहेका रुखहरु हटाई बस्ती व्यवस्थापन तथा उत्पादन बढाउने कार्य सुरु गरिनेछ ।
– कालीगण्डकी नदीको संरक्षणका लागि स्पष्ट वस्तुस्थिति एवं नापी अद्यावधिक गरिनेछ ।
– काठेखोला क्षेत्रमा जलचर संरक्षणको कामलाई अगाडि बढाइने छ ।
– बाढी पहिरो, भूक्षयबाट उत्पन्न हुन सक्ने समस्यालाई समाधानका लागि विपद् व्यवस्थापन कोषलाई प्रभावकारी बनाइने छ ।

सभाषदज्यूहरु
सामन्ती शासन व्यवस्था र त्यसले सिर्जना गरेको संस्कृति हाम्रो विकासको प्रमुख बाधक हो । राज्य स्रोतको दोहनमा आधारित शासन व्यवस्था र त्यसका प्रतिनिधि पात्रले माथिदेखि तल जनस्तरसम्म आर्थिक अनियमितता भ्रष्टाचार र अख्तियार दुरुपयोगलाई संस्थागत गरेका छन् । धन नभई केही हुँदैन, धनका तीन नेत्र, सबैभन्दा ठूला धन हो भन्ने संस्कार र सँस्कृति स्थापित गरेको छ । ‘व्यक्ति धनी भए मात्र समाज धनी हुन्छ’ भन्ने बुर्जुवा मान्यता र ‘मह काढ्नेले हात चाट्छ’ भन्ने हाम्रा लोकयुक्ति बनेका छन् । राज्यका निकायमा रहने व्यक्तिले धन कमाउन नसके, समाजले उपेक्षा र हेयको दृष्टिले हेर्दछ । यस्तो सामाजिक परिवेशमापनि सुशासन कायम गर्ने हाम्रो दायित्व छ । ‘एक्लो बृहस्पति झुठ्ठा’ भन्ने भनाई छ । कतिपय मान्यता स्थापित छन् । तसर्थ यो चुनौतिलाई शासन गरेर मात्र संस्थागत सुशासन कायम गर्न सकिन्छ । सरकारी सेवामा नियुक्ति भएपछि जागिर पाक्ने र काम गरे थप आर्थिक सुविधा पाउनुपर्ने मानसिकता विद्यमान छ । आर्थिक अनुशासन र वित्तिय अनुशासन अवलम्बन गरी संस्थागत अनियमितताको अन्त्य भएको छ । गलत संस्कार र मनोवृत्ति विरुद्ध संस्थागत पहल र भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । मनसायजन्य प्रवृत्तिको अन्त्य गर्ने र खराव व्यक्ति र प्रवृत्तिका विरुद्धमा सम्झौताहिन संघर्ष जारी राख्नु पर्दछ ।

९) शासकीय व्यवस्था एवं सुधार
– नगरपालिका कार्यालयबाट प्रदान गरीने सेवालाई प्रविधिमैत्री बनाइने छ ।
– नगरबाट प्रवाह हुने सेवालाई छिटो छरितो गर्नका लागि कार्यविधि परिमार्जन, विषयगत समितिको भूमिकालाई प्रभावकारी, ससाना आयोजनाहरु वडा स्तरबाटै सम्झौता हुने प्रक्रिया थालनी गरिने छ ।
– नगरपालिकाका कर्मचारीहरुको साँगठनिक संरचना (चार्ट) तयार तयार गरी लागू गरिनेछ ।
– नगरका वडाबाट प्रदान गरीने पञ्जीकरणका कामलाई प्रविधिमैत्री बनाइने छ ।
– सबै वडामा वडा स्तरीय र नगरमा नगर स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिनेछ ।
– राजश्व चुहावट हुने क्षेत्रको पहिचान गरी कडाईका साथ न्यूनिकरण गरिनेछ ।
– राजश्व संकलन गर्न नगरका ग्रामिण वडामा टोली खटाइने छ ।
– नगरको राजश्व बृद्धिका लागि वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा नदीजन्य बस्तुको उत्खनन् र संकलन गरिनेछ ।
– आर्थिक पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता नीतिलाई अबलम्बन गरिनेछ ।
– नगरका उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
– कार्यक्षमता मूल्यांकनका आधारमा नगरका कर्मचारीलाई पुरस्कृत गर्ने कार्य सुरु गरिनेछ ।
– नगर प्रहरीको पुनःसंरचना गरिनेछ ।
– जनप्रतिनिधि र कर्मचारीको अन्तर सम्बन्ध सुदृढ गर्न, कार्यक्षमता बृद्धि गर्न, जवाफदेही बनाउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

१०) कला, संस्कृति साहित्य
– विरशाली पन्त कला, साहित्य, संस्कृति पुरस्कारलाई आगामी वर्ष कार्यान्वयनमा लगिनेछ ।
– बागलुङमा रहेका सबै भाषा, धर्म, संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गरिनेछ ।
– जात जातीका भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागि आवश्यक पहल गरिनेछ ।
– कला साहित्यको संरक्षणका लागि प्रतिष्ठान बनाउन पहल गरिनेछ ।

११) जलविद्युत र उर्जा
– बागलुङ नगर क्षेत्र भित्र सडक वक्ति जडानको कार्यलाई निरन्तरता दिइनेछ ।
– बागलुङ साना जलविद्युत आयोजना नगरपालिका एवं निजी क्षेत्रको साझेदारीमा सञ्चालनको लागि हस्तान्तरण प्रक्रियालाई विशेष पहल गरिने छ ।
– नगर क्षेत्रमा काठका पोल विस्थापित गरी स्टीलका पोल राख्ने कार्यलाई निरन्तरता दिइने छ ।
– विद्युत, टेलिकम तथा केवुलका तार व्यवस्थापन गरी मुख्य शहरको सुन्दरतामा ध्यान पु¥याइने छ ।

१२) कानून तथा न्याय
– न्यायीक समितिका कामलाई प्रभावकारी बनाउँन, मुद्वा दर्ता, बहस, फैसलालाई चुस्त दुरुस्त बनाइने छ ।
– मेलमिलापकर्तालाई आधारभूत तथा पुर्नताजगी तालिमको आयोजना गरी मेलमिलापलाई व्यवस्थित गराइनेछ ।
– अल्पकालिन महिला सेवा केन्द्रलाई नियमित सञ्चालन गरिनेछ ।
– सामुदायिक मेलमिलाप केन्द्रको व्यवस्थापन गरिनेछ ।

१३) सूचना तथा सञ्चार
– नगर क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीको साझेदारीमा रेडियो÷टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ ।
– जनतासँग जनप्रतिनिधि, जनतासँग मेयर, बस्ती बस्तीमा मेयर कार्यक्रम सुरु गरिनेछ ।
– नेपाल पत्रकार महासंघको संस्थागत विकास र पत्रकारको क्षमता विकासका लागि सहकार्य गरी कार्यक्रम अगाडि बढाइने छ ।
– बागलुङमा क्रियाशिल पत्रकारहरुका लागि ‘बागलुङ नगरपालिका पुरस्कार’लाई निरन्तरता दिइने छ ।

१४) खेलकुद
– नगर स्तरीय खेलकुद विकास समिति गठन गरी क्रियाशिल बनाइने छ ।
– राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, नगर स्तरीय तथा वडा स्तरीय खेलकुद प्रतियोगिताहरुलाई प्रभावकारी बनाइने छ ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त खेलाडीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
– खेलाडीहरुको नवप्रतिभा पहिचानका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

१५) विविध
– नगर क्षेत्र भित्र रहेका विभिन्न घाटहरुलाई व्यवस्थित गराइने छ ।
– टोल विकास संस्थाको भूमिकालाई प्रभावकारी बनाउँन पुनःगठन गरी सक्रिय तुल्याइने छ ।
– साझा हितका लागि नगरपालिकाको तर्फबाट छिमेकी गाउँपालिका, नगरपालिकासँग समझदारी, समन्वय स्थापित गरी साझा मुद्दामा सहकार्य गरी अगाडि बढिने छ ।
– विदेशी एवं स्वदेशी नगरपालिकाहरुसँग भगिनी सम्बन्ध स्थापित गर्न पहल गरिने छ ।
– कालिगण्डकी नदीलाई दोहन गर्ने कार्यलाई निरुत्साहित गरिने छ ।
– छाडा पशुपंक्षीहरुको नियन्त्रणको निम्ति आवश्यक पहल गरिने छ ।
– आन्तरिक आयलाई बृद्धि गर्न विभिन्न स्रोतहरुको खोजी गर्दै, करको दायरा विस्तार गरिने छ ।

अन्तमा कोभिड १९ को संक्रमणका कारण योजना कार्यान्वयन, अर्थतन्त्रमा नकरात्मक प्रभाव परेकाले आगामी दिनहरुमा कोभिड १९ सँगको लडाइसँगै समृद्ध नगर निर्माणमा लाग्नका लागि सम्पूर्ण सभासदहरुलाई हार्दिक अनुरोध गर्दछु । कोभिड १९ विरुद्धको अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवामा खटिने राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति विशेष धन्यवाद ज्ञापन गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । नगरका योजना कार्यान्वयनका लागि श्रोत साधनको न्यूनता, साझा अधिकार सूचीमा रहेको कानुन निर्माणको ढिलाई, जिम्मेवारी र योजना हस्तान्तरणको अभाव केन्द्र्रिकृत सोच र दृष्टिकोण, कर्मचारी समायोजन लगायतमा देखिएको अन्यौलताका बावजुद पनि नगरले प्राप्त गरेका उपलब्धी दीर्घकालिन महत्वका रहेका छन् । बागलुङ नगरपालिकाको यो नीति तथा कार्याक्रम कार्यान्वयनमा सबैको साथ र सहयोग रहनेमा विश्वस्त रहेको छु । नगरको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक, नागरिक समाज, आम सञ्चारजगत लगायत सम्पूर्ण दिदी बहिनी दाजुभाइहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद ।
जनकराज पौडेल
नगरप्रमुख
बागलुङ नगरपालिका, बागलुङ
मितिः २०७७/०३/०८ गते

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *