बागलुङ नगरपालिकाको बजेट ९४ करोड ७७ लाख


–आदर्श अनलाईन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिकाको सातौं नगरसभा मार्फत आर्थिक बर्ष २०७७÷७८ का लागि रु. ९४ करोड ७७ लाख ८७ हजार ५३५ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको सातौं नगरसभामा बुधबार नगर उप–प्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकामा बिनियोजित बजेट कार्यक्रम अन्र्तगत संघीय सरकारवाट प्राप्त हुने वित्तिय हस्तान्तरण तर्फको रु. ६६ करोड ८१ लाख, प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय हस्तान्तरण तर्फ रु. १ करोड २८ लाख, राजश्व बाँडफाँड तर्फ संघीय सरकारवाट रु. १० करोड ३२ लाख ९३ हजार ८००, प्रदेश सरकारवाट राजश्व बाँडफाँड तर्फ रु.२ करोड ६१ लाख ८५ हजार, नगरपालिकाको आन्तरिक स्रोत कर दस्तुरवाट रु. ८ करोड १८ लाख १० हजार ५३५, आन्तरिक स्रोत अनुदान तर्फ रु. ५५ लाख ७१ हजार आय अनुमान गरिएको छ । नगर विकास कोषवाट प्राप्त हुने ऋण तथा अनुदान बाट प्रप्त रु. ५ करोड गरी आर्थिक बर्ष २०७७÷७८ का लागि रु. ९४ करोड ७७ लाख ८७ हजार ५३५अनुमानित बजेट सार्वजनिक गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *