‘बागलुङमा संक्रमितको होइन, संक्रमणको जोखिम कायमै छ’

चैत्र महिनाको तेस्रो साता बागलुङ नेपालको पाँचौ र छैठौ संक्रमित देखिए सँगै उच्च जोखिमयुक्त जिल्लाको सूचीमा दर्ज भयो । त्यस यताका एक महिना जिल्लाबासीको निकै भयग्रस्त र संशयपूर्ण रुपमा बिते । तर, पछिल्लो समय दुवै कोरोना संक्रमित निको भए पछि ठुलो राहत र जोखिम टरेको ठानिएको छ । के अब जिल्लाबासी कोरोना जोखिमबाट ढुक्क हुने अवस्थामा पुगेको हो ? कोरोना संक्रमणको तीन महिना,जिल्लाको तयारी र कार्य, अब खेल्नुपर्ने भुमिका केके छ ? स्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य अधिकृत सुरज गुरौसँग आदर्श अनलाइनकर्मी साधना पन्तले कुराकारी गरेका छन् । प्रस्तुत छ उहाँ सँग गरिएको स्वास्थ्य संवादः

. कोरोना भाइरसमा अहिले बागलुङ कति जोखिममा छ ?
जुनसुकै समाजमा त्यहाँ रहने व्यक्तिहरु कतिको जिम्मेवार छन् भन्ने कुराले कोरोना भाइरसको जोखिममा त्यो समाज छ छैन भन्ने निर्धारण गर्छ । बागलुङमा दुइ जना संक्रमित भेटी सकेपछि हामीले उनीहरुको सम्पर्कमा आएका सबैको परिक्षण गरेर ती व्यक्तिहरुबाट अरुमा नफैलिएको एकिन गरिसकेका छौं । त्यसैले अब उनीहरुबाट फैलिने जोखिम छैन तर अहिले संक्रमण फैलिरहेको नेपालका अन्य ठाउँबाट वा भारतबाट कोही परिक्षण नगरी आउने हो भने जोखिम अझै पनि छ ।

२. दुई कोरोना संक्रमित निको भए पछि जिल्लामा सबै जोखिम टरेको जस्तो बुझाई छ नि ?
दुई जना निको भइसकेको र विदेशबाट आएकाको सम्पूर्ण व्यक्तिहरुको Rapid Test Kit मार्फत परिक्षण गरिसकेपश्चात् हामीले पनि अब जोखिम कम भएको सोचेका थियौं तर अहिलेको स्थितिमा नेपालकै अन्य जिल्लाहरुमा थुप्रै मात्रामा संक्रमण फैलिरहेको अवस्था छ र कतै न कतैबाट उनीहरुको सम्पर्कमा रहेका अथवा भारतबाट लुकिछिपि आएकाहरु पनि यता छन् भने जोखिम अझै पनि छ । फेरी अब वर्षाको बेला हुन थालेको हुनाले संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगी को पनि खतरा छ ।

३. अहिले कोरोना जोखिम रोक्न कार्यालय या कमाण्ड पोस्टका तर्फबाट के कस्ता काम तयारी भइरहेको छ त ?
अहिले जोखिम भनेको संक्रमित ठाउँहरुबाट संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुबाट हो । मन्त्रि परिषद्का निणर््ायहरु जसमध्य नाकाबाट प्रवेश गर्ने सम्पूर्ण व्यक्तिहरको विवरण राखी परिक्षण गर्ने निर्णय रहेको छ, सोही अनुरुप कार्यान्वयन गर्ने तयारी हुँदै छ । साथै अस्पतालमा आएका शंकास्पद विरामीहरु र जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको पनि परिक्षण कार्य जारी रहेको छ ।

४. बिभिन्न शहरबाट मानिसहरु लकडाउनकै बीच ठुलो संख्यामा गाउँ भित्रिएका छन् । तर, क्वारेन्टाइन, परीक्षण केही भएन । जोखिम बढायो भन्ने गुनासो तिव्र छ नि ?
होम क्वारेन्टाइनमा अनिवार्य राख्न भनिएको छ र स्थानीय वडा साथै स्वास्थ्य संयोजकहरु मिलेर सो कार्यको अनुगमन पनि भएको छ । कुनै पालिकामा जस्तै निसीखोलामा काठ्माडौं, पोखरा, बुटवलबाट आएका सबैलाई १४ दिनमा क्वारेन्टाइनमा राखी हालसालै Rapid Test Kit मार्फत् परिक्षण पनि गरिसकिएको छ । बरेङ गाउँपालिकामा अझै पनि केही क्वारेन्टाइनमै छन् । त्यसैले अहिलेको अवस्थामा समुदाय नै सचेत हुन आवश्यक छ, बाहिरबाट आएको व्यक्तिहरुसँग हेलमेल नगर्ने हो भने संक्रमण आफुमा फैलँदैन र आफुलाई संक्रमण छ भने पनि अरुलाई फैलिँदैन । सामाजिक दुरी कायम गरेर नै सबैभन्दा प्रभावकारी तरिकाले संक्रमण रोक्न सक्छौं ।

५. कोरोनामा नेपालको तयारी र हाम्रो जिल्लाको तयारी अझै चुस्त र प्रयाप्त व्यवस्थित देखिएन भन्ने छ । तपाईलाई चाही के लाग्छ ?
जुन ढंगले परिक्षणको दायरा बढाइएको छ, त्यही अनुसार परिक्षण सामाग्रीहरु हामीसँग यथेष्ट मात्रामा उपलब्ध छैन । अहिले ICU बनाउन अस्पतालमा बजेट आएको छ तर परिक्षणको लागि सामाग्री नजुटाएसम्म न त संक्रमित पत्ता लाग्ने छ न ICU को नै प्रयोग हुने छ । अर्को पाटो चाँहीे कोरोना भाइरस रोगमा प्रत्यक व्यक्ति र समुदाय जिम्मेवार भएर भौतिक दुरी कायम राख्ने हो र सदैव साबुन पानीले हात मिचि मिचि धुने हो भने यो रोग सर्दै सर्दैन । त्यसैले अन्य निकायको तयारीका साथसाथै हरेक व्यक्ति र समुदाय जिम्मेवार हुन आवश्यक छ ।

६. संक्रमित पुष्टि भए पछि एम्बुलेन्स चालक फरार हुने, तपाई स्वयम् बिरामी लिन जानुपर्ने घटनाले हाम्रो तयारी रोग नलाग्दा सम्म मात्र भए जस्तो । रोग देखिए पछि केही भएको छैन रहेछ भन्ने देखियो नि ?
व्यवस्थापन भनेको नै कुनै पनि काम जसरी पनि आखिरीमा हुनु भन्ने बुझिन्छ । जसरी भएपनि बिरामीलाई अस्पताल त ल्याइ छोड्यौं नि । त्यतिबेला संक्रमण नेपालको लागि नौलो नै थियो, मान्छेहरुमा त्रास थियो । अहिलेको अवस्था पनि सबैको लागि नयाँ छ, जुन रुपमा तयारी गरियो, परिस्थितिले अर्कै माग गर्ने गरेको अवस्था छ ।

७. जिल्लामा आरडिटी टेष्ट जुन गरियो । त्यसको बारेमा सर्वत्र प्रश्न र आंशका उठेको छ नि ? तपाईलाई के लाग्छ ?
आरडिटी टेष्ट र पी.सी.आर टेस्टले फरक कुरा जाँच्ने हो । सामान्य रुपमा बुझ्दा पी.सी.आर ले भाइरस रहे नरहेको बताउँछ भने आरडिटी टेष्टले त्यो भाइरस विरुद्ध हाम्रो शरिरमा केही चिज (एन्टीबडी) जुन संक्रमण भएको करिब दुई हप्ता पछि बन्छ, त्यो उत्पन्न भए नभएको बताउँछ । त्यसैले कुन समयमा विरामीको परिक्षण गरिन्छ भन्ने कुरा महत्वपूर्ण छ ।

८. दुई संक्रमित निको भए पछि केही सहज महुशुस त गरिएकै छ । तर अब ढुक्क भएर बस्न सकिने अवस्था हो जिल्लाको ?
बागलुङमा दुइजना संक्रमित भेटी सकेपछि हामीले उनीहरुको सम्पर्कमा आएका सबैको परिक्षण गरेर ती व्यक्तिहरुबाट अरुमा नफैलिएको एकिन गरिसकेका छौं । त्यसैले अब उनीहरुबाट फैलिने जोखिम छैन तर अहिले संक्रमण फैलिरहेको नेपालका अन्य ठाउँबाट वा भारतबाट कोही परिक्षण नगरी आउने हो भने जोखिम अझै पनि छ ।

९. आजदेखि लकडाउन केहि खुकुलो बनाउन थालिएको छ । अब जिल्ला तहमा कोरोना जोखिम रोकथामका लागि सरोकारवाला र आम नागरिकले गर्नुपर्ने काम भुमिका केके देख्नुहुन्छ ।
अहिलेको अवस्थामा समुदाय नै सचेत हुन आवश्यक छ, बाहिरबाट आएको व्यक्तिहरुसँग हेलमेल नगर्ने हो भने संक्रमण आफुमा फैलँदैन र आफुलाई संक्रमण छ भने पनि अरुलाई फैलिँदैन । सामाजिक दुरी कायम गरेर नै सबैभन्दा प्रभावकारी तरिकाले संक्रमण रोक्न सक्छौं । यसका साथै जुनसुकै वस्तु छोए पनि साबुन पानीले हात मिचिमिचि धुने र आफुलाई रुघा खोकी लागेको छ भने अनिवार्य मास्क लगाउनुपर्दछ । अन्य सरोकारवालाहरुले सेवा ग्राहीले भौतिक दुरी कायम राखी सेवा लिनसक्ने किसिमको वातावरण तयार गर्न आवश्यक छ ।

१०. अन्त्यमा थप केही भन्नपर्ने या बाँकी सन्देश केही छ ?
हामीले पहिले देखि नै भनी आएको कुरा, कोरोना भाइरसको रोकथामका लागि हरेक व्यक्ति र समुदाय जिम्मेवार हुन आवश्यक छ । मान्छेबाटै रोग सरिरहेको पाइएकोले जो कोही मान्छेसँग १/२ मिटर भन्दा टाढा रहौँ । अहिले अब लामखुट्टे पनि सक्रिय हुन थालिसकेको मौसस भएकाले औंलो, डेंगी जस्ता रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अवलम्बन गरौं र लामखुट्टेले पानीमा अन्डा पार्ने भएकाले आफ्नो वरिपरि पानी जमेको ठाउँ छैन भनी सुनिश्चित गरौं ।
-आदर्श सञ्चार सहकारी संस्थाद्धारा प्रकाशित धौलागिरी जागरण दैनिकको आइतवारको अंकमा समेत यो अन्र्तवार्ता प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *