बागलुङमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ पुग्यो

साधना पन्त, बागलुङ ।
बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विहीबार विहान बडिगाड गाउँपालिकाका ४ पुरुष, गलकोट नगरपालिकाका ३ पुरुष, निसिखोला गाउँपालिकाका २ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनिहरु केहि समय पहिले भारतबाट आएर सम्बन्धीत स्थानिय तहले निर्माण गरेका क्वारेन्टिनमा बसिरहेका छन् । यो संगै बागलुङमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ जसमध्ये २ जना निको भएर घर र्फकिएका छन् । ६ जनाको धौलागिरी अस्पताल बागलुङको आइसुलेशनमा उपचार भइरहेको छ ।

विहिबार विहान गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवत्ता विनोद विन्दु शर्माले प्रेश विज्ञप्ती जारी गर्दै संक्रमितलाई जिल्ला अस्पतालको आइसुलेशनमा लैजाने तयारी भएको जानकारी दिनुभएको छ ।

संगै पर्वतको फलेवास नगरपालिकामा २ जना पुरुष, विहादी गाउँपालिकामा २ जना पुरुषमा समेत संक्रमण पुष्टी भएको छ । तेसैगरी म्याग्दीको मंगला गाउँपालिका १ र स्याङजाको कालिगण्डकी गाउँपालिकाका १ जना कोरोना संक्रमण पुरुषमा संक्रमण पुष्टी भएको छ ।

विहीबार विहानमात्र गण्डकी प्रदेशका ४ जिल्लामा १५ पुरुष र १ महिला गरी १६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *