ताराखोला गाउँपालिकाको बजेट ३२ करोड १५ लाख


–आदर्श अनलाईन, बागलुङ
ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि रु.३२ करोड १५ लाख ५४ हजार ९ सय ६० अनुमानीत बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुनले बुधबार सातौं गाउँसभामा उक्त बजेट पेश गर्नुभएको हो । गत वर्ष रु. २४ करोड २० लाख ८१ हजार बजेट ल्याएको गाउँपालिकाले कोरोना संकटका बावजुत पनि बजेट वृद्धि गरेको छ ।

आर्थिक वर्षमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान रु. २१ करोड ८८ लाख र राजश्व बाँडफाँड बाट रु. ५ करोड ७२ लाख ४० हजार ९ सय ६० प्राप्त हुने भएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकार बाट रु. २ करोड ७१ लाख ४ हजार रुपैया प्राप्त हुने भएको छ । यस आर्थिक वर्षमा चालु र पूँजीगत तर्फबाट रु. १ करोड ४९ लाख ५० हजार मौज्दात रहने अनुमान गरेको छु । गाउँपालिकाले आन्तरिक आयलाई आगामी आर्थिक वर्षमा व्यवस्थित गरी कर र राजश्वको दायरा बृद्धि गर्ने योजना अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी रु. ३४ लाख ६० हजार अनुमान गरेको छ । नेपाल सरकारबाट शसर्त अनुदान तर्फ रु. १३ करोड ६१ लाख प्राप्त हुने भएको छ । उल्लेखित अनुमानको आधारमा आगामी आर्थिक वर्षमा गाउँपालिकाको कुल आय रु.३२ करोड १५ लाख ५४ हजार ९ सय ६० का आधारमा बजेट तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालकाले खनिज उत्खनन्मा प्रोत्साहन, बार्है महिना सडक सञ्चालन, कृषिबाटै रोजगारी तथा पर्यटकीय पूवाधारमा जोड दिएर बजेट ल्याएको हो । आगामी आर्थिक वर्षमा कर्मचारी तथा जनप्रतिनिधीहरुको सेवा सुबिधा तथा कार्यालय सञ्चालन लगायत प्रशासनिक चालु खर्च तर्फ रु. ४ करोड ५३ लाख ५० हजारसशर्त अनुदान सहित चालु तर्फ कुल रु. १८ करोड १४ लाख ५० हजार र पूजीगत तर्फ कुल रु.१४ करोड १० लाख ४ हजार ९ सय ६० रुपैया गरी आगामी आर्थिक वर्षमा कुल ३२ करोड १५ लाख ५४ हजार९सय ६० रुपैया रकम बिनियोजन भएको थियो ।

गाउँपालिकाले आर्थिक विकास तर्फ रु.३ करोड ५ लाख ३५ हजार, सामाजिक विकास तर्फ रु.२ करोड ५० लाख २० हजार ९ सय ६०, र शिक्षा तर्फ कुल रु.१ करोड २४ लाख २० हजार, खेलमैदान निर्माणमा रु. ४० लाख, स्वास्थ्य तर्फ कुल ४७ लाख ८६ हजार, खानेपानी तथा सरसफाई तर्फ रु. १८ लाख १४ हजार ९ सय ६०, संस्कृती प्रवर्द्धनको लागि कुल रु. १५ लाख बजेट विनियोजन भएको छ । यस्तै पूर्वाधार निर्माणका लागि रु. ६ करोड ३८ लाख ४९, वातावरण तथा विपद व्यवस्थापनमा रु. १० लाख, संस्थागत विकास, सेवा प्रवाहर सुशासनमा रु. ९५ लाख विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा प्रदेश तथा नेपाल सरकारसँगको साझेदारीमा आयोजना कार्यान्वयन गर्न विशेष र समपूरक आयोजना र कोषहरुमा रु. ३ करोड ३० लाख रकम विनियोजन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *