कोरोनाको जोखिम बढे सँगै मालपोत कार्यालयको सेवा बन्द

आदर्श अनलाईन, बागलुङ

विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास बढेसंगै मालपोत कार्यालय बागलुङको सेवा आइतबारदेखी बन्द भएको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्दैशन अनुरुप चैत २१ गते सम्मको लागि कार्यालयको सेवा बन्द गरिएको मालपोत अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

कोरोनाको त्रास सर्वत्र बढेपनि मालपोत कार्यालय बागलुङमा सेवाग्राहीको संख्यामा कमी आएको थिएन, शर्माले भन्नुभयो डर त्रासको विचमा काम गर्दै थियौं सरकारले बन्द गर्ने निर्देशन दिएपछि राहत महशुष भएको छ ।’

अन्य कार्यालयहरुमा कोरोनाको प्रभावले सेवाग्राही घटेको समाचार आएपनि हाम्रोमा तेस्तो अवस्था थिएन, सावधानी अपनाएर काम गरेका थियौं उहाँले भन्नुभयो ‘आइतबारबाट थप व्यवस्थापनका साथ सेवा प्रदान गर्ने तयारी गरेको भएपनि सरकारको निर्देशन अनुसार कार्यालयबाट प्रदान हुदै आएको दैनिक सेवा बन्द गरेका छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *