१६ बर्षिया किशोरीद्धारा ५९ लाखको अवार्ड अस्वीकार

आदर्श अनलाइन
स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को (नर्डिक काउन्सिल)को वातावरणीय अवार्ड लिन अस्वीकार गर्नुभएको छ ।

यो अवार्डमा पाँच लाख स्विडिस क्रोना (करिब ५९ लाख रूपैयाँ) नगद पुरस्कार समेत समावेश छ। तर ग्रेटाले यो पुरस्कारको साटो जलवायु अभियानको खाँचो भएको भन्दै अवार्ड अस्वीकार गर्नुभएको हो ।

राजनीतिज्ञहरू र शक्तिमा भएकाहरूले पुरस्कार दिनुभन्दा जलवायुको समस्या समाधानका लागि उपलब्ध उत्कृष्ट विज्ञानुको बारेमा सोच्नुपर्‍यो, उनको भनाइ उद्धृत गर्दै द वायरले लेखेको छ।

१६ वर्षीया ग्रेटा चर्चामा आएको धेरै समय भएको छैन। उहाँको जलवायु परिवर्तन अभियान २०१८ अगष्ट २० गतेदेखि सुरू भएको थियो। सुरूमा उहाँले स्विडेन संसद अगाडि हरेक शुक्रबार विद्यालय नगई धर्नामा बस्नुभएको थियो। उहाँको एक्लो आन्दोलनले विश्वभरिका लाखौं जनताहरूलाई जलवायु परिवर्तनबारे लड्न र नेताहरू समक्ष पुर्याउन प्रेरणा दिएको बताइएको छ।

उहाँले राइट लाइभ्लिहुड अवार्ड ९अल्टरनेटिभ नोबेल० पनि प्राप्त गरिसक्नुभएको छ । तत्काल देखिएको जलवायु परिवर्तन समस्या सावधान गर्ने राजनीतिक मागलाई वैज्ञानिक तथ्यका आधारमा प्रेरणा र प्रवर्द्धन गरेबापत उहाँलाई पुरस्कृत गरिएको थियो।

उहाँ विश्व शान्ति नोबेल पुरस्कारका लागि पनि मनोनित हुनुभएको थियो। सन् २०१९ मा नोबेल शान्ति पुरस्कारको लागि ३ सय १ जना मनोनयनमा परेका छन् । तिनीहरुमध्ये २ सय २३ व्यक्तिगत र ७८ संघसंस्था रहेका छ । -एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *