सम्पादकीय
बहिरा सामान्य रुपमा भन्दा कान नसुन्नेहरुलाई बुझिन्छ । जसले जन्मजात या त्यस पश्चातका अनेक घटना परिघटनाका बीच सुन्ने क्षमता गुमाएका छन् । उनीहरुलाई चिन्छौ, उनीहरुलाई बुझ्छौ । नसुन्नेका रुपमा मात्र होइन, अझै पनि समाजको अधिक मनोविज्ञान यिनीहरु कमजोर हुन्छन् । यिनीहरु झण्झटिला हुन्छन् /असक्षम हुन्छन् / एकहोरो हुन्छन् । यस्तै परम्परागत सोचले हामीमा उनीहरु प्रतिको दिग्भ्रमित बुझाई बिद्यमान छ । र त सरकार, मन्त्री र जनप्रतिनिधिलाई गाली गर्नु परे पनि कहिले यो ‘बहिरा’ सरकार, कहिले ‘अन्धो’ सरकार भनेर कमजोर उदाहरण दिन्छौ ।अझै पनि बहिरासँग भएका ‘हिरा’ जस्ता कला, प्रतिभा र क्षमता चिन्ने र बुझ्ने मानिस हामीकहाँ कम नै छन् । अथवा, त्यस्तो फराकिलो सोच, धारणा, बुझाई र हैसियत हामीले राख्न नसकेर अघोषित अयोग्य, असक्षम त भएका छैनौ ? सोचनिय छ ।
पछिल्ला एक दशकको अवधिमा क्षमता र इमान्दारितालाई आम जनमानसमा धेरै हद सम्म प्रमाणित गरिसकेका बहिराहरुले आइतवार बागलुङ दोस्रो अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवस मनाए । दिवसको मुल नारा थियो—‘सबैका लागि सांकेतिक भाषाको अधिकार’ । बिश्वका सम्पर्क भाषामा सबै भन्दा शक्तिशाली, सर्वमान्य र सजिलो भाषा हो सांकेतिक भाषा । त्यो भाषा सा® भनिने तपाईहरु कमैले जानेका हुन्छौ तर उनीहरु अधिकाशं जानकार छन् । बहिराहरुको बीचमा बसेर कुरा गर्दा तपाई हामी बहिरा या फरक क्षमता भएको अनुभूत हुन्छ । यो सबै बहिराहरुका पहुँचमा पुग्न जरुरी छ । बहिराहरुले पढेको,जानेको सांकेतिक भाषा, सिप, क्षमताले अहिले बहिराहरु आँफै शिक्षक बनेका छन् । कर्मचारी बनेका छन् । बजारका होटलहरुमा रोजगारमा सम्लग्न छन् । जहाँ जहाँ छन्, त्यहाँ उनीहरुको क्षमता र इमानमा प्रश्न र शंका गर्ने ठाउँ निकै कम देखिएको छ । अझै बहिरा विद्यार्थीको पढाइमा गुणस्तर आउन सकेको छैन । शिक्षा मानविय विकासको महत्वपूर्ण आधार हो । शिक्षा हासिल गर्न पाउनु सपा® जत्तिकै अपा®को पनि अधिकार हो । तर विडम्वना वहिरा भएकै कारण शिक्षा प्राप्त गर्नवाट बञ्चित हुने अवस्था अझै छ । बिभिन्न बाधा छिचोल्दै एसइई उत्तिर्ण गर्न सफल बहिरा विद्यार्थीलाई उच्च स्तरीय शिक्षा अध्ययनका लागि विशेष व्यवस्था नहुँदा उनीहरुमा पढाई प्रति नै निराशा जाग्ने समस्या पनि छ । राज्यका श्रोत साधनमा सवै नागरिकको समान हक अधिकार हुन्छ । कुनै पनि आधारमा विभेद गर्ने अधिकार राज्यलाई छैन, वरु पछाडि परेका वर्गलाई विशेष संरक्षणको व्यवस्था गर्नु राज्यको दायित्व भएको सरकार र सम्वद्ध पक्षले बिर्सिन मिल्दैन ।
देशभर करिव ५ लाख बहिराको संख्या भएको अनुमान छ । न त प्राथमिक तहमा, न त उच्च शिक्षामा साँकेतिक भाषा अनुरुप विशेष शैक्षिक व्यवस्था गरेको पाईन्छ । जसको परिणाम स्वरुप शारिरिक रुपमा अपाङ्ग भएकै कारण शिक्षा जस्तो आधारभूत मानवीय आवश्यकतावाट बञ्चित हुनु या गराइनु आजको समयका लागि पनि शोभनीय बिषय होइन । अतः बहिरा विद्यार्थीहरुका लागि विशेष पाठ्यपुस्तकको व्यवस्थाका साथै सांकेतिक भाषाको माध्यमवाट पढाई हुने गरी देशभर स्कुल तथा उच्च शिक्षालयको स्थापना गर्नु, गराउनु जरुरी छ । जसका कारण मुलुकमा जन्मजात या बिभिन्न कारणले कान नसुन्ने बहिराहरु कान ठिकठाक भएर पनि बारबार नसुन्ने या नसुने जस्तो गर्नेहरुका कारण समाजमा बोझ, अपमान र बदनामी खेपिरहन नपरोस् । उनीहरुमा रहेका फरक बिशिष्ट क्षमताहरुको पहिचान, प्रस्फुटन र प्रयोगमा सरोकारवालाको समयमै ध्यान पुग्नुपर्छ ।