नेकपा बागलुङका नगर इन्चार्ज पक्राउ

आदर्श अनलाईन, बागलुङ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ नगर इन्चार्ज ५५ वर्षीय मुरारी पौडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङले बिहीबार गिरफ्तार गरेको छ ।

बागलुङ नगरपालिका–४ कुडुलेका पौडेलको साथमा रहेको मोवाइलबाट (विप्लव)का नेता कार्यकर्ता संग खिचिएका तस्बीर, बैठक तथा कार्यक्रम प्रचार प्रसारका तस्बीर र पर्चा पम्पलेटल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम के.सीले बताउनुभयो ।

पौडेललाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरेर हिरासतमा राखिएको के.सीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

नेकपा बागलुङका नगर इन्चार्ज पक्राउ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *