संकटमा सहकारी बहस : अबको बाटो र विकल्प ?

कोरोना भाइरस (कोभिड १९) का कारण मानिसको जनजीवन लयमा छैन । विश्व अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि पछिल्लो ६ महिना यता कोरोना संक्रमण र जोखिमका कारण जीवन र दैनिकी सकसपूर्ण बनिरहेको छ । कोरोनाका कारण धौलागिरीमा स्थापित सयौ सहकारी आफ्ना शेयर सदस्यलाई मुनाफा बाँड्ने बेला सम्म अब के गर्ने भन्ने अन्यौल र द्विविधामा देखिन्छन् । अहिलेको कोरोना संकटमा सहकारीको साधारणसभा कसरी गर्ने ? लामो समय अर्थतन्त्र प्रभावित भइरहेको संकटको समयबाट सहकारीलाई कसरी पुरानै लयमा फर्काउने ? आफ्ना शेयर सदस्यलाई यो कठिन क्षणमा कसरी सहयोग गर्ने र सहकारीको पृथक योगदानको अपनत्व र अनुभूति दिलाउने ? यी र यस्ता प्रश्नको सेरोफेरोमा आदर्शकर्मी साधना पन्तले धौलागिरीका बिभिन्न सहकारीकर्मीहरुसँग सहकारीको अबको बाटो र विकल्पमा केन्द्रीत रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नारायण सुवेदी
प्रबन्धक
भूतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. बेनी म्याग्दी

विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाइरसले नेपाल पनि अछुतो रहन सकेन । जसले गर्दा मिति २०७६ साल चैत्र ११ गते देखि नेपाल सरकारद्वारा पुर्ण रुपमा लकडाउन जारी भयो । जसले गर्दा बैंक तथा वित्तिय संस्था पनि बन्दहुन पुगे पछि हाम्रो सहकारीको कारोबार पनि बन्द भयो । यस समयमा सम्पुर्ण सदस्यहरु संस्थाद्वारा सञ्चालनमा ल्याइएको मोवाइल बैकिङ्क सेवा मार्फत सुरक्षित साथ घरमै बसेर अति आवश्यक कारोबार गर्ने सकिने व्यवस्था ग¥यौं । केहि समय पछि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई नेपाल सरकारबाट जारि गरिएको सुरक्षा मापदण्ड अपनाई भौतिक रुपमा सहकारी संस्थामा उपस्थित भई हप्तामा दुई दिन ३,४ घण्टाका दरले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै कारोबार सञ्चालन गरियो । अहिलेको अवस्था र नेपाल सरकारबाट लकडाउनलाई अलि खुकुलो गराए पछि दैनिक रुपमा संस्थामा उपस्थित भई सुरक्षा मापदण्डको अपनाई आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेका छौ । अहिलेको यस अवस्थालाई मध्यनजर गरि भौतिक रुपमा एकै ठाँउमा उपस्थित भई सहकारीको बार्षिक साधारणसभा सञ्चालन गर्नेको लागि सम्भव नभएकाले गर्दा धेरै सहकारीहरुमा साधारणसभा कसरी सञ्चालन गर्ने भन्ने बारेमा अन्योलतानै रहको देखिन्छ ।

धेरै शेयर सदस्य भएका सहकारीहरुले भौतिक रुपमा सम्पुर्ण शेयर सदस्यलाई उपस्थित गराई यस परिस्थितिमा बार्षिक साधारणसभा सञ्चालन गर्ने नसकिने साथै सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा व्यवस्था भए अनुरुप आर्थिक बर्ष समाप्त भएको तिन महिना भित्र लेखा परिक्षण गरि सक्नुपर्ने र छ महिना भित्र साधारणसभा गरि सक्नुपर्ने व्यवस्था अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारया मन्त्रालय सहकारी विभागद्वारा २०७७÷०६÷०१ जारी सहकारी संस्थाको साधारणसभा सम्बन्धी सूचनाको आधारमा नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ मापदण्डको पूर्ण पालना गरि विद्युतिय माध्यम वा अन्य जुन उपाय हामीहरुको संस्थाको लागि उपयुक्त हुन्छ सोही प्रक्रियाबाट साधारणसभा गर्न साथै सदस्य तथा कर्मचारीहरुको पूर्ण सुरुक्षाको व्यवस्था गरि सहकारीको गतिविधि चुस्त दूरुस्त रुपमा अगाडी बढाउने तयारी गरिरहेका छौ । अहिलेका यस वर्तमान असहज परिस्थितिले गर्दा सहकारी दैनिक कार्य सम्पादनमा परेको असर तथा कोराना संक्रमणको समयले आफ्ना सदस्यहरुको व्यापार व्यबसायमा पर्ने गएको प्रभावलाई मध्यनजर गरि आफ्ना सदस्यहरुलाई अधिकतम सेवा पूराउने उद्देश्यका साथ सहकारी ऐन कानुन भित्र रही विभिन्न योजना बनाई अगाडी बढेका छौ । सुरुमा जिल्ला भित्रका केही गा.वि.स मात्र आफ्नो कार्यक्षेत्रको रुपमा लिई आफ्नो कारोबार सुरु गरेकोे हाम्रो यस सहकारी हाल आएर रघुगंगा गाउँपालिकामा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था सँग मर्ज गरि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्ला कार्यक्षेत्रको लागि स्विकृतीलिई जिल्ला भरि आफ्नो कारोबार विस्तार गरेका छौ ।

सहकारीका सिद्धान्त र मुल्य मान्यतालाई पालना गर्दै आफ्ना सदस्यहरुलाई अधिकतम लाभान्वित गराउने उद्देश्यका साथ म्याग्दी जिल्लाका प्रत्येक गाउँपालिकामा कम्तिमा एक एक वटा सेवा केन्द्र सञ्चालन गरेर जिल्लाकै सर्वाेत्कृष्ट सहकारी बनाउने लक्ष्यका साथ अगाडी बढेका छौ । अहिले यस परिस्थितिमा अर्थ व्यवस्था पूर्ण रुपमा ठप्प भएको बेला सहकारीबाट आफ्ना सम्पुर्ण शेयर सदस्यहरु सँग निरन्तर सम्पर्कमा रहि सदस्यहरु स्वरोजगार मुलक कार्यक्रम संचालन गर्नेको लागि उत्प्रेरित गर्ने र संस्थाले आवश्यकता र संभावना हेरी वित्तिय सहयोग गर्ने साथै उत्पादनशील क्षेत्रमा लगानी गर्ने सदस्यलाई प्ररित गर्न र साथै अन्य निकायले पनि क्षेत्रगत रुपमा अध्ययन गरि त्येस क्षेत्रको संभावना अध्ययन गरि नागरिकलाई जानकारी गराई सो कार्य गर्नेमा प्रेरित गरेमा जीवनस्तर माथि उठाउन सकिन्छ ।

बल बहादुर खत्री
प्रबन्धक
अर्थुङ्गे बहुउद्देश्यीय सहकारी संस्था लि , म्याग्दी

कोरोना महामारीको विचमा कोरोना रोकथाम तथा व्यवस्थापन सँगै वित्तिय क्षेत्रलाई पनि चलायमान राख्नको लागि सरकाले जारी गरेको निर्देशन अनुसार स्थानिय प्रशासनको अनुमति लिएर हप्तामा एक दिन २ मिटर दुरीमा लाइन बद्ध रुपमा साबुन पानीले हात धोइ माक्स र सेनिटाइजर प्रयोग गराई सेवा प्रदान गरियो र हल सम्म पनि सोही अनुसार गर्दै आएका छौं । हालको परिस्थितमा सहकारीको साधारणसभा सम्भव भए सम्म विद्युतिय माध्यम प्रयोग गरेर संस्थाका सदस्यहरुलाई घर–घरमा सहकारीको आर्थिक गतिविधी तथा भावी योजना कार्यक्रम जानकारी गराउने, सञ्चारको पहँुच नभएका स्थानमा सदस्यलाई स्वास्थ्य मापदण्ड अपनाइ १० जनाका दरले कार्यालयमा बोलाई जनाकारी गराउने सहकारी परिवारको सोच छ ।

सहकारीको वर्तमान अभ्यास पहिलेको तुलनामा भन्दा केही कमनै छ । सरकारको निति निर्णय अनुसार घट्दो व्याजदरका कारण निक्षेप संकलनमा कमी भएको र कर्जा, लगानी गरी कृषकको दैनिक जीवनयापनको लागी सघाउ पु¥र्याउने योजना राखिएको छ । अर्थतन्त्र ठप्प भएको हालको अवस्थामा सानो–सानो लगानी मार्फत दैनिक जीवन यापन गर्न नसक्ने नागरिकलाई दैनिक जीवन गुजारा गर्न सक्ने सम्म गर्न सकिन्छ । तर, यस्तो गर्दा सहकारीको बजेटबाट मात्र सम्भव नहुने हुँदा दातृ संघ संस्था निकाय, सरकाबाट सहकारी मार्फत यस्ता संचालन गरेमा नागरिकको जीवनस्तर माथि उठाउन सकिन्छ ।

सरस्वती बानियाँ
व्यवस्थापक
विश्वामित्र बचत तथा ऋण सहकारी संःथा लि.

सचेतना मुलक पोष्टर ब्यानर राख्ने, सावुन पानीले हात धुने , सेनीटाइजर प्रयोग गर्ने साथै सामाजीक दुरी कायम गरी अनिवार्य माक्सको प्रयोग गर्न लगाइ सकेसम्म कम उपस्थिति जनाइ कार्य गर्न गराउन लगाइएको छ । साधरण सभा हुनुपुर्ब हामीले सबै सदस्यको घर घरमा प्रतिवेदन प’¥याउने फोनबाट र पत्रबाट वर्तमान परिस्थीतिको बारेमा जानकारी गराउने, सुझाव संकलन गरी सकेपछी २०(२५ जना संचालक तथा अन्य आवश्यक सदस्य बसेर साधारण सभा सम्पन्न गर्ने निर्णय गरेका छौ । साथै अन्य गतिविधि समेत अत्यन्त सावधानी प“र्वक कोभिड (१९ को जोखीमलाई मध्यनजर गरेरनै गर्ने सोच बनाएका छौ । सहकारीको वर्तमान अभ्यास नेपाल सरकारले अवलम्वन गरेको नितिमा रही गरीएको छ । संस्था विस्तारै सबै किसिमले फराकिलो बन्दै गइरहेको छ , हामी शेयर सदस्य प्रती सधै उत्तरदायी र समर्पित छौ । म्याग्दी जिल्ला कार्यक्षत्र बनाइ संस्थाको ब्यापकता बढाई अझै धेरै सेयर सदस्यहरुसँग ब्याबसायिक बढोत्तरी सहितको कार्य गर्ने लक्ष्य उद्येश्य रहेको छ ।

हरेक नागरीकलाई उत्पादन सँगै जोड्न सक्न’नै अहिलेको चुनौती हो, हामीले सकेसम्म ब्यापार र उत्पादन सँगै जोडिएको शेयर सदस्यलाई न्युनतम ब्याजदरमा लगानीको वातावरण तयार गर्ने सहकारी शिक्षा सम्प्रेषण गर्ने, शेयर सदस्य बिच पारस्परिक सर सहयोग र परिचय बढाई अझै सहकारी मैत्री बनाउने भरपर्दो प्रयासमा छौ । राज्यले पनि तल्लो तहमा साना किसान ,युवा उद्यमी इत्यादी तयार गरी अनिवार्य उत्पादन प्रणालीमा जोड दिएमा जनताको जिवन स्तर उठाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *