डम्मर बुढा मगर, बागलुङ ।
बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ताराखोला गाउँपालिकाका ७ जना र निसीखोलाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ताराखोला गाउँपालिकाका ७ जना पुरुष र निसीखोला गाउँपालिकाका ७ महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ताराखोलाका २७, २४, ३५, २१, ३४, २१ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।