महोत्सवले जिल्लाको अर्थतन्त्र चलायमान : महासचिव कंडेल

बागलुङ महोत्सव जारी छ । महोत्सवका सन्दर्भमा बागलुङ उद्योग बाणिज्य सघंका महासचिव नरेश कंडेलसँग आदर्श अनलाइनकर्मी सुवास गौतमले गरेको संक्षिप्त कुराकानीः
महोत्सवको कसरी अघि बढिरहेको छ ?
अहिलेको महोत्सव छैठौं महोत्सव हो । हामीले बागलुङको तीन सय बर्ष पुरानो व्यापारीक कारोबारलाई चलायमान बनाउन र बागलुङको पहिचान स्थापित गर्नका लागि महोत्सवको आयोजना गर्दै आएका छौं । कृषि उपज तथा अन्य उपभोग्य बस्तुको प्रचार प्रसार, बजारिकरण, पर्यटनमा विकास र भ्रमण वर्षलाई सफल पार्नु महोत्सवको सान्र्दभिकता हो । अर्को कुरा समग्र धौलागिरीमा लगानीको वातावरण तयार गर्नका लागि समेत महोत्सवले सकरात्मक सन्देश दिलाउनेछ ।
महोत्सवमा लगानी भित्राउने भन्दा पनि पैसा बाहिरिने परिपाटी बन्दै गएको गुनासो छ नि ?
यो यथार्थ हो । हामीले पनि मनन गर्दै यसलाई व्यावसायिक र बढी भन्दा बढी आर्थिक चलयमान गराउने कार्यमा लागि परेका छौं । कलाकार पनी बागलुङ जिल्लाकै बढी प्राथमिकतामा राखेका छौं । एउटा रमाइलो मेला हो जसले पैसा बाहिर लैजाने सम्भावना छ । अरुमा हामीले बढी भन्दा बढी आर्थिक कारोबार गरी यहाँका व्यापारीहरुलाईनै फाइदा पु¥याउने हाम्रो उद्देश्य रहेको छ । अर्को कुरा महोत्सवकै अवसरमा लगानी बहस गरेका छौ । यसले नेपालका उद्यमीहरुलाई बागलुङमा लगानी गर्न कुनै न कुनै रुपमा आकर्षित र प्रेरित गरेको छ । यो छैठौं बागलुङ महोत्सवको प्रमुख आर्कषण र उपलब्धि हो ।
लगानी बहसको उद्देश्य के हो ?
हामीले आयोजना गरेको लगानी वहसले बागलुङमा लगानीको सम्भावना, बहसको ढोका खोल्नेछ । देशकै सफल व्यापारी तथा उद्योगीहरुको आगमनले बागलुङ जिल्लामा पक्कै लगानी भित्रिनेमा बिश्वास लिएका छौं । यसले बागलुङको लगानी क्षेत्रमा ठूलो तरङ्गनै ल्याउने बिश्वास लिएका छौं । बागलुङमा सम्भावना रहेको सुविधा सम्पन्न होटल, हाइड्रो, केबलकार, तामा तथा फलाम खानी लगायतका क्षेत्रमा लगानीकर्ता आर्कषित हुने र यसले नयाँ बहस शुरु गर्नेछ । अहिलेको लगानी सम्मेलन कोशे ढुङ्गा हुनेछ । हामीले लगानी वहसलाई सार्थकता प्रदान गर्न ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ नारा राखेका छौं ।
महोत्सवको दायरा खुम्चिदै गएको जस्तो लाग्दैन ?
लाग्दैन, बरु दायरा बढ्दै गएको छ । शुरुमा महोत्सव गर्दा धौलागिरी स्तरिय भनिथ्यो अहिले गण्डकी प्रदेश स्तरिय भनिएको छ । किनभने बागलुङ कृषि, पर्यटन, धार्मिक पर्यटन, ऊर्जा, घरेलु उद्योग, शिक्षा, स्वास्थ्य र सेवा क्षेत्रमा समग्र प्रदेशकै प्रतिनिधित्व गर्न सक्ने अब्बल जिल्ला हो । यहाँका हरेक उत्पादन तथा वस्तुहरुले प्रदेशसंगै प्रतिस्पर्धा गर्न सक्नेछन् । लामो समयदेखि बागलुङबाट प्रतिनिधित्व गर्दै नेपालको निर्णयक क्षेत्रमा बागलुङको प्रतिनिधित्व समेत रहदै आएको छ । संघीयता पछि १० वटै स्थानीय सरकारको हामीलाई सहयोग तथा सद्भाव रहदै आएको छ । त्यसैले अहिलेको महोत्सवको दायरा निकै फराकिलो भएको महुशुस गरेका छौं । यसमा सबै सञ्चारकर्मी, उद्यमी तथा व्यवसायीहरुको सहयोग रहेको छ ।
महोत्सवबाट बचत भएको रकमले के गर्ने योजना छ ?
निश्चय पनि हामीले पहिलाका महोत्सवमा पनि बचत भएको रकम सामाजिक काममा लगाएका थियौं । पत्रकार महासंघको भवन निर्माणका लागि समेत सहयोग ग¥यौ । यो वर्ष केही फरक काम गर्ने हाम्रो उद्देश्य रहेको छ । यसका लागि अल्पकालिन र दीर्घकालिन कार्यक्रम सार्वजनिक गरेका छौं । जस्तै हामीले बागलुङ महोत्सवमा बचत हुन आएको रकमबाट आर्थिक पत्रकारिता पुरस्कार देखि मानव सेवा आश्रमलाई सहयोग गर्ने सम्मका प्याकेज छन् । महोत्सवले धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको हितमा पाँच लाखको शैक्षिक अक्ष्य कोष, पाँच लाख बराबरको शैक्षिक सामग्री, विज्ञान प्रयोगशाला सामग्री प्रदान गरिने छ । महोत्सवको अवलोकनका लागि काटिएको प्रत्येक टिकटबाट बागलुङ बजारमा सञ्चालित मानव सेवा आश्रमलाई प्रति टिकेटको ४ रुपैयाँ प्रदान गर्नेछौं । जसबाट मानव सेवामा ठूलो सहयोग पुग्ने विश्साव लिएका छौं । बागलुङ बजारको सुरक्षाका लागि सिसी क्यामरा जडानको काममा समेत बचत गरेको रकमले मर्मत गर्ने योजना बनाएका छौं । यस्तै वित्तिय साक्षरता, धौलागिरी बहुमुखी क्याम्पसमा सोलार बत्ती जडान गर्ने कार्यक्रम छ ।
त्यस बाहेकको पनि बचत योजना छ की ?
हामीले व्यवसायिक हकहितका लागि काम गर्ने भन्दै विगतमा व्यवसायिक अक्ष्यकोष स्थापना गरेका छौं । वचत भएको रकमले अक्ष्यकोषलाई थप वृद्धि गर्ने छौं । यसरी महोत्सवमा संकलन भएको रकमले बढी भन्दा बढी सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्य रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *