पञ्चकोट, बागलुङ सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा पुगिन्छ । सुन्दर ठाउँमा निर्माण गरिएका आकर्षक ऐतिहासिक, धार्मिक महत्व बोकेका संरचनाले मनै लोभिन्छन् । त्यति मात्र होइन, पञ्चकोटबाट देखिने सुन्दर हिमाल, प्राकृतिक छटा र गाउँ शहरका दृश्य रहर लाग्दा छन् । पर्यटक आगमनको सिजन शुरु हुन लाग्दै गर्दा पृथक फोटोग्राफीमा रुची राख्ने पत्रकार सुमन जिसी पञ्चकोट पुगेर फरक फरक आयाम अभिव्यक्त हुने तस्विर खिचेका छन् । ल हेर्नुहोस् पञ्चकोट र त्यहाँबाट देखिने दृश्यहरु ।
पञ्चकोट मनोरम दृश्य । तस्विरः सुमन जिसी








