परदेशीको दशै : स्वदेशमा जस्तै खुशी की पिर ?

बडादशैं, नेपालीहरुबीच उत्साह र रौनकता बढ्दो छ । तर, बाध्यता, बिवशता र परिवन्दले परदेशिएकाहरुलाई भने यस्ता चाडपर्वले उत्साह होइन, निराश तुल्याउने र रुवाउने गर्छ । मत उद्धेलित बनाइदिन्छ । परदेशी युवाहरुले यस बर्ष कसरी मनाउदै छन् त दशै ? बिभिन्न देशमा रहेका युवाहरुको संक्षिप्त अनुभूतिः

राजु क्षेत्री सिजन बागलुङ, हाल दुबई
नेपालमा सबै आफन्त, साथीभाईसग भेटघाट हुने रमाइलो हुन्थ्यो। दशैँको दिनमा आँफूभन्दा ठूलाको हातबाट टीका जमरा र आशीर्वाद लगाइन्थ्यो । पिंङ खेल्ने र च्यांग्राको मासु खाने गरिन्थ्यो । विदेशमा कामको चाप एकातिर हुन्छ भने घरको पिरलो भएपनि साथिहरूसँग हासो रंग गर्ने, शुभकामना आदान प्रदान गर्ने, संघसंस्थाले आयोजना गरेका सांस्कृतिक कार्यक्रममा सहभागी भई रमाइलो गर्दै छुट्टी भए साथिहरूसँग मन्दिर जाने मन लागेको खाने कुरा पकाएर वा किनेर खाने गरिन्छ, प्रदेशको ठाउँ अधिकांश समय साथिभाईसँग नै बित्छ ।

सचिन्द्र श्रेष्ठ पर्बत
बिदेशमा खासै दशै मनाइदैन । त्यसमा पनि अझ म मुस्लिम देशमा बस्छु । यहाँ केवल एक अर्कामा शुभकामना साटासाट मात्र बढी संघ सस्थले गर्ने गर्दछ ।हामीहरुको छुट्टि पनि सोहि दिन मिल्ने गर्देन।उही साथीहरु सँगै बसेर रमाइलो गर्ने परिवार सम्झी दुस्खी र निराश हुने भन्दा पनि सबै सँग मिलेर सबै दुःख बिर्सेर मनाउनु पर्दछ।

किरण छन्त्याल म्याग्दी, हाल स्पेन
हरेक बर्ष बाबा आमाको हात बाट टिका लगाउने र आशिर्बाद लिने गर्थे ,बिदेश हिडेको निधार रित्तो भएको धेरै भयो । कता कता नरमाइलो त लाग्छ, त्यही पनि यहाँ बिरानो ठाऊमा आएर पनि सबै साथीसँग मिलेर मिठो मिठो खाएर मनाउने सोच छ।

नवराज कार्की संखुवासभा हाल युएई
विदेशमा बस्ने नेपालीहरुमा विशेष गरी खाडी मुलुकमा कार्यरत नेपालीहरु महान चाड बडा दशैंमा पहिले आफ्ना परिवार सँग कमसेकम फोनमै शुभकामना दिन्छनरलिन्छन र विदा हुनेहरु परिवारिक,साथीभाई भेटघाट गरी खुशी साटासाट गरी मनाउँछन भने विदा नहुनेहरु कार्यस्थलमा नेपालीहरु भए शुभकामना आदान प्रदान गर्दै मनाई छुट्टी पश्चात कोठामा साथीहरु मिली केहि रमाइलो गरी खुशी साट्दै मनाउने गरेको देखेको छु र दशै सकिए पनि आफ्नो छुट्टीमा सामूहिक रुपमा भेटघाट गरी कुनै पार्क या अन्य ठाउँमा मनाउने गर्दछौ ।

गोपाल गिरी पर्वत, हाल कोरिया
दशैं फोनबाट मनाएको धेरै वर्षनै भयो । अब त आँफुलाई सम्हाल्न धेरै हदसम्म सिकी पनि सकियो ।सायद मान्यजनका आशिषले दिमाग भित्र जम्मा हुदै गरेको फोहोरहरु पखालिदै थियो । यसलाई सम्झनामा राखी साथीहरुसँग बसेर मनाउने गर्दछु।

नेत्र घर्ती मगर नवलपरासी हाल युएई
घरमा भएको भए चौरासी व्यञ्जन खान पाइन्थ्यो तर यहाँ भने ‘जे होस् चाडबाडमा घरको याद सारै आउछ।। गाउँघरको रोटे पिंङरमेला पात, हासो रंग, सबैको हसिलो मुहार झल्झली आइरहेछ । यसलाई समझेर साथीसँग बस्ने र काममा गएर नै दशै मनाउने गरिन्छ।

अमित सापकोटा सर्लाही हाल युएई
हा
मी जहाँ भएता पनि आफ्नो चाडपर्व र सँस्कृतिको जगेर्ना गर्नु पर्छ । हामी बिदेशीएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु आँफुलाइ पायक पर्ने पार्क ,नेपाली रेस्टुरेन्ट तथा मन्दिरमा गएर पुरेतको हातबाट टीका ग्रहण गरेर आशिर्वाद लिएर नेपाली रेस्टुरेन्टमा विभिन्न परिकार खानाको स्वाद लिएर मनाउने गर्दछु।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *