एम्बुलेन्स चालक फरार भएपछि, मध्यरात अस्पताल ल्याईयो कोरोना संक्रमित

सिर्जना पन्त, बागलुङ ।
बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल र्फकिएकी बागलुङकी ६५ वर्षीया वृद्धमा चैत २० गते कोरोना संक्रमण भएको पुष्टी भयो ।

कतार एयवेजको क्यूआर ६५२ बाट काठमाडौं, काठमाडौबाट एती ऐरलाइन्सको जहाजमा पोखरा र पोखराबाट जीपमा चैत ४ गतेनै बागलुङ आइपुगेकी उनी घरमै थिइन् । चैत १८ गते स्वाब परिक्षणको लागि पठाईएको थियो ।

बागलुङमा दोस्रो कोरोना संक्रमित भेटिएपछि घरबाट धौलागिरी अञ्चल अस्पताल सम्म ल्याउन निकै सास्ती भयो ।

चैत १६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको बैठकले नेपाल रेडक्रस सोसाईटी बागलुङको एम्बुलेन्सलाई पाटेशन गरेर कोरोना संक्रमीत बोक्ने निर्णय गरिएको भएपनि विरामी बोक्नुपर्ने समय आएपछि सवारी चालकले आनकानी गरेकोे प्रमुख जिल्ला अधिकारी गौलोनच शैजुले बताउनुभयो ।

‘रेडक्रसको उप सभापती बैठककमा उपस्थित हुनुहुन्यो, उहाँहरुकै सल्लाह र मन्जुरीमा रेडक्रसको एम्बुलेन्स कोरोना संक्रमितलाई बोक्न प्रयोग गर्ने निर्णय गरिएको थियो’ प्रजिअ शैजुले भन्नुभयो, ‘तर अन्तीम समयमा चालकले आफुलाई रेडक्रसले सवारी चालकको नियुक्त नदिएको र सुरक्षाको ग्यारेन्टी नभएको भन्दै विरामी बोक्न मान्नुभएन ।’

रेडक्रसका एम्बुलेन्स चालक विरामी भइ उपचारको क्रममा रहेको र केहि समयको लागि सट्टामा राखिएका सवारी चालकले कोरोना संक्रमित विरामी बोक्न अस्विकार गरेको नेपाल रेडक्रश सोसाइटी बागलुङ शाखाका सभापती जब्बरबहादुर लामिछानेले स्वीकार गर्नुभयो ।

‘लड्न जा भन्ने हतियार नदिने’ कस्ले काम गर्न सक्छ, लामिछानेले भन्नुभयो प्रशासनले कोरोना संक्रमित विरामी बोक्नुपर्छ भनेर निर्देशनको शैलीमा भनेपनि चालकको सुरक्षा प्रबन्धको बारेमा संवेदनशिल नभएको उहाँले बताउनुभयो । ‘रेडक्रसका सवारी चालक विरामी हुनुहुन्छ, उहाँको सट्टामा केहि समयको लागि नयाँ चालक राखेका थियौ’, लामिछानेले भन्नुभयो ‘प्रशासनले चालकको सुरक्षा ग्यारेन्टी दिन नसकेपछि विरामी बोक्न मानेन्, हिजोदेखि फोन अफ गरेको छ, हमिसंग पनि सम्पर्कमा छैन ।’

एम्बुलेन्सका चालक अस्पतालमै एम्बुलेन्सको चापी छोडेर फरार भएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङका सवारी चालक रुद्र पराजुलीले रातको १० बजे रेडक्रशकै एम्बुलेन्समा विरामीलाई धौलागिरी अञ्चल अस्पताल ल्याएर उपचार थालिएको छ ।

उनिसंगै आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटामा चैत १५ गते संक्रम देखिएर धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *