र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका बागलुङकी महिलामा संक्रमण नभएको पुष्टि

आदर्श अनलाईन, बागलुङ

कोरोनाको द्रुत परीक्षण ( र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का क्रममा पोजेटिभ देखिएको जिल्लाका एक ६५ बर्षीया महिलामा कोरोना संक्रमण नभएको पाइएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतवार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी ६५ बर्षीय महिलामा आरडिटी टेष्टमा पोजेटिभ देखिएको थियो ।

पोखरामा गरिएको स्वाब परीक्षणमा ती महिलामा कोरोना संक्रमण नभएको र रिपोर्ट नेगेटिभ नै आएको प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए । उनका अनुसार, ती महिलाका अरु दुई छोराको रिपोर्ट पनि नेगेटिभ आएको छ भने भारतबाट आएर बरेङको क्वारेन्टिनमा रहेका एक युवकको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

तर, संक्रमण पुष्टि भएकी बानपा ४ की १९ बर्षीया युवतिको तेस्रो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको बताए । अर्की संक्रमित ६५ बर्षीया महिलाको दोस्रो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

जिल्लामा दुई संक्रमित पुष्टि भएसँगै त्रास बढेको समयमा भारतको काशी, गया, बृन्दावन लगायतका स्थानमा तिर्थ गएकी महिलामा शंकास्पद रिपोर्ट आए पछि थप त्रास बढेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *