प्रथम गुराँस कप फुटसलको उपाधी गरिमाले जित्यो

आदर्श अनलाइन
बागलुङ

गुराँस शिक्षा सदन बागलुङले आयोजना गरेको प्रथम गुराँस कप फुटसल प्रतियोगिताको उपाधि गरिमा आवासिय बिद्यालयले जितेको छ ।
बागलुङ बजारमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकबीच आपसी परिचय, सद्भाव र एकताका लागि आयोजना गरिएको प्रतियोगिताको शनिवार भएको फाइनलमा गरिमाले अमर आदर्श माध्यमिक बिद्यालयलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
गुराँस शिक्षा सदनले कालिगण्डकी माध्यमिक विद्यालयलाई ५–२ गोलको फराकिलो अन्तरमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा बिजयी बिद्यालय र शिक्षकलाई बागलुङ नगरपालिकाका नगर–उपप्रमुख सुरेन्द्र खड्काले पुरस्कार बितरण गर्नुभयो । पुरस्कार बितरण पछि बोल्दै उपमेयर खड्काले शिक्षकहरु अध्यापन पेशामा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि बिशेष चासो र ध्यान दिन सके समाजको बहुआयामिक पक्षको सिकाईबारे बिद्यार्थीलाई बुझाउन सहज हुने धारणा राख्नुभयो ।
कार्यक्रममा उपाधि जित्न सफल गरिमाले ११ हजार १ सय ११, उपबिजेता अमर आदर्शले ५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा गुराँस शिक्षा सदनका मोहन खड्का उत्कृष्ट खेलाडी घोषित हुनुभयो । ११ गोलर्कता अमर आदर्शका शिक्षक कमल थापा सर्वाधिक गोलकर्ता घोषणा हुनुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु खड्कको अध्यक्षता तथा निसान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *