सिजन पर्यटन : सुनसान पर्यटकीय स्थल

डम्मर बुढा मगर, बागलुङ
यो समय वसन्त ऋतुको हो । पुराना पात झर्ने नयाँ पालुवा पलाउने समय । चारै तिर हरियाली । चराचुरुङ्गीको आवाजले मन फुरुङ्ग पार्ने समय । वसन्त ऋतु मन नपराउने मानिस सायदै होलान् ।

यो समयमा धेरै घुमफिर गर्न र प्रकृतिसँग झुम्न चाहान्छन् । यो समय प्रकृतिसँग रमाउनेहरुको भीडले धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि भरीभराउ हुन्थे । तर, यस वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै पर्यटकीय गन्तव्य सुनसान छन् ।

बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलहरु पनि यतिबेला सुनसान देखिन्छन् । बागलुङको प्रमुख पर्यटकिय आकर्षण मानिने बागलुङ कालिका, पञ्चकोट, ढोरपाटन लगायतका गन्तव्य पनि यतिबेला उराठ बनेका छन् ।

कोरोना भाइरसको महामारी नभएको भए यो समयमा बागलुङ कालिकामा करिब १० लाख पर्यटक भित्रिने भगवति गुठी बागलुङ अध्यक्ष राजु खड्काले बताउनुभयो ।
बागलुङ कालिका मन्दिर

‘यो समय पर्यटन वर्ष र चैत्रअष्टमी मेलाको भएको हुँदा धेरै हामीले धेरै पर्यटक भित्राउन सक्थ्यौँ तर कोरोनाको कारण रोकियो’ उहाँले भन्नुभयो ‘मुक्तिना जाने आउने र अन्य धार्मिक पर्यटकलाई पनि भित्राउन सक्ने अपेक्षा लिएका थियौँ ।’

त्यस्तै पञ्चट र ढोरपाटनमका पनि हजारौँ पर्यटक आउने बताइएको छ । कोरोना कहरले गर्दा ढोरपाटनमा हुने दोस्रो सिजनको शिकार पनि रोसकिएको छ । यसले गर्दा विदेशी पर्यटक यहाँ आउनबाट वञ्चित भएका छन् ।

पर्यटकीय तथा धार्मिक स्थलहरुमा पर्यटकको आवागन शून्य भएपछि जिल्लामा व्यवस्थित बन्दै गरेका होम स्टेहरुमा पनि कुनै चहल पहल छैन ।

अतिथि सत्कार होम–स्टे (भकुण्डे)
आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाईमा परेको बागलुङका होम स्टे मध्येको एक हो अतिथि सत्कार होम स्टे । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा रहेको यो होम स्टेमा पुग्ने पर्यटक यहाँबाट देखिने सूर्योदय, माछापुछ्र लगायतका २२ वटा हिमश्रृंखलाहरुले मोहित गर्दछ ।

यो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहलपहल गर्ने गरेको भन्दै यस वर्ष लकडाउनले गर्दा कोही पनि नआएको होमस्टे संचालक समितिका अध्यक्ष खिमबहादुर थापा मगरले बताउनुभयो ।

‘पोहोर साल यति बेला धेरै पाउनाहरु आउनु हुन्थ्यो, सबै घरमा पाउन राख्थ्यौँ,’ उहाँले भन्नुभयो ‘अहिले यो कोरोनाले गर्दा कोही पनि आउनुभएको छैन हामीले पनि यो समयमा नआउनु भनेका छौँ ।’

सिग्दी सामुदायिक होम–स्टे
गत वर्ष स्थापना भएको सिग्दी होम स्टेमा आन्तरिक पर्यटक आउने क्रम बढ्दो थियो । बरेङ गाउँपालिका वडा नम्बर २ सिग्दी डाँडामा रहेको होम स्टे पर्यटकको रोजाईमा परेको थियो ।

स्थापना भएको छोटो समयमै धेरै पर्यटक भित्राउने सफल भएको होम स्टेमा लकडाउनका कारण पर्यटक आवागमन रोकिएको होम स्टे संचालक समितिका अध्यक्ष हिरा पुन मगरले जानकारी दिनुभयो । उहाँले यो समयमा धेरै पाउनाहरुलाई भित्राउन सकिने अपेक्षा राखेको तर कोरोना भाइरसको महामारीले गर्दा प्रभावित बनेको उहाँको भनाई ।

बरेङ गाउँपालिका २ मा रहेकाे सिग्दी हाेम स्टे

‘हामीले यो समयमा धेरै पर्यटकहरुलाई होम स्टेमा ल्याउन सक्छौँ भन्ने लागेको थियो, कोरोनाको कारणले गर्दा उक जना पनि ल्याउन सकिएनm ल्याउने कुरै भएन’ उहाँले भन्नुभयो ‘स्थापना भएको धेरै समय भएको छैन, तै पनि धेरैले मन पाउनुभएको थियो आउनुहुन्थ्यो, अहिले यो महामरीको बेला हामीले पनि आउन खोज्ने पाउनलाई रोक्यौँ ।’

यो होम–स्टेबाट धौलागिरी, माछापुछ्रे, अन्नपूर्ण लगायतका दर्जन हिमालहरुको दृश्यावलोकन गर्न र पहाडी क्षेत्रका गुल्मी, म्याग्दी, पर्वत, स्याङ्जा लगायतका जिल्लाहरु हेर्न पर्यटकहरु आउने गर्दछन् ।

मगर समुदायले संचालन गरेको यो होम स्टेमा आउने पाउनाले मगर कला, संस्कृति झल्कने गीत तथा नृत्य हेर्ने सक्छन् भने लोपउन्मोख, सालैजो, झ्याउरे, यानीमाया लगायतका गीतहरु पनि सुन्न पाउँछन् ।

अर्नाकोट सामुदायिक होम–स्टे
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ मा रहेको अर्नाकोट सामुदायिक होम स्टे स्थापना भएको धेरै समय भएको छैन । तर धेरै पर्यकटको रोजाईमा पर्दै गएको छ ।

उच्च पहाडको शिरमा रहेको यो होम स्टे अर्नाकोट क्षेत्र अवलोकन गर्न आउने पर्यकटको बास्थानको रुपमा विकास हुँदैछ । तर कोरोना भाइरसको महामरीका कारण केही समयदेखि बन्द भएको छ ।

पर्यटक आउने समयमा कोरोना भाइरसले गर्दा होम स्टे बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको होम स्टे संचालक लालबहादुर कुँवरले बताउनुभयो ।

निसीखाेला गाउँपालिका २ मा रहेकाे अर्नाकाेट हाेम स्टे

उहाँले यो समयमा धेरैभन्दा धेरै आन्तरिक पर्यकटहरु अर्नाकोट घुम्न आउने भन्दै कोरोना भाइसरको कारण मान्छेहरु आउन छोडेको बताउनुभयो ।

‘यो समयमा धेरै पर्यटकहरु आउँने गर्थे, अहिले कोरोना भाइरसले गर्दा ठपक्कै भएको छ,’ उहाँले भन्नुभयो ‘घुम्न आउने पर्यटकहरु होम स्टेमै ल्याउने अपेक्षा थियो तर यस पटक कोरोना संकटले प्रभावित बनायो ।’

अर्नाको आउने पर्यटकहरुले धौलागिरी हिमालसहित दर्जन बढी हिमाल र उच्च पहाडी क्षेत्रहरुको अवलोकन गर्न सक्छन् भने, गुल्मी, प्युठान, रोल्पा, रुकुम, अर्घाखाँची लगायतका जिल्लाहरु समेत देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *