–सुमन जिसी
एउटै ठाउँलाई फरक फरक ऋतु (सिजन) मा हेर्ने मेरो ठुलो रहर छ । एकै सिजनमा त्यस ठाउँको सुन्दरतालाई हेरेर त्यसको सुन्दरताको बयान गरियो भने त्यो आधा अधुरो मात्र रहन्छ जस्तो मलाई लाग्छ ।
जन्मदेखि मृत्युसम्मको समग्र यात्राको नाम नै जीवन हो । जीवनका दौराणमा केही पल विशेष हुन्छन् । ती पलहरुलाई विशेष बनाउन अनेकौ कारणहरुले भूमिका खेलीरहेका हुन्छन् । जीवनलाई विशेष बनाउने ईच्छा सबैको हुन्छ तर त्यसका लागि कडा मिहेनत र त्याग आवश्यक पर्दछ । जीवनलाई विशेष बनाउनेहरुको भिडमा मैले पनि आफुलाई समावेश गरिरहेको छु अर्थात जीवनलाई विशेष बनाउने मेरो पनि इच्छा छ ।
कहिलेकाँही सोच्ने गर्दछु, जीवनलाई विशेष बनाउने मेरो ईच्छा पुरा गर्न मैले के गर्नुपर्ला ? अर्थात कुन माध्यमबाट अगाडी बढे पछि मेरो जीवन विशेष होला ? यस्तै सोँच आईरहँदा मैले आफु सबैभन्दा खुशी कुन कुरामा हुन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्ने गर्दछु । मेरो प्राथमिकतामा वर्तमानमा मैले जीवनयापनका लागि गरिरहेको जागिर पर्दछ । प्राथमिकतामा जागिर परे पनि यसबाट मेरो जीवन विशेष हुन्छ जस्तो मलाई लाग्दैन । मेरो विचारमा मानिसको जीवनलाई विशेष गराउनका लागि ऊ जुन कुरा गर्दा सबैभन्दा बढि खुशी हुन्छ त्यो कुरा गर्न पायो भने उसको जीवन विशेष हुन्छ । आफ्नो पेशा एकातर्फ भएता पनि म सबैभन्दा खुशी हुने भनेको “घुमफिर” मा हो । पेशा फरक भएकाले सधैभरी घुमफिरमै लाग्ने कुरा पनि भएन । तर, पनि आफ्नो जागिरे जीवनबाट केही समय निकालेर घुमिरहेकै हुन्छु । समय र परिस्थितिले साथ दिएमा भविष्यमा पनि धैरै ठाउँहरु घुम्ने योजना छ ।
मेरो जीवनमा उर्जा भर्ने एक मात्र तरिका भनेको निःसन्देह यात्रा हो । यात्रा गर्दा म धैरै नै उत्साहित हुने गर्दछु र जीवनमा भएका सबै कुराहरु त्यो यात्राले बिर्साइ दिने गर्दछ । समग्रमा जीवन भनेको पनि एक यात्रा नै हो । यस्तै यात्रा गर्दा यात्रामा बिताएका रमाइला पल र त्यस ठाउँमा मैले गरेका अनुभवहरु जानी नजानी लेख्ने प्रयास पनि गर्ने गरेको छु । आज पनि मैले भर्खर केही दिन अगाडि गरेको यात्राका रमाईला पल र अनुभवहरु शब्दका माध्यमबाट उतार्ने प्रयास गरेको छु ।
जाडो महिना सुरु भएदेखिनै हिउँ खेलेका र हिँउ परेका सुन्दर दृश्यहरु सामाजिक सञ्जालका भित्ताहरुमा आउन सुरु गर्दछन् । प्रायः सबैजसो साथीहरु हिँउसँग रमाईरहेका तस्विरहरु आफ्नो वालमा राखेर हिँउको अनुभव लिईरहेको देखाईरहेका हुन्छन् । मेरो पनि हिउँ खेलेको अनुभव नै नभएको भने हैन । यो यात्रा भन्दा अगाडि ३ पटक सम्म हिँउमा खेलेको अनुभव मेरो पनि छ । यसपाली पनि कुनै न कुनै ठाउँमा हिउँ खेल्न जाने योजना मनमनै आईरहेको थियो ।
यसपाली मुस्ताङ र रुकुम दुई ठाउँ मध्ये एक ठाउँमा जाने मेरो योजना थियो । दुवै ठाउँ मेरो लागि नयाँ भने थिएनन् । दुवै ठाउँमा म यो भन्दा अगाडि पुगिसकेको थिए तर पनि एउटै ठाउँलाई फरक फरक ऋतु (सिजन) मा हेर्ने मेरो ठुलो रहर छ । एकै सिजनमा त्यस ठाउँको सुन्दरतालाई हेरेर त्यसको सुन्दरताको बयान गरियो भने त्यो आधा अधुरो मात्र रहन्छ जस्तो मलाई लाग्छ । यही मान्यता अनुसार मैले यसपाली हिउँमा रमाउनका लागि यो भन्दा पहिले आफु पुगिसकेको ठाउँलाई नै रोजेको थिएँ ।
२०७६ माघ ३ गतेदेखि देशभरनै लगातार वर्षा भईरहेको थियो । म लगायत मेरा केही साथीहरु ४ गतेदेखि यात्रामा निस्किने सोँच बनाईरहेका थियौं तर उल्लेखित दुई ठाउँ मध्ये कुन ठाउँमा जाने भन्ने निर्णय भईसकेको थिएन । सबै जनाको जागिर भएकाले अफिसमा लामो समयको विदा मिलाउन असहज नै थियो । त्यसकारण हामी छोटो समयमा लामो यात्रा गर्ने योजनामा थियौं । बागलुङ बजारबाट ३ जना, हटियाबाट १ जना र बुर्तिवाङबाट ६ जना गरी हाम्रो १० जनाको समुह यात्रामा निस्कने भन्ने करिब करिब टुंगिसकेको थियो । थिएन त केवल मुस्ताङ वा रुकुम कुन ठाउँमा जाने भन्ने विषयको टुंगो लगाउन बाँकी थियो ।
तीन गते बेलुका मेरो बुर्तिवाङ तर्फ रहेका साथीहरुसँग फोनमा सम्पर्क भयो । साथीहरुले रुकुम तर्फ जाँदा आफुहरुलाई सहज हुने र समयमै पुगेर फर्कन पनि सजिलो हुने कुरामा मलाई समेत समर्थन जनाउने गरि कुरा गरे पछि मैले पनी सहजै प्रस्ताव स्वीकार गरे । ४ गते शुक्रबार थियो, शुक्रवार अफिसबाट २ बजे निस्कने र सबैजना त्यसै दिन बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पुगेर बस्ने योजना थियो । ३ गते बेलुकासम्म पानी लगातार परिरहेको थियो । बागलुङ बजारमा रहेका साथिहरुले यस्तो पानीमा जान नसक्ने मनशाय व्यक्त गरिरहँदा मैले साथीहरुलाई भोली सम्म पानी रोकिन्छ, हामी जसरी पनि जानुपर्छ भनेर सम्झाउन प्रयासरत थिए ।
अर्को दिन ४ गते विहान पनि लगातार पानी परिरहेको थियो । पानी रोकिने कुनै छाँटकाँट थिएन, बुर्तिवाङ तर्फ रहेका साथिहरुले जसरी पनि आउन आग्रह गरिरहेका थिए भने बागलुङ बजारमा रहेका साथिहरुले पानीमा जान नसकिने भनी जिद्धी गरिरहेका थिए । मेरो ईच्छा भने यसपाली जसरी पनि रुकुम जाने थियो । त्यसका लागि बजारमा रहेका साथीहरुलाई मनाउनु पर्ने मेरो मुख्य जिम्मेवारी र चुनौति थियो । मैले विहान पनि साथिहरुलाई हामी जाने समय २ बजेसम्म पानी रोकिन्छ, हामी जसरी पनि जान्छौं भनिरहेको थिए । अलि जिद्धी र जोडबल गरेपछि साथीहरुले एकपटक भेटौं अनि सरसल्लाह गरौंला भनेपछि दिनको १ बजेतीर एकजना साथीको अफिसमा भेट भयौं । त्यसै समयमा करिब करिब पानी पनि रोकिएको थियो । पानी रोकिएको कारण पनि साथिहरुलाई निर्णय लिनमा केही सहज भयो । साथीहरु सहमत भईसके पछि सबैजना अफिसमा गएर विदा मिलाउने र २ बजे यात्रा शुरु गर्ने निर्णय गरियो ।
२ बजे भनेता पनि हामी अफिसबाट निस्कदा करिब ३ बजिसकेको थियो । सबै जना आ–आफ्नो रुममा गई कपडाहरु प्याक ग¥यौ । बाहिरी मौसम अनुसारका कपडा, त्यस बाहिरबाट रेनकोट लगाई २ वटा बाईकमा ३ जना बागलुङ बजारबाट यात्राका लागि निस्कियौ । यात्रामा निस्कने क्रममा पुनः पानी पर्न शुरु भएको थियो । दुई दिन देखिको लगातारको बर्षा त्यसमाथी निर्माणधिन मध्यपहाडी लोकमार्ग त्यसमा पनि बाईकमा हाम्रो यात्रा पक्कै पनि सहज थिएन भन्ने हामीलाई थाहा थियो । हामीलाई अर्को के कुरा पनि थाहा थियो भने नेपाल सरकारले भिजिट नेपाल २०२० का लागि तय गरेको मेन थिम ीषभ त्ष्mभ भ्हउचष्लअभ यो यात्राका माध्यमबाट हामीले प्राप्त गर्छौ भन्ने ।
घुम्न जान ईच्छा राख्ने धैरै हुन्छन्, तर यात्रा थौरैले मात्र गर्ने गर्छन् । किनकी सोचेको जस्तो समय, खर्च, साथिभाई, तयारी लगायतका यावत कुराहरुको तालमेल मिलाउन त्यति सहज भने हुँदैन । यात्राका लागि यि सबै आवश्यक कुराहरुको तालमेल पश्चात हाम्रो यात्रा बागलुङ बजारबाट सुरु हुन्छ । बागलुङ बजारबाट हिड्डा करिब ४ बजिसकेको थियो । लगातार वर्षा भईरहेकाले मध्यपहाडी लोकमार्गको बाटो अक्षतेसम्म मोटरसाइकलमा जानका लागि सम्भावना नै थिएन । हामीहरुले खहरे सम्मका लागि सुल्डाँडा हुदै जाने बाटो छनोट ग¥यौंैं । त्यो बाटो पनि रातो माटो भएकाले बाईकमा खहरेसम्म निस्कन हामीलाई हम्मेहम्मे नै प¥यो । खहरे पुगेपछि पुनःहामी मध्यपहाडी लोकमार्गमै मिसिन पुग्यौं । बाटोभर खेत रोप्ने समयमा भन्दा पनि बढि रहेको हिलोमा जोखिमपूर्ण यात्रा गर्दै हामी अगाडि बढिरह्यौं ।
बागलुङ बजारबाट अक्षेते पुग्नका लागि हामीलाई करिब एक घण्टा भन्दा बढि लाग्यो । अक्षेते पुग्दा परिरहेको पानी पनि रोकिन शुरु गरेको थियो । अक्षेते भन्दा माथिको बाटो भने केही सहज हुने अनुमान हामीले लगाएका थियौ । माथी जाँदै गर्दा लगातारको पानीले हामीले अनुमान लगाए जस्तो सहज बाटो थिएन । असहजताका विच पनि हामी गन्तव्यमा पुग्नु त छदै थियो । बेलुकाको करिब ६ बजे घोडाँबाधे स्थित भ्यू टावरमा पुग्यौ । मोटर साइकल चलाउदा र बस्दा चिसो हावा र पानीमा चिस्सिएको शरिर एकैछिन रोकिएर विश्राम गर्दै तातो चियाको चुस्की र चिकेन मःमले शरिर न्यानो र अगाडि बढ्नका लागि केही उर्जा थपिएको थियो । चिया खाजा खाईसकेपछि हामीहरु त्यहाँबाट अगाडि बढ्यौं । घोडाबाधे देखि मध्येपहाडी लोकमार्ग पिच भइसकेकाले हामीहरुलाई केही सहज भएको महुशुस भईरहेको थियो ।
करिब ७ बजे हामीहरु हटिया पुगेका थियौं । हटियाबाट एक जना साथीलाई पिक गरी हामी पुनः गन्तव्य तर्फ अगाडि बढ्यौं । निरन्तर मोटरसाईकलमा माघ महिनाको जाडो खादै घडीको सुईलाई प्रेरणाको स्रोत मानेर अगाडि वढिरहदा करिब ९ बजे हामी बुर्तिबाङ बजारमा पुगेका थियौ ।
हाम्रो पूर्व योजना अनुसार निसीखोला गाउँपालिकामा पुगेर बस्नका लागि भने हामीहरु बुर्तिवाङ समयमै पुग्न नसकेकाले सम्भव भएन । त्यहाँ साथीहरुले खाना बस्नका लागि हामीहरुलाई व्यवस्था गरिसक्नु भएको रहेछ । खाना खादै भोलीको विषयमा साथीहरुसँग केही छलफल गरिसके पछि हामीहरु आ–आफ्नो कोठामा गई विश्राम गर्न तर्फ लाग्यौ ।
चिसो मौसममा रात बिताए पछि विहानी हलुका घामको किरणसंगै उज्यालो भयो र अर्को दिनको शुरुवात भयो । सबै जना जम्मा भई ७ बजे बुर्तिवाङबाट हिड्ने भने पनि विहानीको चिसो मौसम र विविध कारणले हामीहरु ८ बजे मात्र बुर्तिवाङबाट ५ वटा मोटरसाईकलमा रुकुमका लागि यात्रा तय ग¥यौ । ५ वटा मोटरसाईकल लस्कर लगाउदै बुर्तिवाङको झोलुङ्गे पुल तरेर अगाडि बढ्यौ । केही साथीहरु यो भन्दा पहिले पनि यो रुटमा हिडिसकेकाले बाटो नचिन्ने लगायतका समस्या भने हामीलाई थिएन । लगातारको वर्षा र निर्माणाधिन मध्यपहाडी लोकमार्गले गर्दा त्यो साइडको बाटोको हालत पनि जोखिमपूर्ण नै थियो । यति हुँदा हुँदै पनी आफुसँग बसेको साथीसँग रमाईलो कुराहरु गर्दै हामीले यात्रालाई अगाडि बढाईरहेका थियौं । मध्यपहाडी लोकमार्गको वरपर रहेको भौगोलिक बस्तुस्थिति नियाल्दै हामीहरु उत्सुकता र कौतुहुलताका साथ अगाडि बढिरहेका थियौं ।
केही समयको जोखिमपूर्ण यात्रा पछि निसीखोला आसपास पुग्दा पुनः पिच बाटो सुरु हुँदो रहेछ । फराकिलो र खाली बाटोमा मिल्ने साथीहरुसँग बाईकको लस्कर लगाएर हिड्दा मैले छुट्टै आनन्दको महुशुस गरिरहेको थिए । केही समय अगाडि बढेपछि निसीखोला गाउँपालिकामा खाना खाने र अगाडि बढ्ने भन्ने हाम्रो सल्लाह भयो तर ठुलो समुह भएकाले तयारी खाना नभएको र खाना बनाउन केही समय लाग्ने भएपछि हामीहरु खाजा मात्र खाएर त्यहाँबाट अगाडि बढ्यौ ।
निसीखोला पुगिसक्दा पारी रहेका डाँडाकाडाँहरु हिउँले सेताम्मे भएको देख्न सकिन्थयो । त्यहाँ पुगेपछि हामीहरुलाई अर्को कुरा पनि थाहा भयो बाटोभर हिउँ भएकाले हामी रुकुमसम्म जान सम्भव नरहेको भन्ने । म मनमनै केही निराश भए, यस भन्दा पहिले पनि हामीहरु रुकुमका लागि जादै गर्दा बाटोमा पहिरो गएकाले फर्कनु परेको थियो भने यसपाली पनि हिउँले गर्दा हामीहरु रुकुम जान नसक्ने भयौं । रुकुम पुग्न नसके पनि हिउँ खेल्ने सपना भने पुरा हुने भयो भन्ने सोँचका साथ हाम्रो यात्रा पुनः शुरु भयो ।
यसभन्दा पहिलेको यात्रामा निसीखोला वरपरका डाँडाकाडाँहरु हरियाली थिए भने अहिले हिँउले गर्दा सेताम्मै भएका थिए । निसीखोलाबाट करिब १ घण्टाको यात्रा पार गर्दा बाटोमा हलुका हिउँहरु देख्न सुरु भईसकेको थियो । हामीहरु जति जती माथी जाँदै थियौं उतीउती बाक्लो हिउँले ढाँकीएका ठाउँहरु आउथ्यो । मध्यपहाडि लोकमार्गलाई पनि हिउँले पुरै ढाकिसकेको थियो । हिउँमा केही समय मोटरसाईकल अगाडि बढाएपनि हिउँले सबै बाटो छोपिसकेको ठाउँदेखि भने मोटरसाईकललाई हामीले अगाडि बढाउन सकेनौं । मोटरसाईकललाई त्यही छेउमा पार्क गरेर हामीहरु हिउँ सँग रमाउन सुरु ग¥यौं । हिउँको टुक्रा, हिउँको थुप्रो, हिउँको बिस्कुन हुँदै लटरम्म हिउँले ढाकिएको पहाडहरु नै देखिदै गए ।
हिउँ खेल्दै, हिँउमा फोटो खिच्दै हामी हिडेरै अगाडि पुग्न सक्ने ठाउँ सम्म जाने भनेर अगाडि बढ्यौ । हामीहरु त्यहाँ पुग्दा कोही पनि व्यक्तिले त्यो ताजा हिँउलाई नटेकेको पाईयो । हातमा हिउँ खेलाउँदै, हिउँका डल्लो बनाउँदै एकाअर्कालाई हिउँले हिर्काउँदै, विभिन्न पोज दिएर हिउँमा फोटो खिचाउँदै, हिउँका विभिन्न आकृति बनाउदै र तिनीहरुसँग फोटो खिचाउँदै हामी त्यही वातावरणमा एकचित्त भएर रमाएका थियौँ ।
हामी जति माथि जान्थ्यौं हिउँको मात्र बढेसंगै हिउ हेर्ने, हिउँ छुने र हिउँ खेल्ने रहर विस्तारै पुरा हुँदै थियो । करिब ३ घण्टा जति हिउँमै बिताएपछि सबैजनाले थकान भएको महुशुस गरेपछि हामीहरु त्यहाँबाट फर्कने निधो ग¥यौं । साच्चै, हिउँ भनेको त क्षणिक रहर मात्र रहेछ । नदेख्नेलाई के–के न हो झैँ लाग्ने, तर एकैछिन हिउँको अनुभव लिएपछि त्यही हिउँ कतिबेला सकिएला र पग्लिएला झैँ हुने । अझ दैनिकी नै त्यहीँ बिताउनेलाई त हिमपात भनेको त क्षणिक रहर भएपनि वास्तविकतामा त्यो प्रकोप जस्तै रहेछ ।
हामीहरु मोटरसाईकल पार्क गरेको ठाउँ भन्दा करिब १ घण्टा माथि आईपुगेका थियौं । पुनः त्यस ठाउँबाट फर्केर हामी मोटरसाईकल पार्क गरेकै ठाउँ तर्फ लागियो । केही समयको निरन्तर हिडाई पछि हामीहरु त्यस ठाउँमा आईपुग्यौ र आ–आफ्नो साधान लिएर हिउँका यादहरु संगालेर त्यहाँबाट फर्कियौं ।
विहाना खाजा मात्र खाएकाले हामीले निसीखोलामा खानाको लागि फोनबाट प्रवन्ध मिलाउन भनेका थियौं । दिनको ४ बजे निसीखोलामा पुगी खाना खाई हामीहरु बुर्तिवाङ तर्फको यात्रा अगाडि बढायौ । बुर्तिवाङ आईपुग्दा ६ बजिसकेको थियो । बुर्तिवाङका साथीहरुलाई बाई बाई गरि हाम्रो आजको गन्तव्य गल्कोटको हटिया बजार तर्फ लाग्यौ । हटिया आईपुग्दा बेलुकाको ८ बजिसकेको थियो । हिउँमा चिप्लिएर कयौँ पटक लड्दा चिसो र मोटरसाईकलमा बस्दा हावाले हानेको ज्यानबाट थकान मिश्रित लामो सुस्केरा हाल्दै यात्रा सफल भएकोमा खुशी हुँदै त्यस दिन हटियामै बास बसियो । अर्को दिन सबै जनाको अफिस रहेकाले विहानै उठेर हामीहरु बागलुङ बजार तर्फ लाग्यौ । विहानको १० बजे हामीहरु बागलुङ बजार आईपुग्यौ । र सधै जस्तो आफ्नो दैनिकी तर्फ लाग्यौं ।
अन्तिम गन्तव्यसम्म पुग्न नसकेकोमा मन खिन्न भए पनि, यात्रा उत्कृष्ट भएकोमा र जोखिम हुँदाहुँदै पनि यात्रालाई सफल बनाउन सकेकोमा हामी उत्तिकै खुशी थियौँ । शहरको धुलो धुँवा, हलचल र अव्यवस्थित जीवनका बिचबाट निकालेको समय निकै रमाईलो र फलदायी भएको महुशुस मलाई भएको छ ।
नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाख भन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिएको छ । विभिन्न पर्यटकीयस्थल मध्ये बागलुङ र रुकुमको सिमानामा पनी पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थल छन् । ती ठाउँहरुको प्रचार प्रसारको अभाव र पर्यटकहरु आउनका लागि उचित बातावरण सिर्जना नहुँदा ओझेलमा परिरहेका छन् ।
यो त एउटा सानो उदाहरण मात्र हो, नेपालमा यस्ता ठाउँहरु त गणना गर्न नसकिने नै छन् । विदेशीहरुले कृत्रिम झरना, हिमाल र यस्ता गाउँ बस्तीहरु निर्माण गरि आफ्नो देशमा पर्यटक आकर्षित गर्छन् । नेपालमा प्रकृतिले दिएको यति धैरै कहिल्यै हेरेर नसकिने अग्ला हिमाल, पर्वतारोहण, झरना, प्राकृतिक तथा साँस्कृतिक सम्पदा, ऐतिहासिक महत्वका मठ, मन्दिर, गुम्बा, वन जंगल, गाउँ बस्ती हुँदाहुदै पनि यथोचित उपयोग र पर्यटकीय स्थानहरुको विकास तथा प्रवद्र्धनका लागि स्पष्ट खाका नहँुदा आर्थिक विकासको एउटा महत्वपूर्ण पाटो पर्यटन व्यवसाय ओझेलमा परेको छ ।
जलश्रोत, कृषि र सेवा क्षेत्रका साथै पर्यटनलाई सुदृढ गराउँदै लैजान सकेमा अहिले भाषणमा धैरै सुनिने आर्थिक समृद्धि धैरै टाढाको विषय होईन । त्यसैले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर स्पष्ट खाका निर्माण गरि कार्यन्वयनमा लैजाने हो भने नेपालको पर्यटन क्षेत्र बाह्रैमास दुध दिने दुधालु भँैसी बन्न सक्छ ।