पर्वत समाज कतारको अन्तरक्रिया सम्पन्न

आदर्श अनलाईन , दोहा कतार ।

पर्वत समाज कतारले अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक अर्जुन कुमार श्रेष्ठ संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बेल्जियमा रहेर लामो समय देखी समाज सेवा संगै एनआरएनको अभियानमा लागि रहनुभएका श्रेष्ठ सङ्ग शनिबार समसामयिक विषयमा अन्तरक्रीया गरिएको हो । कार्यक्रममा श्रेष्ठले अन्तर्राष्ट्रिय पर्वत समाजको आसन्न दोस्रो अधिवेशन लगाएतका बारेमा जानकारी गराउनुभएको थियो । साथै गैर आवसिय नेपाली संघका पुर्व सचिव समेत रहनुभएका श्रेष्ठले आसन्न अधिवेशनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको भन्दै साथ सहयोगको लागि आग्रह गर्नुभएको छ ।

एनआरएनको अभियानमा आइसिसी सदस्य हुदै युरोप संयोजक तथा सचीव साथै नेपालमा रहदा उधोग बाणिज्य संघ, जेसिस लगाएकातका संस्थाको नेतृत्वमा रहेर काम गरि सक्नुभएका श्रेष्ठले आफुले आर्जन गरेको अनुभवलाई सम्पुर्ण गैर आवासीय नेपालीको हितमा प्रयोग गर्न उपाध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । सो अवसरमा पर्वत समाज कतारका संरक्षक अजय बिश्वकर्मा, प्रमुख सल्लाहकार चिन्तामणी शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

समाजका अध्यक्ष सबिन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीले श्रेष्ठलाई साथ सहयोगको प्रतिबद्धता सहित सफलताको शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन समाजका सचिव शेषराज तिमिल्सिनाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *