धौलागिरी अस्पतालको आइशोलेसनमै जन्मियो बच्चा

डम्मर बुढा मगर, बागलुङ ।
कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइशोलेसन कक्षमै छोरा जन्माएकी छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ८ की १९ वर्षीय युवतीले आज आइशोलेसमै बच्चा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि गत ७ गते भर्ना अस्पतालमा ल्याइएको थियो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको डा. पोखरेलको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *