शहर, कुकुर र क्रन्दन

सम्पादकीय
हामी मानिसहरु यसरी बदलिन्छौ, यस्ता स्वार्थ स्वभावमा हुर्कन्छौ, व्यवहार गर्छौ, सँस्कार मान्छौं नि । बेला बेला हामी आँफै आँफ्ना स्वभावमा, व्यवहारमा र सँस्कारका कारण द्धिविधामा हुन्छौ । कि कहिले त्यही प्राणीको जयजकार गर्छौ, कहिले त्यही प्राणीको नृशंस हत्या या अस्तित्व नामेटका लागि पनि तयार हुन्छौ । कुकुर त्यस्तै अभागी घर पालुवा जनावर हो । जसको ३ सय ६५ दिनमा एकदिन कुकुर तिहारमा धुमधामका साथ पुजा गर्छौ । कुकुरलाई स्वामी भक्त प्राणीको रुपमा लिन्छौ । कुकुरले घरको रक्षामा खेल्ने भुमिकाको चौतर्फी प्रशंसा गर्छौ । कुकुरको सुँघ्ने र सुन्ने क्षमताका कारण घर देखि बनमा शिकार खेल्न समेत कुकुर प्रयोग र पालनमा आशक्ति बढाउँछन् । तर, कुकुर तिहारका दिन बाहेक अधिकाशंका हकमा हामीले ढुङ्गा हान्यौ र हान्छौ । कुकुरलाई कुकुर पुजा बाहेक अरु दिन पनि माया गर्छु र पाल्छु भन्नेहरु पनि कुकुर बुढो हुँदै गए पछि निर्ममतापूर्वक कतै एकान्त या सडकमा लगेर छोड्दिन्छन् । कुनै मानिसलाई गाली, सराप हाल्नु प¥यो भने पनि मानिसहरु कुकुरकै सहारा लिन्छन् ।

अहिले बागलुङ बजारमा कुकुरहरुको चर्चा छ । सडकमा कुकुरहरु छन् । घर, पसल, कार्यालय जताततै कुकुरको बढ्दो आतंक र जोखिमबारे चिन्ता व्यक्त भइरहेको छ । यो बिषय प्रवेश गर्दा यो बुझ्नुपर्ने हुन्छ कि कुकुरहरुको जिन्दगीको चक्रमा यो समय र सिजन भु्रर्ण संकलन मार्फत पुस्ता निर्माण गर्ने हो । यो चक्रलाई प्राणी जगतकौ सबै भन्दा सचेत र सर्वश्रेष्ठ प्राणी भएका नाताले हामीले बुझिदिनु पर्ने हुन्छ । तर, अहिले बजारमा देखिएका बाक्लो संख्याका कुकर, त्यसले रातका समयमा देखाउने आतंकले निम्त्याउन सक्ने दुर्घटनालाई कम आँकलन गर्नु कदापी हुँदैन । युद्ध, द्धन्द्धकालमा तत्कालिन सेना र माओवादीका कारण मानिस बजार हिँड्न डराउँथे, अहिले कुकुरका कारणले मान्छे एक्लै हिड्डुल गर्न डराउने अवस्थामा छन् । राति ८ बज्यो कि त्यसपछिको पैदल यात्रु र मोटर साइकलमा सवार निकै सचेत भएर यात्रा गर्नुपर्ने देखिएको छ । यसलाई पशु अधिकारलाई समेत असर नपुग्ने गरि वैज्ञानिक र व्यवहारिक हिसावले व्यवस्थापन गर्न जरुर देखिएको छ ।

कुकुरको मुख्य व्यवस्थापनको जिम्मेवारी बागलुङ नगरपालिकाको हो । नगरपालिका कुकुरका कारण सिर्जित समस्याबारे बेखवर छैन । तर, बेखबर नभए पनि नागरिकले अपेक्षा गरे अनुसार कुकुरको व्यवस्थापनमा यथोचित कदम चालेको देखिदैन । बिहिवार बिज्ञप्ती मार्फत बजारबासी र यात्रुहरुलाई यात्रामा सचेत हुन आग्रह गरिएको छ । यसले अहिले यहाँ जे समस्या छ, त्यो समाधान गर्ने संकेत देखिन्न । समस्यालाई समाधान गर्नुको साटो छोप्न थाल्यौ भने त्यो भयानक रुप धारण गरेर आउन सक्ने जोखिम प्रति नगरपालिका सममयै सचेत हुनुपर्छ । र तत्कालिन र दिर्घकालिन दुवै विकल्प लिएर कुकुरको व्यवस्थापनमा लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *