श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका–७ का एक वृद्धले धारीलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राती ९ बजेको समयमा ढोरपाटनका ६२ वर्षीय देविराम विकले ५० वर्षीया श्रीमती गौरा विकको फलामको गैचीले टाउकोमा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको हो । श्रीमतीलाई हतियार प्रहार गरि हत्या गरेको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले बिहीबार विहान देविरामलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ ।

अत्याधिक मादक पदार्थ सेवन गरेका देविरामले सामान्य घरायासी विवादको क्रममा श्रीमतीलाई गैंची प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो । मृतक गौराको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पोष्टमार्टम गरि बुहारी कल्पना विकलाई बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *