जापनीज यजमान, नेपाली पण्डित, नौलो महायज्ञ

आदर्श अनलाईन, जापान
मानसिक शान्ति नभए सम्म सुख सुविधा व्यर्थ हुन्छन् भन्दै मनको शान्ति र आनन्दको लागि जापनीजहरुले महायज्ञ लगाएका छन् ।

भौतिक सुविधाले मात्र मान्छेलाई सुख प्राप्त हुँदैन भन्दै जापनी नागरिकहरुले जापानको कोचि शहरमा श्रीमद्भागवत महापुराण विश्वशान्ति विश्वकल्याण ज्ञान महायज्ञ आयोजना गरेका हुन् । अहिले पनि त्यो महायज्ञ चलिरहेको छ ।

अनौठो त के छ भने, १४ अक्टोवर अर्थात २८ गते सम्म चल्ने उक्त महायज्ञमा आयोजक, यजमानहरु जापनीज छन् तर पण्डितहरु नेपाली छन् । जापानका धर्मगुरु मोञ्जु सत्यले जापानिजहरुलाई हिन्दु संस्कृतिको महत्व, मन्त्र, पूजा पाठको महत्व बताउँनको लागि एक हजारभन्दा बढी जापनी नागरिकलाई महायज्ञमा सहभागि बनाउँनुभएको छ ।

महायज्ञका लागि नेपालबाट नेपाल टेलिभिजनका धार्मिक कार्यक्रमका प्रस्तोता पण्डित चन्द्रकान्त पौडेल, धर्म संस्कृति विद् गोविन्द प्रसाद पौड्याल, वास्तु विद् शिव पोखरेल, पण्डित हरिकृष्ण प्याकुरेल, पण्डित रामेश्वर तिमल्सिना, पण्डित भीम निरौला, पण्डित हरिहर वाग्ले र जापानि भाषा ट्रान्सलेटर नवीन डंगोल यतिवेला जापानमा हुनुहुन्छ ।

जापनमा बस्ने नेपालीहरुले आफ्नो भुमीको धार्मिक महत्व बताउँने हो भने जापानमा धार्मीक कार्यक्रम मात्र नभएर नेपालमा समेत जापनीज पर्यटकहरुको संख्यामा वृद्धि हुने युवा गुरु चन्द्रकान्त पौडेलले बताउनुभयो । आफुले काम गर्ने स्थानमा र साथीहरुसंग हाम्रा धर्म, संस्कृति, परम्परा र सम्पदाको बारेमा जापनीजलाई बताउँन सक्यौ भने उनिहरु महंगो मुल्य तिरेर पनि यस्ता कार्यक्रममा सहभागी हुन्छन् पौडेलले भन्नुभयो यस्ले हाम्रो देशमा जापनीज पर्यटकहरुको संख्यामा समेत वृद्धि गर्नेछ ।

नेपालमा विज्ञान, व्यवस्थापन जस्ता आधुनिक विषयहरु संगै संस्कृत विषयलाई पनि अनिवार्य पढने व्यवस्था गर्न सके धार्म र संस्कृतिलाई महत्व दिने जापान जस्ता देशहरुमा श्रम गर्न गएका नेपालीको सम्मान हुने भाषा ट्रास्लेटर नवीन डंगोलले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *