कोरोना कहर: विश्वभर ज्यान गुमाउने संख्या ४ लाख ७४ हजार नाघ्यो

काठमाडौं 
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार नाघेको छ । विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २५७ पुगेको हो ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन छ । अमेरिकामा हालसम्म १ लाख २२ हजार वढीले ज्यान गुमाइसकेका छन् ।

यस्तै ब्राजिलमा ५१ हजार वढी, बेलायतमा ४२ हजार वढी, इटलीमा ३४ हजार र स्पेनमा २८ हजार वढीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिली लगायत देश छन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *