समिक्षामा सांसदको खोजी

सम्पादकीय
समिक्षा अर्थात विगतमा के आश्वासन र सपना बाँडिएको थियो ? ति सपना पुरा भए कि अधुरा ? के भयो ? सपना पुरा हुने क्रममा, सपना अधुरा रहने क्रममा कहाँ–कहाँ समस्या देखियो ? कस्ता–कस्ता समस्या र जटिलता देखिए ? तिनको तत्कालिन र दिर्घकालिन समाधान सम्भव छ ? छैन भने के गर्ने ? छ भने कस–कसले कसरी गर्ने ? यि तमाम प्रश्नका जवाफ र त्यसको निष्कर्ष समेत निकाल्न र भावी योजना तय गर्न समिक्षा आयोजना गर्ने प्रचलन छ । यही क्रममा बागलुङको जिल्ला स्तरिय बार्षिक समिक्षा आयोजना गरियो । दुई दिन कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सरकारी, गैरसरकारी कार्यालय, संघ संस्थाका प्रमुखबिच घनिभूत छलफल भयो । छलफलमा जति प्रश्न र बिषय उठे । त्यसमा अधिक र गम्भिर बिषय प्रदेश र केन्द्रका सांसदसँग जोडिएर उठे । जसका कारण समिक्षा कार्यक्रमको उद्घाटन देखि समापन सम्म सांसदको खोजी भइरह्यो । बिडम्बना ! उद्घाटनमा दुई जना सांसद देखिएकोमा समापन हुँदाको बखत एक जना सांसद पनि देखिएनन् ।

आखिर किन खोजियो सांसद ? त्यस्तो के बिषय उठ्यो ? जसले सांसदको व्यापक खोजी अर्थात समिक्षामा अभाव खड्किरह्यो । चाहे गण्डकी प्रदेशका सांसद होउन् या संघिय संसदका सदस्य होउन् । उनीहरुलाई जनताले राम्रो नीति नियम बनाउन पठाएका हुन् । तर, हामी जस्तो समाज, समय र परिवेशमा बाँचिरहेका छौ, यस बेला सांसदहरुको त्यति मात्रै भुमिकाले जनताले चित्त कदापी बुझाउदैनन् । आँफ्नो क्षेत्रका विकास निर्माण देखि समग्र क्षेत्रमा ध्यान दृष्टि पु¥याइदिउन् भन्ने ठुलो आंकाक्षा छ । तर, सांसदहरु जनताको यस्तो आंकाक्षा र मनोभावना बुझ्न असक्षम बनिरहेका छन् या जनआंकाक्षालाई बेवास्ता गरिरहेका छन् ? जिल्लाको समग्र विकासको समिक्षा र भावी कार्ययोजना तय गर्ने सांसदहरुको अपरिहार्य उपस्थिति ठानिएको कार्यक्रममा संघिय सांसद डा.सुर्य पाठक, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा र समानुपातिक तर्फका प्रदेश सांसद मणिभद्र शर्मा कंडेल मात्र शुरु र बिचमा एकैछिन देखिए । जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने १५ सांसदमा १२ सांसद भने कार्यक्रममा देखिएनन् ।

स्थानीय तहका प्रमुखहरुले संघिय र प्रदेश सरकारले योजना छनोट र सञ्चालनमा स्थानीय सरकारलाई पुरै बेवास्ता गरेको गुनासो राखे । उनीहरुले कुनै स्थानीय तहमा बढी र कुनै स्थानीय तह प्रदेश र केन्द्रको योजना, बजेटमा खाली समेत भएको जिकिर गरे । प्रदेश र संघिय योजना अनुगमन फितलो भएको तर स्थानीय सरकारलाई काम सकिएको सिफारिस दिन लगाएर साक्षी राख्ने काम भएको भन्दै आक्रोश पोखे । तर, सुनाउनेले सुनाइ रहे पनि गुनासो सुन्ने र सम्बोधनका लागि पहल गर्ने कुनै सांसद थिएनन् । यसले स्वभाविक प्रश्न उठेको छ कि सांसदहरुले जिल्लाको यति महत्वपूर्ण छलफललाई किन बेवास्ता गरे ? पार्टी कार्यक्रम र बैठकमा भुलेर समिक्षालाई किन गौण ठानियो ? अघिल्लो बर्ष पनि यस्तो प्रवृत्ति देखाएका सांसदहरुको उही शैली किन दोहो¥याइ रहेका छन् ? कि समन्वय समितिले समयमै सूचना र समन्वय नगरेको हो ? यस्तो बेवास्तामा सांसदहरुको क्षमायाचना र बाहनाबाजी भोलीका लागि निकै महंगो पर्न सक्छ । समयमै चेतना होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *