भिरबाट लडेर निधन भएकी श्रीषको परिवारलाई राहात

आदर्श अनलाईन, बागलुङ ।
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था खर्वाङले आफ्ना शेयर सदस्यका निधनमा शोक व्यक्त गर्दै राहात रकम हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्य गलकोट नगरपालिका–११ गब्देहारकी ज्ञानु श्रीषको माघ १७ गते घर नजिकैको भिरबाट लड्दा घटना स्थलमै निधन भएको थियो ।

मंगलबार संस्थाका अध्यक्ष होमनाथ अर्याल र कोषाध्यक्ष खगिश्वर अर्यालले मृतकको घरमा पुगेर संस्थाको तर्फबाट २० हजार रुपैयाँ राहात रकम हस्तान्तरण गर्नुभएको हो ।

आमाको निधन भएपछि कपाल खौरेर किरिया बसेका श्रीषका तीनवटी छोरीलाई साहाशिक कदम उठाएको भन्दैं संस्थाका अध्यक्ष होमनाथ अर्यालले धन्यवाद दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *