विश्वमा आधुनिक सहकारीको इतिहास सन १८४४ डिसेम्बरमा बेलायतमा स्थापना भएको रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर पछि विश्वभर सहकारी आन्दोन फैलियो । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने सहकारी संस्थाहरुलाई पछिल्लो समय हेर्ने दृष्टिकोण समेत केही हद सम्म फेरिएको मान्न सकिन्छ । सहकारी दुरदराजका निम्न आयस्तर भएका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिने गर्दछ । पछिल्लो समय तरलतामा देखिएको अभावलाई न्यूनिकरण गर्नका लागि सहकारीहरुले विभिन्न योजनाहरु पनि बनाई रहेका पनि छन् । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–७ बैंक रोडमा कार्यालय रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश गिरीसँग आदर्शकर्मी अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंशः
वित्तिय संस्थाहरुमा देशव्यापी रुपमा तरलताको समस्या बढ्दो छ, अरुमा देखिएको जस्तो समस्याले बेनी बचतमा प्रभाव पारेको छ कि छैन?
विश्वसमा सन २०१९ को अन्तीम देखि शुरु भएको कोभिड–१९ र रुस, युक्रेन युद्घ पश्चात् बैक तथा वित्तिय संस्थाहरुमा केही हदसम्म तरलता अभाव रहेको विवरणहरु सार्वजनिक भैरहेका छन् । तर अन्यत्र समस्या भएको भन्ने सुन्नमा आएको भए पनि अहिले सम्मको अवस्थामा बेनी बचतलाई यसको कुनै प्रभाव पारेको छैन । यस्तो हुनु भनेको हाम्रा सदस्यहरु तथा सञ्चालक समिति र बिविभिन्न उपसमितिहरुको सक्रियताले नै हो । समस्या नरहेको तथा नियमित आर्थिक अवस्था पनि हामीहरुले सदस्यहरुलाई नियमित रुपमा जानकारी गराईरहेका छौ । यस्तो विषम परिस्थितिमा पनी सम्पूर्ण सदस्यहरुको सहयोगका कारण हामीलाई तरलता अभावले प्रभाव पार्न सकेको छैन ।
बरु हामीलाइ झन धेरै दैनिक निक्षेप बढिरहेको अवस्था छ । हामी पल्र्स अनुगमन बिधिलाई आत्मसाथ गरि हाम्रा वित्तिय विवरणहरु सहकारी विभागबाट जारी भएको निर्देशन बमोजिम प्रकाशन गर्नु पर्ने सूचनाहरु प्रत्येक महिना प्रकाशित गरि सरोकारवालालाई जानकारी गराउदै आइरहेका छौ । हामीले सहकारीको मूल्य मान्यतालाई सधै सिरोपर गरेर अगाडी बढी रहेका छौं । अहिलेको यो बिषम परिस्थितिलाई मध्ये नजर गरी २०∞ भन्दा कम नहुने गरी तरलता व्यबस्थापन गरिरहेका छौ । नेपालमा अहिले तरलताको बारेमा निकै कुरा उठी रहेको भए पनि बेनी बचत तथा ऋण सहकारी संस्थालाई तरलता अभावले कुनै असर परेको छैन ।
लगानिका लागि निर्णय भएका फाइल रोक्नुपर्ने अवस्थामा सहकारीहरु पुगेका छन् भन्ने छ, तपाईंको सहकारीमा अवस्था के छ ?
कतिपय संस्थाहरुले ऋण लगानिलाई रोकेको भन्ने सुन्नमा नआएको होइन । तर हामीलाई तरलता अभावको कुनै समस्या नरहेको कारण बाहिर देखिएको जटिल अवस्था भए पनि अहिलेको यस्तो परिस्थितीमा समेत हामीले प्रक्रिया पुरा गरेर ऋण माग गरी आएका शेयर सदस्यहरुलाई लगानी गरिरहेका छौ । राम्रा र आय स्रोत स्पष्ट खुल्ने सदस्यलाई हामीले ऋण लगानीबाट बञ्चित गरेका छैनौं । प्रत्येक महिना हाम्रो लगानीको प्रतिशत समेत बढिरहेको छ । हामीले ऋण लगानीलाई कम गर्ने सम्म पनि गरेका छैनौ भने, स्थगितको त कुरै आएन । त्यसैले हामीले जुन रुपमा बित्तिय विवरणहरु प्रकाशन गर्दै आएका छौं त्यसले पनि प्रष्ट पार्छ कि हाम्रो अवस्था के छ भनेर । हाम्रोमा बचत थपिएकै छ, सदस्य बृद्धि पनि नियमित रुपमा भएकै छन् । त्यसैले पनि कर्जा लगानिलाई रोक्नु पर्ने कुनै कारण देखिदैन ।
सहकारी संस्थाहरुमा देखिएको तरलता अभावको समस्यालाई समधान गर्न के गर्नुपर्ला ?
जहाँ सम्म मलाई लाग्छ अहिले देखिएको तरलता अभाव अव धेरै लामो समय सम्म टिक्दैन । किनकी गत वर्ष ऋणात्मक रहेको आर्थिक बृद्घिदर यो वर्ष केहि सुधार हुने लक्षण देखिई सकेको छ । समग्र देशको अर्थतन्त्रमा जतिजति आर्थिक क्रियाकलापहरु बढ्छ त्यति नै तरलताको माग बढ्ने विश्वव्यापी नियमका कारणले पनि यो समस्या देखा परेको हो । अब यो लामो समय जाँदैन । किनकी अब विस्तारै विदेशी मुद्राको सिञ्चिति बढीरहेको छ भने सरकारले पूँजिगत खर्च बढाउने तर्फ ध्यान केन्द्रित गरिरहेको छ । अर्को तर्फ कोभिड–१९ र रुस युक्रेन युद्घले नेपाल भित्रिने रेमिट्यान्समा समेत कमी आएको कारण उपभोक्ताहरुले उपभोग गर्ने सोच र व्यवसाय विस्तार पनि तरलता अभावको कारण बनेको थियो । अब यि सबै समस्या विस्तारै ठिक हुँदै गइरहेको कारण अव देशको अर्थतन्त्रले लय समात्ने कुरामा हामी विश्वस्त हुन जरुरी छ ।
सहकारी क्षेत्रमा देखिएको तरलताको समस्यालाई देखेर पहिले लगानी भएका कर्जाको व्याजदर हेरफेर गर्ने गर्नुभएको छ कि छैन ?
कतिपय सहकारीमा समस्या छ भनेर प्रचार गरीएको भए पनि त्यो प्रकारको यथार्थ होइन । अनि हामी सहकारी ऐन र नियमलाई पूर्ण रुपमा पालना गरी अघि बढीरहेको कारण यस्तो विषम परिस्थितिमा समेत समस्याले असर पार्न नसकेको एउटा उत्कृष्ट सहकारी हो भनेर हामी दावी गर्न सक्छौं । बेनी बचत तथा ऋण सहकारी संस्था लि.का आम सदस्य र समुदायले हाम्रो छवि र ख्यातिलाई खुलेर प्रंशसा गरिरहेका छन् । हामी हाम्रा सदस्यहरुलाई सहकारी ऐनले व्यवस्था गरे अनुसार सहकारी विभागले जारी गरेको सन्दर्भ व्याजदलाई पूर्णरुपमा पालना गरी अघि बढिरहेका छांै । त्यसैले सहकारी विभागबाट जारी हुने परिवर्तित व्याजदर बाहेक व्याजदर आफू अनुकुल हुने गरेर हेरफेर गर्दैनौ । व्याजदर परिवर्तन गर्दा मार पर्ने भनेको शेयर सदस्य/ऋणी सदस्यलाई नै हो । त्यसैले पनि आफ्नै परिवारलाई भार पर्ने गरी कुनै पनि काम हाम्रो सहकारीले गरेन गर्दैन र गर्ने पनि छैन । राज्यले तोकेर दिएको सिमा अनुसार यदी व्याजदर परिवर्तन भयो भने सोही परिवर्तित व्याजदर मै असुली गर्ने परिपाटी हामीले अवलम्वन गरेका छौ ।
अन्त्यमा सहकारी क्षेत्रको सुधारका लागि भन्नुपर्ने केही छ कि ?
सहकारी क्षेत्र सुधार गरी सहकारी व्यवसायलाई मर्यादित विश्वसनिय र दिगो बनाउन सहकारीमा केहि नीतिगत केहि प्रक्रियागत र केहि संस्थागत सुधार हुनै पर्दछ । नीतिगत सुधारतर्फ समयानुकुल सहकारी ऐन संशोधन हुनुपर्दछ भने राष्ट्रिय सहकारी निति दिर्घकालिन सहकारी विकाससँग जोडिने खालको योजना बन्नु पर्दछ ।
प्रक्रियागत सुधारतर्फ सहकारी सम्वन्धी जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने, समय समयमा अनुगमन गर्ने प्रक्रियालाई व्यवस्थीत गर्ने, सहकारी शिक्षालाई पाठ्य पुस्तकमा समावेश गर्ने र सरकार–सहकारी साझेदारी कार्यक्रमहरु संचालन गर्ने जस्ता कार्यहरु गर्न सकिन्छ । संस्थागत सुधारतर्फ सहकारी क्षेत्रको विकाशको लागि छुट्टै विशिटिकृत केन्द्रीय संगठन निर्माण लगायत सहकारी ऐन नियम र नियमावली बमोजिम सहकारी संस्थाका संचालकहरुले आफ्नो पदिय मर्यादालाई ख्याल राखी सदस्यको उन्नयनमा ध्यान पु¥याउन सक्ने हो भने सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सकिन्छ । नीतिगत चलेका सहकारीमा खास समस्या छैन, हुँदैन ।