सरकारलाई पूर्व उर्जा राज्यमन्त्रीका ७ सुझाव

आदर्श अनलाइन

अहिले विश्वव्यापी कोरोना आतंक छ । यस विपत्तिको घडीमा पनि कोभिड १९ को रोकथामका लागि कुनै पनि औषधि आविष्कार भएको छैन। सबै देश यसको शिकार बनिरहेका छन् । लाखौं मानिस भाईरसबाट संक्रमित छन् भने लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ। नेपालमा पनि डेढ दर्जन भन्दा बढी संक्रमित भेटिसकेका छन् । त्यो अझै बढ्न जाने सम्भावना छ। आजसम्म सुखद संयोग मान्नैपर्छ, एक जनाको पनि मृत्यु भएको छैन। यदि यस रोगले महामारीको रुप धारणा गर्यो भने सरकार र हामीहरूको नियन्त्रण भित्र छैन भन्ने कुरा धेरै कुराले प्रमाणित गरिसकेको छ। त्यस कारण पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माले सरकारलाई ७ सुझाव दिएका छन् ।

सरकार ले अन्तराष्ट्रिय उडान पुर्ण रुपमा वन्द गर्नु पर्छ।
-भारतसंग को खुला सीमानाको आवत जावत सामान्य निर्देशनले मात्रै नोरिकिने भएकाले सेना तथा सशस्त्र प्रहरीलाई सिमा क्षेत्रमा तैनाथ गरिनु पर्दछ।
-प्रत्येक प्रदेश तथा स्थानीय सरकारहरूले पनि एक प्रदेश बाट अर्को प्रदेश र एक स्थानीय सरकारबाट अर्को स्थानीय सरकारको ईलाका सम्म आवत जावतमा
पनि कडाई गर्नुपर्छ।
-प्रत्येक सरकारले क्वारेन्टाइन,आईसोलेसन वार्डको व्यवस्थित प्रवन्ध गर्नु पर्दछ।
-समस्यामा परेका नागरिकलाई खानपान र औषधि उपचारमा कन्जुस्याई गर्नु हुँदैन।
-कुनै पनि नागरिकले पनि लकडाउनको पुर्ण पालना गर्नु पर्नेछ।
-राज्यले आवश्यक ठानेका वा विशेष गरी विदेशबाट आएका व्यक्तिहरुले आफुलाई कुनै पनि हिनताबोध नसम्झि क्वारेन्टाइनमा बस्नुका साथै ल्याव टेष्ट गरिहाल्नु पर्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *