जबक प्रकरण : सभामुख महराद्धारा राजीनामा

सभामुख कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिनु भएको छ ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउन राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको थियो ।

‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै पार्टीले राजीनामा दिन सुझाएको थियो। दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभामुख महरा नेकपाका प्रभावशाली नेता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *