ढोरपाटन नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठ)


आदर्श अनलाईन, बागलुङ
ढोरपाटन नगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । नगरपालिकाको सातौं नगरसभामा नगरप्रमुख देव कुमार नेपालीले मेयर रोजगार कार्यक्रम, गाउँ गाउँमा नगर स्वास्थ्य कार्यक्रम, कृषिमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर नागरिक बनाउने, वजेट ल्याउने व्यवस्था गर्ने बताउनुभयो । कृषि उत्पादनमा माटोपरीक्षण गरि उपयुक्त खेति प्रणाली, पशुपालनमा जोड दिने तथा दुग्ध उत्पादनमा जोड जस्ता कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

नगरपालिकाले पर्यटन क्षेत्रलाई रोजगारसँग जोडने, उपभोक्ता हक सुरक्षित गर्ने, सहकारी व्यवस्थापन गर्ने, कोभिड–१९का कारण बैदेशिक रोजगारी गुमाएका नागरिक, असंगठित रोजगारीमा रहेका र उनीहरुको रोजगारी गुमेको अवस्थामा उनीहरुको तथ्याङ्क संकलन गरी मेयर रोजगार कार्यकm सञ्चालन गर्ने, तल्ला कक्षामा दिवा खाजाको व्यवस्था मिलाउने, भौतिक रुपमा जीर्ण रहेका तथा आवश्यक भवन निर्माणमा जोड दिने मेयर स्वास्थ्य कार्यक्रम गर्ने लगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना परिक्षणको दायरा बढाउन पहल गर्ने, नगरपालिकाले थप ५० शैयाको प्रि–आइसोलेशन बनाउने र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ
कृषि :
नगरपालिकाको नीति तथा कार्यक्रममा नगरपालिकाका सबै वडा वडामा कृषिको वडागत तालिमको व्यवस्था मिलाउने घोषणा गर्नुभएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा कृषिमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर नागरिक बनाउने वजेट ल्याउने व्यवस्था गर्ने बताउनुभयो । कृषि उत्पादनमा माटोपरीक्षण गरि उपयुक्त खेति प्रणाली, मौलिक तथा आधुनिक खेति प्रणाली अवलम्वन गरि, जनतालाई उत्पादनसम्म जोडने नीति कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नगरले उपयुक्त वातावरण मिलाएर पशुपालनमा जोड दिने तथा मध्यपहाडि दुग्ध उत्पादनमा जोड दिईने बताएइएको छ ।
पर्यटन : 
ढोरपाटन नगरको नीति कार्यक्रममा यहाँ स्थित पर्यटकीय क्षेत्रको पहिचान गर्ने, पर्यटन क्षेत्रलाई रोजगारसँग जोडने कार्यक्रम ल्याउने, आन्तरिक तथा वाह्य कार्यक्रम सञ्चालन गर्ने, तथा ढोरपाटन नगरपालिकाको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार नीति ल्याएको छ ।
उद्योग तथा वाणिज्य :
नगर सभामा प्रस्तुत नीति कार्यक्रममा उद्योग तथा वाणिज्य तर्फ नेपालको संविधानले प्रदान गरेको उपभोक्ता हक सुरक्षित गर्दै, बजारक्षेत्रको अनुगमन तथा नीति निर्देशन गरि पर्वद्धन र नियमनमा ध्यान दिने । उद्योग वाणिज्यसंघ, नगरपालिका र व्यवसायीबीचको सहकार्य गर्ने नीति ल्याएको छ ।
सहकारी :
नगरको नीति कार्यक्रममा ढोरपाटन क्षेत्रका सहकारीको व्यवस्थानपन गर्ने, एकै प्रकारका वा एकै उद्धेश्य भएका तथा एक वडामा स्थापित सहकारीहरुलाई मर्ज गर्ने नीति ल्याउने घोषणा गरिएको छ । यस्तै नगरका सहकाीहरुलाई व्यवस्थापन तथा नियमन गर्दै, उनीहरुको स्तर वृधि र उपयुक्त व्यवस्थापन तालिम प्रदान गरि सहकारी पर्वद्धनमा ध्यान दिने नीति लिएको छ ।
रोजगार व्यवस्थापन : ‘मेयर रोजगार कार्यक्रम’
नगरपालिकाले कोभिड —१९ का कारण बैदेशिक रोजगारी गुमाएका नागरिक, असंगठित रोजगारीमा रहेका र उनीहरुको रोजगारी गुमेको अवस्थामा उनीहरुको तथ्याँक संकलन गर्ने, साथै ढोरपाटन नगरका नागरिकलाई ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्ने नीति घोषणा गरिएको छ । नगरले रोजगारपाउने व्यक्तिहरुलाई अध्यवधिक गरि उनीहरुलाई नगरले परिचयपत्रको व्यवस्था गर्ने, वेरोजगार व्यक्तिहरुलाई आत्मनिर्भर हुने व्यवसायीक तालिमको व्यवस्था गर्ने, रोजगार सिर्जना हुने गरि आवश्यक अभिमुखीकरण तालिम दिईने समेत नगर प्रमुख नेपालीले घोषणा गर्नुभएको छ ।
शिक्षा :
ढोरपाटन नगरले, शिक्षा ऐनको परिधिमा रही सर्वशुलभ शिक्षा दिने व्यवस्था मिलाउने भएको छ । नगरका वालविकास केन्द्रको विकास र आवश्यक व्यवस्थापन गर्ने, नगर स्तरीय परीक्षाको व्यवस्था गर्ने, अन्तर विद्यालय स्तरको शैक्षिक सामाग्री पर्दशनी कार्यक्रम.गर्ने, शिक्षकका लागि आवश्यक तालिमलाई समय अनुकुल प्रविधिमैत्री तवरले सञ्चालन गर्ने, माध्यमिक विद्यालयका छात्रा विद्यार्थीका लागि विदालय विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने, तल्ला कक्षामा दिवा खाजाको व्यवस्था मिलाउने, भौतिक रुपमा जीर्ण रहेका तथा आवश्यक भवन निर्माणमा जोड दिईने नीति कार्यक्रममा उल्लेख गरिएको त ।
यस्तै नगरपालिकाले, माध्यमिक शिक्षालाई प्रविधिमैत्री बनाईने, सबै माध्यमिक विद्यालय ईन्टरनेटको पहुँचसम्म लैजाने व्यवस्था गर्ने, बैंक र विद्यालयबीच समन्वय गरि वित्तिय शिक्षाको व्यवस्था गर्ने, शैक्षिक वातावरण र व्यवस्थापनको नियमित अनुगमन गरि राम्रा विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउने, स्थानीय पाठ्यक्रमको विकास गरि पाठ्यक्रम निर्माणमा जोड दिईने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य : ‘मेयर स्वास्थ्य कार्यक्रम’
स्वास्थ्य तर्फ कोभिड—१९ को अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक प्रोत्साहन तथा भत्ताको व्यवस्था गर्ने, दुरदराजमा आवश्यक स्वास्थ्य संस्थाको स्थापना गर्ने, बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ग्रामीण स्वास्थ्य अस्पतालको रुपमा विकास गर्न संघ र प्रदेशसम्म समन्वय गर्ने, स्वास्थ्य केन्द्रमा आवश्यक ल्याव व्यवस्थापन गर्ने, यस्तै नगरले यस आर्थिक वर्षमा ‘मेयर स्वास्थ्य कार्यक्रम’ मार्फत दीर्घ रोगी तथा गरिव परिवारलाई आर्थिक सहयोग गर्ने नीति ल्याइएको छ । यस्तै गाउँ गाउँमा स्वास्थ्य जागरिण कार्यक्रम ल्याउने, नागरिकका घरघरमा घुम्ती स्वास्थ्य सेवा सूचारु गर्ने, वालवालिका तथा महिलाका लागि पोषण सेवा सञ्चालन गर्ने नीति ल्याएको छ ।
खानेपानी तथा विद्युत :
नगरमा निर्माणधिन खानेपानी आयोजना तत्काल सम्पन्न गर्ने र नगरका सबै वडा तथा टोलटोलमा स्वच्छ, नगर स्वच्छ नगरवासी नारा अवलम्वन गरिने नीति कार्यक्रममा उल्ल्ेख छ । यस्तै नगरपालिकाले खानेपानी मुहान संरक्षण गर्न वृक्षारोपण गर्ने, ‘नगरमा एक घर, एक धारा’ निर्माण अभियानलाई तीव्र पारिने छ ।
विद्युत तर्फ ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा निर्माण हुने उत्तरगंगा जलविद्युत आयोजना निर्माणमा जोड दिने, त्यसका लागि प्रदेश र संघमा पहल थाल्ने नीति ल्याइएको छ । यस आर्थिक वर्षमा नगरपालिकाले ‘उज्यालो नगर’ कार्यक्रम ल्याउने भएको छ । कार्यक्रम अनुसार नगरले वडा तहका सडकमा सौर्य सडक वक्ति जडान गर्ने, नगरका कुनैपनि घर अध्यारोबाट एज्यालोमा ल्याउने, विद्यसत भएका स्थानमा विद्युत पहँचमा ल्याउने तथा नभएका स्थानमा सौर्य वत्तिको व्यवस्थापन गरि नगरका नागरिकलाई उज्यालोमा राख्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नगरले यस आर्थिक वर्षमा २० स्थानमा लघुविद्युत आयोजना निर्माण गर्ने नीति ल्याएको छ ।

संस्कृति पर्वद्धन :
संकृति पर्वद्धन तर्फ नगरपालिकाले मेला तथा महोत्सवलाई व्यवस्थित गर्ने नीति ल्याएको छ । परापुर्वदेखि बुर्तिबाङ बजारमा सञ्चालन हुने, ‘पूर्णिमा मेला व्यवस्थापन, गर्ने, त्यस अवसरमा ‘ढोरपाटन मेयर गोल्ड कपलाई निरन्तरता दिईने तथा नगरमा आयोजना हुने अन्य मेला तथा महोत्सवलाई व्यवस्थित सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाले पालिका स्तरमा रहेका परम्परागत कला संस्कृति र चालचलनको पर्वद्धन र संरक्षण गर्ने, त्यसको आवश्यक वृत्तचित्र तयार पार्ने कार्यक्रम लिइएको छ ।
मानव संशाधन :
नगरभित्रका महिला, जनजाति तथा दलित समुदाय र पिछडिएको वर्गको उत्थानमा आवश्यक कार्यक्रम ल्याइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । नगरका दुई जना विद्यार्थीलाई यस वर्षदेखि एमविविएस अध्ययनका लागि प्रोत्साहन गरिने, जातिय तथा लैगिक विभेदका विरुद्ध नगरले अगुवाई गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नगर स्तरको स्थानीय महिला उद्यमी निर्माण गरिने छ ।
खेलकुद :
खेलकुदको विकास गर्न नगरले खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने छ । गरिव तथा अतिविपन्न वर्ग, लक्षित समुदायका खेलाडिलाई खेलस्तरमा अगाडि ल्याउन न्ग्रप्ँील्क्ँल्े आवश्यक पहल गर्ने छ । नगर स्तरका क्लव, युवा समुहलाई परिचालित गरि विभिन्न खेल क्षेत्रको पहुँचमा ल्याईने नीति कार्यक्रममा उल्लेख गरिएको छ । पूर्वाधार तर्फ ः
नगरले, आर्थिक स्रोतको अभाव, भौगोलिक विकटताका कारण नागरिकका आधारभूत आवश्यकताको पह्ुचसम्म पु¥याउन नागरिकमैत्री भौतिक पूर्वाधार निर्माणका लागि संघ, प्रदेश तथा साना शहरी विकासमा सहकार्य गर्ने नीति ल्याइएको छ ।
यस्तै प्रत्येक वडामा वडा कार्यलय र स्वास्थ्य संस्थासम्म पुग्ने गरि सडक निर्माण गर्ने, ढोरपाटनसम्म सहज पुग्न सक्ने गरि सडकको स्तरउन्नति गर्ने, साना शहरी आयोजनासँग सहकार्य गरि एकीकृत सेवा कार्यालय स्थापना गर्न पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै नगरले नागरिकलाई डकर्मी तालिम दिइने, नगरपालिकाको भवन निर्माणमा जोड दिईने बताइएको छ । वडामा रहेका ५ सय नागरिकका खरका छाना हटाईने र जस्ताका छाना बनाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
सञ्चार:
सञ्चार तर्फ नगरका प्रभावकारी सञ्चार माध्यमसँग नगरले समन्वय गरि उपयोगको नीति ल्याएको घोषणा गरिएको छ । स्थानीय एफएम रेडियोहरुबाट जनचेतना तथा जनउपयोगी कार्यक्रम ल्याईने नीति नगरले ल्याएको छ ।
वन तथा वातावरण :
नगरपालिकाले वन तथा वातावरण संरक्षणमा आवश्यक नीति बनाउने र कार्यन्वयनमा जाने नीति अवलम्बन गरेको छ । पोखरी तथा वरपिपल संरक्षण गर्ने, पलाष्टिक मुक्त नगर बनाउने अभियान सञ्चालन गर्ने, वातावरणीय प्रभाव नियन्त्रण सम्बन्धी सरसफाई सम्बन्धी आवश्यक नीति ल्याइने कार्यक्रम समेत ल्याईने भएको छ । यस्तै वनसंरक्षण, पानीका मुहान संरक्षण, पहिरो रोक्ने कार्यमा उचित व्यवस्थापनको नीति र वजेट व्यवस्थापन गरिने भएको छ । तुरतुरे पहिरो व्यवस्थापनमा समेत नगरले आवश्यक ध्यान दिने नीति कार्यक्रममा भनिएको छ । यस्तै बुर्तिबाङ बजार क्षेत्रको पोहोर व्यवस्थापनमा ध्यान दिने, नगरका सबै क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने नगरले नीति कार्यक्रम मार्फत घोषणा गरेको छ ।
शुसासन तथा संस्थागत विकास :
ढोरपाटन नगरले, सार्वजनिक सेवालाई विद्युतीय माध्यमबाट सेवा दिने रणनीति नगरले बनाउने भएको छ । नागरिकको सूचनाको हकलाई व्यवस्थित गर्ने, नागरिक वडापत्रको व्यवस्था, नियमित सार्वजनिक सुनुवाई गर्ने, सामाजिक सुरक्षा भत्ता वितरणमा व्यवस्थापन गर्ने, नगरका सबै सेवामा चुस्तता, पारदर्शिता बनाउने, जनउत्तरदायी जनप्रतिनिधिको पहिचान दिनेमा जोड दिने, डिजिटल नगर प्रोफाईल निर्माण गरिने, करको व्यवस्थापन सफटवेयर गर्ने, नयाँ बन्ने घरहरु अनिवार्य नक्सा पास गरेर गरिने, पुराना घरहरुको अध्यवधिक गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरसभामा उपस्थित राजनैतिक दलका प्रतिनिधिहरुले दिएका सबै राय तथा सुझावलाई सकरात्मक रुपमा लिइएको र त्यसलाई आत्मसात गर्ने बताउँदै नगरप्रमुख नेपालीले,‘कोरोना नियन्त्रण तथा अत्यावश्यक सजगताका लागि आवश्यक कार्यक्रममा जोड दिने, स्थानीय स्तरमा आइसोलेशन निर्माण गरिने, कोरोना संकट तथा महामारीबाट जुध्न आवश्यक कार्यक्रम ल्याउने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडाका वडाअध्यक्षहरुको सक्रियताले कोरोना व्यवस्थापन गर्न सफल भएको बताउँदै सबैलाई नगरपालिकाका तर्फबाट धन्यवाद ज्ञापन गरिएको बताउनुभयो ।’

दलहरुले नगरले नै कोरेना परीक्षणका लागि पिसीआर मेसिन खरिदका लागि, दिएको सुझावमा बोल्दै नगरप्रमुख नेपालीले, ‘पिसीआर मेसिन खरिदका विषयमा आवश्यक छलफल भएको भएपनि सञ्चालन गर्न आवश्यक जनशक्ति अभावका कारण नसकिने बताउँदै, त्यसका लागि प्रदेश सरकारले लिएको सक्रियतामा सहयोग गर्ने र छिटो छरितो रिपोर्टका लागि योजना बनाउने बताउनुभयो ।’ नगरपालिकाले नगरपालिकामा अझै ५० वार्डको प्रि—आइसोलेशन बनाउने र सञ्चालन गर्ने नगर प्रमुखले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *