अर्घाखाँची सेवा समाजको एनआरएनए एनसीसीलाई सम्मान

आदर्श अनलाईन दोहा, कतार । अर्घाखाँची सेवा समाज कतारले एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । एनसिसि कतारको आठौं रास्टिय महाधिवेशन बाट निर्वाचित भएका आइसिसी सदस्य तथा एनसीसीको कार्यसमितिलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो ।

कार्यक्रम बोल्दै अर्घाखाँची सेवा समाज कतारका प्रमुख संरक्षक क्रान्ति सिहले नवनिर्वाचित एनसिसिलाई सबै सङ्ग हातेमालो गरेर अगाडि बढन सल्लाह दिदै आफ्नो संस्थाको सदैव साथ सहयोग रहने बताउनुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सम्मानको लागी अर्घाखाँची सेवा समाज, कतारलाई धन्यवाद व्यक्त गर्दै एसिसि कतारको नवनिर्वाचित टिम कतारमा रहेका सम्पुर्ण संघ संस्था संग समन्वय गरेर अगाडि बढन प्रतिबद्ध रहेको बताउनुभयो ।

एनसिसीले कतारमा रहेका श्रमिकको मुद्दा लाई प्राथमिकतामा राखेर काम गर्न सुरु गरेको भन्दै अध्यक्ष मुसलमानले कतार सरकार बाट हुने अन्य कार्यक्रममा पनि नेपाली समुदायको उल्लेख्य उपस्थित गराउन प्रयासरत रहने बताउनुभएको थियो ।

अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष टेकराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, केवि हमाल, युवराज शर्मा, संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, सल्लाहकार केदार भुसाल लगाएले बोल्नुभएको थियो । सो कार्यक्रमको सन्चालन महासचिव बालाराम पाण्डेले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *