चरेश,चासो र चिन्ता

सम्पादकीय
गा
जाँ, चरेश नेपालमा अवैध मानिन्छ । यद्यपी, कतिपय देशहरु गाँजा चरेशको व्यवसायिक खेतिबाट आर्थिक रुपमा सबल बनिरहेको उदाहरणका बारेमा पनि चर्चा परिचर्चा हुने गरेको छ । गाँजा चरेशलाई नेपालमा पनि बैध बनाएर आम्दानीको स्रोत बढाउनु पर्छ भन्ने बहस बिस्तारै बढ्दो क्रममा छ । तर, आजको दिन सम्म गाँजा, चरेश उत्पादन मात्र होइन । त्यो भन्दा बढी ओसार पोसारका कारण धेरै नागरिक पक्राउ परिसकेका छन् । कति त जेल जीवन समेत भोगिरहेका छन् । कति जेल जीवनबाट पुनः फेरी नियमित दैनिकीमा फर्किसकेका छन् । छिटो धनी बन्ने लालसामा रहेकाहरु पक्राउ कम पर्ने तर छाक तार्ने भरियाको व्यथाले सामान्य पात्र बढी पक्राउ परिरहेको वर्तमानको तथ्य हो ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्र भुगोलका हिसावले दुर्गम छ । तर, यस क्षेत्रमा गाँजा, चरेशको उत्पादन बिक्री र ओसार पोसार बढी हुने गरेको तथ्यहरुबाट देखिन्छ । शनिवार मात्र जिल्लाको पश्चिम निसीखोलामा चरेश सहित दुई जना पक्राउ परेका छन् । बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरीको संयुक्त टोलीले पाँच केजी चरेश सहित पक्राउ गरेको हो । पश्चिममा चरेश सहित समातिएको यो नयाँ घटना होइन, यस्ता घटना र पक्राउ प्रकरण कैयन पटक दोहोरिएका छन् । यसरी पक्राउ पर्ने, समातिनेमा मुख्य गरि भरिया पर्ने गरेका छन् । चरेश कारोबारको मुख्य अभियुक्त चाही किन कहिल्यै पक्राउ पर्दैन ? सधैं किन बाटो देखि दोबाटो सम्म पुर्याई दिने या गन्तव्य सम्म लगिदिने पात्र मात्र पक्राउ पर्छन् तर बिडम्बना मुख्य पात्र सधैं सुरक्षित हुने अवस्था किन बिद्यमान छ ? यो बढी चासो र चिन्ताको बिषय हो ।

गाँजा चरेशले हाम्रा नयाँ पुस्तालाई दुव्र्यसनमा प्रत्यक्ष अप्रत्यक्ष सरिक बनाएको छ । या बनिरहेका छन् । यसमा राज्यका निकायको चासो जानु अन्यथा होइन । अबैध चरेश नियन्त्रण गर्ने क्रममा प्रहरी आँफै कहिले दुर्गम गाउँ गाउँ पुगेर चरेशका बोट समेत काट्ने गरेको छ । कहिले सचेतना कार्यक्रम गर्ने गरेको छ । तर, यो रोकिएको छैन । कारण, लुकिछिपी उत्पादन, ओसार पोसार र बिक्री गर्ने क्रम जारी छ । यदी साँच्चिकै राज्य नियन्त्रण गर्न चाहन्छ भने चरेश खेतिमा बिरुवा लगाउने बेलैमा पहल कदमी लिनुपर्छ । होइन भने बिरुवा काट्ने बिषयले मात्र नरोकिन सक्छ । अर्को गम्भिर र जटिल बनिरहेको बिषय त सधै भरिया पक्राउ पर्दा समेत प्रहरी मुख्य व्यापारी या गिरोह सम्म अनुसन्धानबाट किन पुग्न सक्दैन । अब त्यहाँ सम्म पुग्ने प्रहरीले ल्याकत राख्नुपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण सवाल त नेपालीहरुले गाँजा चरेश प्रयोगमा कुनै निश्चित नियम बनाई दिएर बाह्य देशमा व्यापार गर्ने गरि उत्पादनलाई बैध र व्यवस्थित गर्न सके मुलुकको राम्रो आयस्रोत बन्न सक्छ । यस तर्फ पनि ध्यान दिन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *